देश

नेपाली जनताले सम्झन लायक काम गर्ने विचार छ-प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार सुशासन कायम राख्न अब्बल रहेको दावी गरेका छन् । प्रधानमन्त्री दाहालले वीरगन्जमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले नागरिकता विधेयक, मिटरब्याज पीडित, विद्युत व्यापार, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी,ललिता निवास प्रकरण लगायतका क्षेत्रमा अदभूत काम भएको जिकिरे समेत गरेका छन ।...
जातिय हिंसाको खतरा
धरानमा हिन्दु समर्थकहरुको प्रदर्शनका कारण निषेधाज्ञा
धरानमा हिन्दु समर्थकहरुको प्रदर्शनका कारण शुक्रबारदेखी निषेधाज्ञा जारी गरिएको छ। धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै हिन्दु धर्मालम्बीहरुले प्रदर्शन जारी राखेका छन् । जिल्ला सुरक्षा समितिको बैठकले शुक्रबारदेखी निषेधाज्ञा जारी गरेको हो। जिल्लामा कुनै अप्रिय घटना हुन नदिन व्यापक रुपमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी राजकुमार राइले...
बर्खामा पानीको बहाब
सप्तकोसी नदीमा पानीको बहाब बढ्यो
सप्तकोसी नदीमा पानीको बहाब बढेपछि कोसी ब्यारेजका सबै ढोका खोलिएका छन् । पहाडी जिल्लामा लगातार वर्षा भइरहेकाले सप्तकोसी नदीमा पानीको बहाब बढेको हो। स्थानिय सरकारले दिएको जानकारी अनुसार शुक्रवाबार राति ९ बजे पानीको बहाब बढेर प्रतिसेकेण्ड ३ लाख ९८ हजार ३ सय ४५ क्युसेक पुगेको छ । यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता राजकुमार...
सुन तस्करी काण्ड
अध्यागमन विभागका महानिर्देशक अधिकारीको सुन तस्करहरुसँग लगानी रहेको आशंका
काठमाडौं, ८ भदौं । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीको ६० किलो सुन तस्करीमा संलग्न रहेका दावा छिरिङसँग सम्पर्क रहेको भेटिएपछि उनलाई सरुवा गरिएको छ । महानिर्देशक अधिकारीको सुन तस्कर दावासँगका केही तथ्यहरू भेटिएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले अधिकारीलाई मन्त्रालय तानेर छानविन थालेका छन् । उनलाई हाल मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो...
जापानका सांसदहरुले भेटे राष्ट्रपति पौडेललाई
राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानको संसदको माथिल्लो सदनका सांसदहरुले शिष्टाचार भेट गरेका छन् । शिष्टाचार भेटका अवसरमा सांसदहरुले नेपाल र जापान बीचको सम्वन्ध र आगामी दिनमा दुवै देशको बिकासमा खेल्नु पर्ने भूमिकाका बिषयमा कुराकानी भएको छ । राष्ट्रपति कार्यलयले जारी गरेको बिज्ञप्ती अनुसार नेपाल जापान संसदीय मैत्री समूहका सदस्य समेत रहेका माननीयहरुले राष्ट्रपतिसँग शिष्टाचार भेट गरेका...
कोशी प्रदेश सरकारले लिएको विश्वासको मत संविधान विपरित रहेकाे सर्वोच्चको ठहर
सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधान सम्मत् नभएको ठहर गरेको छ । अदालतले दीर्घकालीन महत्वका निर्णय नगर्न कोशी प्रदेश सरकारका नाममा आदेश दिएको छ । बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले १५ भदौमा मुद्दाको पेशी तोक्न आदेश गर्दैै उक्त समयसम्म लिखित जवाफ पेश गर्न आदेश दिएको छ । त्यस्तै, १३ भदौ...
ललिता निवास जग्गा अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा
काठमाण्डौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ललिता निवास जग्गा हिनामिना प्रकरण बारे आफ्नो अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। करिव दुई महिना लगाएर सीआईबीले तयार पारेको प्रतिवेदनमा निर्णयकर्ता पूर्वप्रधानमन्त्रीयद्वय माधव नेपाल र डा. बाबुराम भट्टराईलाई प्रतिवादी नबनाउने राय दिइएको छ। तर, सर्वोच्च अदालतले निर्णयकर्तालाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको थियो।...
कोसी प्रदेशका मुख्यमन्त्रीको विश्वासको मत
विश्वासको मतविरुद्धको रिटमा सर्वोच्चले पेसी तोक्यो
विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत प्राप्त नगरेको भन्दै सर्वोच्च अदालतमा बुधबार रिट दायर भएको छ। संबिधान अनुसार थापाले असंवैधानिक तरिकाले लिएको विश्वासको मत लिएको भन्दै त्यसविरुद्ध नेकपा एमालेले कोसी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यन्त्री हिक्मतकुमार कार्कीले परमादेशको माग गर्दै रिट दर्ता गराएका थिए । रिटमा भनिएको छ, ‘२०८० साउन ११...
दुर्घटना
धादिङ दुर्घटना अपडेटः मृतक ८ मध्ये ६ जनाको पहिचान खुल्यो [मृतक र घाइतेहरूको नाम सहित]
धादिङ । धादिङको गजुरी गाउँपालिका–२ चालिसेबाट त्रिशूली नदीमा बस खसेर ज्यान गुमाएका ८ जना मध्ये ६ जनाको सनाखत भएको छ। सनाखत भएका ६ जनामा पोखराका १ सहित पर्वतका ३, म्याग्दीका १ र धादिङका १ जना छन् । २ जनाकाे सनाखत हुन बाँकी छ । कास्कीकाे पाेखरा ११, फुलबारीका अन्दाजी २४ वर्षका सुमन थापा, पर्वत मोदी...
पोखरा हुँदै बेनी जान छुटेको बस दुर्घटना, ८ जनाको मृत्यु
पोखरा । काठमाडौँबाट पोखरा हुँदै बेनीका लागी छुटेको बस धादिङको गजुरीस्थित त्रिशुली नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ। प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी स्थित छहरा नजिकबाट त्रिशूलीमा खसेको हो। बुधबार बिहान सवा ११ बजे भएको दुर्घटनामा परी ८ जनाको मृत्यु भएको धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए।...
कांग्रेस महामन्त्री थापा
भ्रष्टहरुको भारी कांग्रेसले बोक्दैन महामन्त्री थापा
इलाम । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारमा मुछिएका व्यक्तिहरूको भारी नेपाली कांग्रेस पार्टीले नबोक्ने स्पष्ट पारेका छन् । महामन्त्री थापाले भने, हामी भ्रष्टहरुको भारी बोक्दैनौं । ललिता निवास प्रकरणमा संलग्न भनिएकाहरूको फाइल नखोल्ने भनेर बाहिर आएको समाचारप्रति खण्डन गर्दै, महामन्त्री थापाले गठबन्धनमा रहेर यस्तो निर्णय गर्न नहुने बताएका छन् । नेता थापाले भने, “अपराध...
भ्रष्टाचार मुद्धामा गृहमन्त्रीको उद्घोष
मिटर व्याज सामन्तवादको निकृष्ट अवशेष हो, यसको समूल अन्त्य गरेरै छाड्छौं -गृहमन्त्री श्रेष्ठ
पोखरा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको कारवाही मुद्धामा आफु स्पष्ट रहेको बताएका छन् । पोखरामा पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले भने, भ्रष्टाचार विरुद्धको अभियान रोकिन्न्, निर्दोष मान्छे फस्दैन अनि दोषी र अपराधीलाई छोडिन्न् । अपराध गर्नेलाई अनुसन्धान गरेर तथ्य प्रमाणका आधारमा दण्डित गरिने उनको भनाई छ । गृहमन्त्री श्रेष्ठले वर्तमान सरकार र सरकारले चालेको...