पोखरा, २९ वैशाख । विश्व नर्स दिवस – २०७५ को अवसर पारेर समाजवादी अध्ययन केन्द्र भक्तपूरले पोखरामा शनिवार अपाङ्गता भएका एक सय १० जनालाई विभिन्न सामाग्री वितरण गरेको छ ।
नेपाल निजामति कर्मचारी युनियन(संघ) कास्कीले आयोजना गरेको कार्यक्रममा ३० थान सेतो छडी, ५० थान झुल , ४०÷४० थान रेडियो÷पेनड्राइभ, एक थान व्हिल चेयर र एक थान वैशाखी वितरण गरिएको हो ।
अपाङ् मैत्री समाज कास्कीको समन्वयमा करिव एक लाख ६७ हजार मूल्य बराबरको सामाग्री वितरण गरिएको थियो ।
अपाङ्गताको क्षेत्रमा मन जोड्ने अभियान हो समाजवादी अध्ययन केन्द्रका अध्यक्ष दुर्गाप्रसाद फुयालले भने – ‘आवश्यकता महसुस भएका स्थानमा जान्छौ र सामाग्री वितरण गर्छाै।’
कार्यक्रमका प्रमुख अतिथि सांसद बद्रि पाण्डेले अपाङ्गता भएकाहरुका लागि राज्यको तर्फबाट गरिएका व्यवस्थाहरु लागु गर्नुपर्नेमा जोड दिए ।
संविधानमा हक त लेखिएको छ, संविधान कार्यन्वयनका लागि कानुन चाहिन्छ उनले भने – ‘संविधान कार्यन्वयनका लागि कानुन बनाउन सक्रिय हुने समय आएको छ।’ उनले प्रजातान्त्रिक समाजवाद अनुकुल संविधान बनेको उल्लेख गरे ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीले सूचना प्रविधिको वर्तमान युगमा सूचना प्रविधिसँग खेल्न नसक्ने व्यक्ति अपाङ्गता हुने बताए ।
प्रदेश नम्बर ४ का सांसद विन्दुकुमार थापाले अपाङमैत्री कानुन आवश्यक रहेको औल्याए ।
नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष डिल्लि सुवेदीले हरेक व्यक्तिसँग केहि न केहि क्षमता हुनेभन्दै क्षमता पहिचान गर्नुपर्नेमा जोड दिए ।
कर अधिकृत विजय लामिछानेले अपाङ्गताका क्षेत्रमा जिम्मेबार व्यत्तिहरु पनि गैरजिम्मेबार बन्ने गरेको उल्लेख गरे ।
समाजवादी अध्ययन केन्द्रका संरक्षक शान्तिकृष्ण अधिकारी, महिला नेतृ उर्मिला थपलिया, चरक नर्सिङ एकेडेमीका प्राचार्य सृजना पण्डित, अपाङमैत्री समाज कास्कीका अध्यक्ष सन्तबहादुर नेपालीले बोलेका थिए ।
नेपाल निजामति कर्मचारी युनियन (संघ) कास्कीका अध्यक्ष डार्बिन लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा समाजवादी अध्ययन केन्द्र कास्कीका संयोजक अर्जुन गुरुङले स्वागत र प्रदेश नम्बर ४ का संयोजक जगतबहादुर पाठकले संचालन गरेका थिए ।
भर्खरै
नगर प्रमुख बालेन शाहले दिएको जिम्मेवारीमा बस्न मानेन तीन वडाअध्यक्ष
इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं