धादिङ दुर्घटना अपडेटः मृतक ८ मध्ये ६ जनाको पहिचान खुल्यो [मृतक र घाइतेहरूको नाम सहित]

दुर्घटना

धादिङ दुर्घटना अपडेटः मृतक ८ मध्ये ६ जनाको पहिचान खुल्यो [मृतक र घाइतेहरूको नाम सहित]

पोखराका सुमनसहित पर्वतका ३, म्याग्दीका १ र धादिङका १ जनाको मृत्यु पुष्टि

thumb

धादिङ । धादिङको गजुरी गाउँपालिका–२ चालिसेबाट त्रिशूली नदीमा बस खसेर ज्यान गुमाएका ८ जना मध्ये ६ जनाको सनाखत भएको छ।

सनाखत भएका ६ जनामा पोखराका १ सहित पर्वतका ३, म्याग्दीका १ र धादिङका १ जना छन् । २ जनाकाे सनाखत हुन बाँकी छ । कास्कीकाे पाेखरा ११, फुलबारीका अन्दाजी २४ वर्षका सुमन थापा, पर्वत मोदी गा.पा १ बस्ने बर्ष १५ कि कृतिका शर्मा पौडेल, पर्वत जलजला गा.पा ६ बस्ने बर्ष ४२ की राधिका सापकोटा, मोदी गा.पा ५ बस्ने बर्ष ४५ को झपट बहादुर क्षेत्री, म्याग्दीको रघुगंगा गाउँपालिका–३ का ५० वर्षीय थान बहादुर भण्डारी र धादिङको गजुरी गाउँपालिका– ८ का अन्दाजी २४-२५ वर्षका सविन रम्तेल मृत्यु भएकाे पुष्टि भएकाे छ ।

बाँकी चार जनाको पनि परिचय खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतम मिश्रले बताए। बुधबार बिहान काठमाडौंबाट पोखरा हुँदै बेनी जान लागेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको (म्याग्दी कोरला यातायात प्रा.लि) बस त्रिशूली नदीमा खसेको हो। ज्यान गुमाउनेमध्ये ६ जना पुरुष र २ जना महिला छन् । दुर्घटनामा १५ जना घाइते भएका छन्। तीमध्ये १४ जनालाई काठमाडौं रिफर गरिएको छ। उनीहरूमध्ये पाँच जनाको अवस्था गम्भीर छ।

गम्भीर घाइतेहरूमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ की २२ वर्षीया अञ्जु राना मगर, म्याग्दीको रघुगंगा गाउँपालिका– ७ का २९ वर्षीय प्रविन पुन र परिचय नखुलेका थप तीन जना छन्।

काठमाडौं रिफर गरिएका घाइतेहरूमा पर्वतको मोदी गाउँपालिका–१ का ४१ वर्षीय गुरूदत्त पौडेल, बसका चालका म्याग्दीको बेनी नगरपालिका–६ का ३० वर्षीय दिपक थापा, बेनी नगरपालिका–३ का २४ वर्षीय पूर्ण छन्त्याल, अन्नपूर्ण गाउँपालिका– १ का १९ वर्षीय कुशल अधिकारी, काठमाडौंको कीर्तिपुर नगरपालिका–९ का ५२ वर्षीय खड्ककुमार श्रेष्ठ, म्याग्दीको मंगला गाउँपालिका–२ का १६ वर्षीया गीता जग्जाली छन्।

त्यस्तै, बाग्लुङकी १९ वर्षीया सुष्मा क्षेत्री, पर्वतको फलेवास नगरपालिकाकी ६३ वर्षीया हरिकला गौडेल, ३२ वर्षीय बंगलादेशी नागरिक मोहमद हजिरहुल र म्याग्दीको रघुगंगा गाउँपालिका–६ की २३ वर्षीया रिना रानामगरलाई पनि काठमाडौं पठाइएको एसपी मिश्रले जानकारी दिए।उनीहरूको अवस्था मध्यम रहेको पनि उनले बताए। दुर्घटनामा बागलुङ गलकोटकी ६८ वर्षीया ज्ञानु बुढामगर सामान्य घाइते भएकोमा उपचारपछि डिस्चार्ज भइसकेका छन्। बसका सहचालक नुवाकोट बेलकोटगढी नगरपालिका–६ का ३४ वर्षीय रोशन तामाङको सकुशल उद्धार गरी प्रहरी नियन्त्रणमा लिइएको छ।

उनलाई अहिले इलाका प्रहरी कार्यालय गजुरीमा राखी दुर्घटनाबारे सोधपुछ भइरहेको छ। साँघुरो सडकमा ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको अनुमान छ। यसबारे अनुसन्धान भइरहेको एसपी मिश्रले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय धादिङबाट प्राप्त जानकारी जस्ताकाे तस्तैः

सवारी दुर्घटना

मिति २०८०/०५/०६ गते अं ११;१० बजेको समयमा जिल्ला धादिङ गजुरी गा.पा.वडा न.०२चालिसे स्थित पृथ्बीलोकमार्गमा काठमाण्डौंबाट पर्वत म्याग्दी बेनी ( म्याग्दी कोरला यातायात प्रा.ली ) तर्फ जादै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नं. बस अनियन्त्रित भई त्रिशुली नदिमा सडक बाट अ.३०/४० मिटर तल खस्दा इप्रका गजुरीबाट प्र.ना.उ.को कमाण्डमा २५जना,जि.प्र.का.धादिङ बाट प्र.उ.को.कमाण्डमा १३ जना,जि.ट्रा.प्र.का.गजुरी बाट प्र.नि.को.कमाण्डमा १० जनाको टोली खटी गएको, नेपाली सेना, APF, Traffic Police, स्थानीयले संयुक्त रुपमा खोजी र उद्धार गरेका निम्न छन् ।
मृत्यु हुनेको संख्या- (८ जना जसमध्ये २ महिला, ६ पुरुष) ६ जनाको नामथर खुलेको २ जनाको खुल्न बाँकी

१) जिल्ला म्याग्दी रघुगंगा गा.पा ३ बस्ने बर्ष ५० को थान बहादुर भण्डारी मृत्यु भएको ।
२) जिल्ला पर्वत मोदी गा.पा १ बस्ने बर्ष १५ कि कृतिका शर्मा पौडेल मृत्यु भएको ।
३) जिल्ला धादिङ गजुरी गा.पा ८ बस्ने बर्ष अं. २० को शुसिल रम्तेल मृत्यु भएको ।
४) जिल्ला कास्की फुलबारी ११ बस्ने बर्ष अं. २४/२५ को सुमन थापा मृत्यु भएको ।
५) जिल्ला पर्वत जलजला गा.पा ६ बस्ने बर्ष ४२ की राधिका सापकोटा मृत्यु भएको
६) जिल्ला पर्वत मोदी गा.पा ५ बस्ने बर्ष ४५को झपट बहादुर क्षेत्री मृत्यु भएको ।

घाईतेहरु ट्रमा सेन्टर काठमाण्डौंमा

१) बस चालक जिल्ला म्याग्दी बेनि न.पा ६ बस्ने बर्ष ३० को दिपक थापा टाउकोमा चोट अबस्था मध्यम ।
२) जिल्ला म्याग्दी बेनी न.पा ३ बस्ने बर्ष २४ को पुर्ण छन्त्याल टाउकोमा चोट अबस्था मध्यम ।
३) जिल्ला म्याग्दी बस्ने बर्ष अं ४५ की सुनिता छन्त्याल शरिरको बिभिन्न भागमा चोट अबस्था गम्भिर ।
४) देश बंगलादेश बस्ने बर्ष अं ३५ को सुदिप मण्डल शरिरको बिभिन्न भागमा चोट अबस्था गम्भिर ।
५) जिल्ला म्याग्दी बेनि न.पा ३ बस्ने बर्ष अं. २९ को गौतम छन्त्याल टाउको र हातमा चोट अबस्था गम्भिर ।
६) १४) देश बंगलादेश बस्ने बर्ष ३२ को मोहमद हजिरहुल शरिरमा सामान्य चोट ।
७) जिल्ला बाग्लुङ बस्ने बर्ष १९ कि शुस्मा क्षेत्री टाउकोमा चोट अबस्था मध्यम ।
८) जिल्ला पर्वत मोदी गा.पा १ बस्ने बर्ष ४१ को गुरुदत्त शर्मा पौडेल टाउको र निधारमा चोट अबस्था मध्यम ।
९) जिल्ला म्याग्दी मंगला गा.पा २ बस्ने बर्ष १६ कि गिता जंजाली मगर टाउकोमा चोट अबस्था मध्यम ।

घाईतेहरु बयोधाः-

१) जिल्ला म्याग्दी अन्नपूर्ण गा.पा १ बस्ने बर्ष १९ को कुशल अधिकारी शारिरको भित्री भागमा चोट अबस्था मध्यम,बयोधा icuमा उपचार हुदै ।
२) जिल्ला पर्वत फलेवास न.पा बस्ने बर्ष अं.६३ कि हरिकला गौडेल घाँटीमा चोट अबस्था मध्यम, बयोधा icuमा उपचार हुदै ।
३) जिल्ला म्याग्दी अन्पुर्ण गा.पा ३ बस्ने बर्ष २२ कि अञ्जु राना मगर, टाउकोमा चोट अबस्था गम्भिर बयोधा icuमा उपचार हुदै ।
४) जिल्ला म्याग्दी गरुङ्गंगा गा.पा ७ बस्ने बर्ष २९ को प्रविन पुन टाउकोमा चोट अबस्था गम्भिर, बयोधा icuमा उपचार हुदै ।

घाईते मेडिसिटिः

१) जिल्ला म्याग्दी रघुगंगा ६ बस्ने बर्ष २३ कि रिना रानामगर टाउको र ढाडमा चोट अबस्था मध्यम, काठमाण्डौ मेडिसिटि ।

घाईते BNB –

१) जिल्ला काठमाण्डौ कृतिपुर न.पा ९ बस्ने बर्ष ५२ को खड्क कुमार श्रेष्ठ दाहिने खुट्टामा चोट अबस्था सामान्य काठमाण्डौ BNB ।

डिस्चार्ज भएका घाईतेहरु

१) सह चालक जिल्ला नुवाकोट बेलकोटगढी न.पा ६ बस्ने बर्ष ३४ को रोशन तामाङ सकुशल उद्वार गरी यस का.को नियन्त्रणमा ।
२) जिल्ला बाग्लुङ गलकोट बस्ने बर्ष ६८ कि ज्ञानु बुढामगर आँखामा चोट अबस्था सामान्य डिस्चार्ज ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀