गैरआवासीय नेपाली संघको चुनावी रौनक

एनआरएनए चुनाव

गैरआवासीय नेपाली संघको चुनावी रौनक

श्रेष्ठ, केसी, शर्मा र थापा मध्ये को अगाडि ?

Collage Maker-03-Oct-2023-06-02-PM-7602

गैरआवासीय नेपाली संघको चुनावले यति बेला प्रवासी नेपालीहरुका बीचमा रौनक छाएको छ । यसो त यो संस्थाका बारेमा आम सर्वसाधारणलाई त्यत्ति चासो छैन ।

तर छानिएका प्रतिनिधि, उम्मेदवारको चर्चा परिचर्चाले सामाजिक संजाल यतिबेला तरंगित छ । अर्को तर्फ आकांक्षी उम्मेदवारले अन्तिम समयमा कुन समूहबाट टिकट पाउँछन् या चिप्लिन्छन् भन्ने चासोका कारण पनि हुन सक्छ, गैरआवासीय नेपाली संघ यति बेला चर्चामा छ ।

विश्वभर संजाल रहेको एनआरएनए नेपालका नेताहरुसँग पनि जोडिएकाले हुन सक्छ चुनावका बखत यसको बिशेष चर्चा हुन्छ । नेपाल सरकारले समेत चिन्ने संस्था भएकाले यसको उद्घाटन शत्रमा नेपालका प्रधानमन्त्री, परराष्ट्र मन्त्री लगायत विशिष्ठ व्यक्तिहरु समेत उपस्थित हुने हुनाले यो संस्थाको हल्ला खल्ला हुन्छ ।

अर्को तर्फ विश्वभर छरिएर रहेका प्रवासी नेपालीका नेताहरु चुनावका बखत प्रत्येक दुई बर्षमा काठमाण्डौं भेला हुने भएकाले काठमाण्डौं चुनावको हप्ता दिन पुरै तात्छ । चाड पर्वको बेला समेत पर्ने भएकाले यो संस्थाको अधिवेशनका बखत मान्छेहरु काठमाण्डौं पुग्छन्, भने प्रतिनिधि छनौंट भएर जान पनि तछाड मछाड हुन्छ ।

यति बेला आर्थिक रुपमा केही सबल उम्मेदवारहरु विश्व दौडाहामा पनि छन् । विशेषगरी अध्यक्ष, महासचिव लगायतका पदका आकाक्षीहरु विश्व भ्रमणमा निस्किएका छन् । यसले उनिहरुलाई दोहोरो फाइदा हुन्छ, पहिलो उनिहरुको व्यक्तिगत सम्पर्क सम्बन्ध बढ्छ जसका कारण उनिहरुलाई भविश्वयमा ब्यापार, व्यवसाय विस्तार गर्नमा मद्धत पुग्छ भने दोश्रो चुनावकै बहानामा केही देश घुम्ने मौका पाउँछन् । ब्यापारीनै भएपनि पैसा खर्च गर्न मान्छेले एक पल्ट सोच्छ, चुनावको नाममा भ्रमणमा जान इच्छुक हुन्छन् ।

गर्न सक्ने धेरै, कुरामा सीमित

यदी विश्वभर संजाल भएको यति ठूलो संस्था अनि विश्वभर छरिएर रहेका नेपालीहरु समेत आजीवन तथा साधारण सदस्यका नाममा जोडिने भएकाले गर्न सक्ने हो भने यो संस्थाको नामबाटै मातृभूमी नेपालका लागि धेरै गर्न सक्ने आधारहरु छन् । तर यो संस्थामा जोडिएका नेताहरुले आज सम्म गरेको कृयाकलाप हेर्दा उनिरु आफ्नै व्यक्तिगत स्वार्थ र ब्यापारमा केन्द्रित देखिन्छन् ।

राजनीतिक कोर्ष पुरा गरेर बिकासको यात्रा थालनी गरेको नेपालमा यदी यो संस्थामा आवद्ध नेपालीहरुले मिलेर काम गर्ने हो भने धेरै ठूलठूला योजनाहरु सम्पन्न हुन सक्दछन् । तर बिडम्बना उनिहरु यहि संस्थाको नेता र केही समुहका मान्छेको कुटरिमा घुम्ने भएकाले त्यसो हुन सकेको छैन् ।

अहिले विश्वभर लगानी गर्नेहरुको पहिलो समस्या भनेको श्रमिक महंगो हुनु हो तर नेपालको श्रम, विश्वकै सस्तो हो भन्दा पनि फरक पर्दैन् । अहिले मुस्किलले नेपालमा प्रतिघण्टा २ डलरमा श्रमिक पाउँछन् । तर यो फाइदा उठाएर यो संस्थामा आवद्धहरु तथा अन्य लगानी कर्ताहरु मिलेर विश्वभर सामान पुराउन सक्छन्, आधार त्यसै खेर गई रहेको छ । तर त्यता तर्फ उनिहरुले सोच्न सम्म सकेको देखिन्न् ।

अध्यक्षमा कसले बाजी मार्ला ?

अहिले गैरआवासीय नेपाली संघको अध्यक्षका लागि चार जना प्रतिस्पर्धामा आउने सम्भावना छ । तर मुख्य गरी दुई जना बीच बढ्ता प्रतिस्पर्धा हुनेछ । अध्यक्ष पदका लागि घोषणा गरिसकेका जापान निवासी महेश श्रेष्ठ र केही दिनमा घोषणा गर्ने तयारी गरिरहेका रसिया निवासी बद्री केसीका बीच मुख्य प्रतिस्पर्धा हुनेछ ।

अध्यक्षमा उठ्ने तयारी सहित महासचिवका उम्मेदवार बोकेर विश्व भ्रमणमा निस्किएका श्रेष्ठ नेपाली कांग्रेस निकट मानिन्छन्, भने केसी नेकपा एमाले निकट मानिन्छन् । श्रेष्ठ नेपाली कांग्रेसको महासमिति सदस्य तथा कांग्रेसको शुभेच्छुक संस्था जनसम्पर्क समिति जापानको पूर्व सभापति समेत भएर काम गरिसकेका व्यक्ति हुन्

यसो त श्रेष्ठ कोइराला पक्षमा बढ्ता झुकाव राख्ने भएपनि यिनी कोइराला र देउवा पक्ष दुवै तर्फ नखुल्ने व्यक्तिमा पर्दछन् । श्रेष्ठ निर्णय लिन नसक्ने सबै पक्षसँग हुन्छ, हुन्छ भन्ने स्वभावको व्यक्ति भनेर चिनिन्छन् । कोषाध्यक्ष हुँदै वर्तमान कार्यसमितिका उपाध्यक्ष रहेका श्रेष्ठसँग एनआरएनएको पनि लामै अनुभव छ ।

यता केसीको स्थायी बसोबास रसियामा हो । नेपालमा बैकिङ तथा हाइड्रो पावरमा लगानी गरेका केसी अनुभवका हिसावले यो संस्थामा अनुभवी व्यक्तिमा पर्दछन् । हाल १० अर्ब फण्डको चियर समेत रहेका केसी एनसीसी रसियाको अध्यक्ष हुँदै कोषाध्यक्ष, सहकोषाध्यक्ष, दुई पल्ट महासचिव र दुई पल्ट उपाध्यक्ष भईसकेका व्यक्ति हुन् ।

ब्यापारमा चलाख मानिने केसी हक्की स्वभावका नेता भनेर चिनिन्छन् तर उनि निर्णय लिँदा अर्को पक्षलाई सोध्दैनन् । उनि आफ्नै निर्णय सहि मान्ने व्यक्ति भनेर चिनिन्छन् ।

अर्को तर्फ अध्यक्षमा दुई जना अन्य व्यक्तिहरु पनि प्रतिस्पर्धामा छन् । अमेरिका निवासी रबिना थापाले केही दिनअघि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेकी छन् । उनि नेपाली कांग्रेस निकट मानिन्छिन् । रेष्टुरेष्ट ब्यवसायमा संलग्न थापा हालकी केन्द्रिय अध्यक्ष समेत हुन्

यस्तै अध्यक्षका अर्का उम्मेदवार हुन राजेन्द्रकुमार शर्मा । कतारमा स्थायी बसोबास गर्दै आएका शर्मा माओवादी निकटका व्यक्ति मानिन्छन् । शर्मा खर्च गर्न सक्ने ब्यापारीमा भनेर चिनिन्छन् । अध्यक्षमा दावेदारी सहित शर्मा पनि देश दौडाहामा निस्केका छन् ।

यस्तो छ क्षेत्र अनुसार श्रेष्ठ, केसी र शर्माले पाउन सक्ने अनुमानित मतको अन्तर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀