‘मानसरोवरमा डुबुल्की लगाउँदैमा पाप कट्दैन’

प्रचण्डप्रति ओलीको कटाक्षः

‘मानसरोवरमा डुबुल्की लगाउँदैमा पाप कट्दैन’

oli1695635774

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारको ढाकछोप गर्ने मात्र नभई भ्रष्टाचार गरिरहेको समेत आरोप लगाएका छन् । एमाले सुदूरपश्चिम अधिवेशनको आइतबार धनगढीमा उद्घाटन गर्दै उनले २ साउनमा बरामद भएको सुनको परिमाणमा प्रश्न उठाए ।

सुन तस्करीको अनुसन्धानमा सरकारले तमासा मात्र गरेको भदै उनले भने, ‘एमालेको सरकारको पालामा कहिले यति, कहिलो ओम्नी भन्ने, अहिले सय केजी सुनमा ६१ केजी भयो, ३९ केजी कहाँ गयो ?’ सरकार तस्करी ढापछोप गर्न लागेकै कारण जाँचबुझ आयोग बन्न समय लागेको समेत उनले बताए ।

ब्रेक शुमा लुकाएर ल्याएको सुन भन्सार जाँचपास भइसकेको अवस्थामा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । सुरुमा करिब एक क्विन्टल भनिएको सुन ब्रेक शुसहित जोख्दा १ सय ५५ किलो भएको थियो । राष्ट्र बैंकको टक्सार विभागले सुन निकालेर गालेर खोजेको थियो, जस क्रममा करिब ६१ किलो मात्र सुन भएको पुष्टि भएको थियो ।

प्रधानमन्त्री प्रचण्ड जनताप्रति उत्तरदायी नभएको टिप्पणी पनि गरेका छन् । अहिले देश चम्किने र जनता सम्झिने सरकार नभएको उनको भनाइ थियो । ओलीले प्रधानमन्त्री प्रचण्ड विदेश भ्रमण र धर्मकर्ममा मात्र केन्द्रित भएको बताए ।

‘अहिले देशमा सरकार छ कि छैन ? के दुई धाम गरेर मात्रै हुन्छ ?’, उनले भने, ‘जनतालाई माया नगरेपछि, देशलाई माया नगरेपछि चन्दन लगाएर गेरुवस्त्र लगाए पनि पाप कट्दैन, मानसरोवरमा डुबुल्की लगाउँदैमा पनि पाप कट्दैन ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणका क्रममा मानसराेवर पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀