सप्तकोसी नदीमा पानीको बहाब बढेपछि कोसी ब्यारेजका सबै ढोका खोलिएका छन् । पहाडी जिल्लामा लगातार वर्षा भइरहेकाले सप्तकोसी नदीमा पानीको बहाब बढेको हो। स्थानिय सरकारले दिएको जानकारी अनुसार शुक्रवाबार राति ९ बजे पानीको बहाब बढेर प्रतिसेकेण्ड ३ लाख ९८ हजार ३ सय ४५ क्युसेक पुगेको छ । यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता राजकुमार राईले सप्तकोसीमा पानीको बहाब बढेपछि आसापासका बासिन्दालाई सतर्क रहन र यस क्षेत्रको शान्ति सुरक्षाको लागि प्रहरी परिचालन गरेर उच्च सर्तकता अपनाइएको जानकारी दिएका छन् ।
पानीको बहाब एकलाख ५० हजार प्रतिसेकेण्ड कटेपछि खतरा मानिन्छ, अहिले खतराको संकेतका रुपमा रातो बत्ति समेत बालिएको छ । यस्तै स्थानीय प्रशासनको अनुरोधमा भारतले कोसी ब्यारेजका सबै ढोका खोलेको छ । यसैगरी पूर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनलाई समेत सावधानीपूर्वक सञ्चालन गरिएको जानकारी दिईएको छ ।
भर्खरै
अमेरिका स्वर्णिम युगमा प्रवेश गर्यो : राष्ट्रपति डोनाल्ड जे ट्रम्प
सोमबार शक्तिशाली राष्ट्रप्रमुखका रुपमा ट्रम्पको ह्वाइट हाउस प्रवेश
रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत कास्कीको आदेश
तिब्बत केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प, काठमाण्डौंमा ठूलो धक्का
विकास र समृद्धिको चाहनालाई पूरा गर्न बीआरआई महत्त्वपूर्ण : प्रधानमन्त्री ओली
शौच गर्न गएकी महिला बतात्कृत
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं