देश

सरकारले पोखरामा विमानस्थल बन्न नदिने षडयन्त्र गरेकोभन्दै कास्की काँग्रेसको आपत्ति
पोखरा, २४ जेठ । नेपाली काँग्रेस कास्कीले सरकारले पोखरामा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल बन्न नदिन षडयन्त्र गरेकोभन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । विमानस्थल निर्माण कार्य १५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको अवस्थामा विज्ञ समितिको प्रतिवेदनले विमानस्थल उडानका लागि योग्य नरहेको भन्नु पोखरामा विमानस्थल बन्न नदिने षडयन्त्र भएकोभन्दै खेद प्रकट गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक...
ज्योतिष तथा वास्तु सम्मेलनको तयारी पूरा
पोखरा, ११ जेठ । पोखरामा हुन लागेको चौथो दक्षिण एशियाली ज्योतिष तथा वास्तु सम्मेलनको तयारी पूरा भएको छ । दक्षिण एशियाली ज्योतिष महासंघको आयोजनामा जेठ १२ र १३ गते पोखरामा सम्मेलन हुन लागेको हो । महासंघले पोखरामा बिहीवार पत्रकार सम्मेलन गरी सम्मेलनमा नेपाल, भारत, श्रीलंका, भुटान, थाइल्याण्ड, मलेशिया, बंगलादेश, बेलायत, कोरिया, हङकङ, इण्डोनेसिया लगायत देशका...
बर्लिन कार्निभलमा नेपालकोे सहभागिता
बर्लिन , १० जेठ । २२ औ कार्निभल जर्मनको राजधानी बर्लिनमा सम्पन्न भएको छ । विश्वका करिब ४० देशबाट फरक फरक समूहले आ–आफ्नो देशको नृत्य सहित कला संस्कृति प्रस्तुत गरेका थिए । हरेक वर्ष आयोजना हुने यस्तो कार्यक्रममा नेपालले भने यो सहित छैटौ पटक सहभागिता जनाईसकेको छ । नेपाली राजदुतावास बर्लिन, नेपाल टुरिजम बोर्ड र...
सरकार मुस्लिम विरोधी भएकोभन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
पोखरा, ८ जेठ । नेपाल मुस्लिम संघ कास्कीले जिल्ला प्रशासन कार्यालय कास्की मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । संघले विभिन्न ६ बुँदे माग सहितको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय कास्की मार्फत प्रधानमन्त्रीलाई पठाएको हो । नेपाल मुस्लिम संघ कास्कीका अध्यक्ष हारुन खान पैठानले कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा मुस्लिम समुदायका...
‘युवालाई अघि सारे पार्टी शशक्त बन्छ’
पोखरा, ५ जेठ । नेपाली काँग्रेसले युवाहरुलाई प्राथमिकता दिएर अघि बढ्नु पर्नेमा पोखरामा शनिवार आयोजित कार्यक्रममा जोड दिइएको छ । अव पार्टीमा अघिल्लो पुस्तालाई सम्मान गर्ने हो, युवालाई प्राथमिकताका साथ जिम्मेवारी दिनुपर्छ वत्ताहरुले भने – ‘युवालाई अघि सार्न सके पार्टी शशक्त बन्ने छ ।’ नेपाल तरुण दल कास्कीले पोखरामा शनिवार आयोजना गरेको जनताको साथमा तरुण...
एसपीको पहिलो नजर ट्याक्सीमा
विजय नेपाल पोखरा, २ जेठ । कास्कीमा सरुवा भइ आउने नयाँ प्रहरी प्रमुख चर्चामा आउन नयाँ-नयाँ अपरेसन थालनी गर्छन् भन्ने आममानिसको धारणा छ । यस्तै भयो, जिल्ला प्रहरी प्रमुखको पद सम्हालेको २ दिनमै प्रहरी उपरीक्षक -एसपी) ओमबहादुर रानाको कार्यशैली पनि । उनको नजरमा परे-मिटरमा नगुड्ने ट्याक्सी । महानगरीय प्रहरी कार्यालय, काठमाडौंबाट सरुवा भई आएका रानाले...
पोखरामा दुई ठाउँमा बम
पोखरा, ३० वैशाख । नेत्र विक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दमा गरेको बम आक्रमण र आगजनीले जनजीवन प्रभावित भएको छ। ठाउँठाउँमा बम आक्रमण र आगजनी गरेपछि स्थानियहरुमा त्रसित भएका छन्।  पोखराको दुई ठाउँमा बम फेला परेको छ । आइतवार विहान पोखरा लेखनाथ महानगरपालिका २९ सैनिक वस्तीमा समेत नेकपाका कार्यकर्ताहरुले बम राखेका...
मोदी भ्रमण राष्ट्रघात भन्दै नेपाल बन्द
काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले  बैशाख ३० गते नेपाल बन्दको घोषणा गरेको छ । महासचिव विप्लवले आज बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल बन्दको आह्वान गरेका हुन् । महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा सबै देशभक्त, राष्ट्रवादी, जनवादी र वामपन्थीहरुलाई सहयोग, समर्थन र ऐक्यबद्धताको लागि अनुरोध गरिएको छ । महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको...
समाजवादी अध्ययन केन्द्रद्वारा अपाङ्गता भएकालाई सामाग्री वितरण
पोखरा, २९ वैशाख । विश्व नर्स दिवस – २०७५ को अवसर पारेर समाजवादी अध्ययन केन्द्र भक्तपूरले पोखरामा शनिवार अपाङ्गता भएका एक सय १० जनालाई विभिन्न सामाग्री वितरण गरेको छ । नेपाल निजामति कर्मचारी युनियन(संघ) कास्कीले आयोजना गरेको कार्यक्रममा ३० थान सेतो छडी, ५० थान झुल , ४०÷४० थान रेडियो÷पेनड्राइभ, एक थान व्हिल चेयर र एक...
ज्योतिष तथा वास्तु सम्मेलन हुदै
पोखरा, २७ वैशाख । पोखरामा चौथो दक्षिण एशियाली ज्योतिष तथा वास्तु सम्मेलन हुने भएको छ । दक्षिण एशियाली ज्योतिष महासंघको आयोजनामा जेठ १२ र १३ गते सम्मेलन हुन लागेको हो । सम्मेलनमा नेपाल सहित दक्षिण एशियाका १० राष्ट्रका चार सय ५० जना ज्योतिषि एवं वास्तुविद्को सहभागिता रहने छ । सम्मेलनलाई लक्षित गरी पोखरामा बिहीबार तयारी...
फेवाताल संरक्षणमा चासो
पोखरा, २६ बैशाख । पोखराको पर्यटकिय गन्तव्य फेवातालको संरक्षणमा सरोकारवालहरुले चासो दिएका छन् । कार्यक्रममा बोल्ने वक्ताहरुले पोखराको पर्यटन प्रर्वद्धनको लागि फेवातालको संरक्षण अनिवार्य रहेको बताए । लायन्स क्लव अफ पोखरा ग्रिन सिटीले फेवाताल संरक्षण तथा सरसफाई सम्वन्धी परिसम्वाद कार्यक्रम गरेको हो । फेवातालको विचमा डुङ्गामा सो कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिथि उद्योग,...
तीन बालबालिका नदीमा बेपत्ता, गाउँ शोकमग्न
खोटाङ, २४ वैशाख ः एउटै गाउँका तीन बालबालिका नदीमा डुबेर बेपत्ता भएपछि खोटेहाङ गाउँपालिका–२ सुन्तलेस्थित धाप्लाङघाट गाउँ शोकमग्न भएको छ । स्थानीय धननारायण श्रेष्ठको १२ वर्षीय छोरा सुमन, जीवन माझीको १० वर्षीय छोरा समिन र धु्रव माझीको ११ वर्षीया छोरी अनिता माझी नदीमा बेपत्ता भएका हुन् ।  शनिबार दिउँसोदेखि सुनकोशी नदीमा डुबेर बेपत्ता भएका उनीहरुको...