एसपीको पहिलो नजर ट्याक्सीमा

एसपीको पहिलो नजर ट्याक्सीमा

om-rana-with-taxi-690×460

विजय नेपाल

पोखरा, २ जेठ । कास्कीमा सरुवा भइ आउने नयाँ प्रहरी प्रमुख चर्चामा आउन नयाँ-नयाँ अपरेसन थालनी गर्छन् भन्ने आममानिसको धारणा छ । यस्तै भयो, जिल्ला प्रहरी प्रमुखको पद सम्हालेको २ दिनमै प्रहरी उपरीक्षक -एसपी) ओमबहादुर रानाको कार्यशैली पनि । उनको नजरमा परे-मिटरमा नगुड्ने ट्याक्सी ।

महानगरीय प्रहरी कार्यालय, काठमाडौंबाट सरुवा भई आएका रानाले वैशाख ३० मा कास्कीको प्रहरी प्रमुखको कमाण्ड सम्हालेका हुन् । पद सम्हालेको २ दिनपछि नै उनको तारोमा परेका ३६ वटा ट्याक्सी यतिखेर गैह्रापाटनस्थित जिल्ला प्रहरी कार्यालय परिसरमा लाइनबद्ध छन् । गत जेठ १ मा उनको कमाण्डमा पोखराका मुख्य-मुख्य चोकमा सादा पोशाकमा गएका प्रहरीले मिटरमा जान नमान्ने ती ट्याक्सी नियन्त्रणमा लिएको हो ।

पत्रकारसँग बुधबार उनले तिनै ट्याक्सीमाझ उभिएर सगर्व भने-‘आपराधिक क्रियाकलाप उपर कानूनको कठोरतालाई आत्मसाथ गर्दै त्यस्ता गतिविधि न्यूनीकरण गर्न निर्दयी रुपमा प्रस्तुत हुनेछ ।’ उनले गुण्डाराज अन्त्यका लागि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका प्राथमिकताको अक्षरसः पालना गर्दै आफू निर्दयी रुपमा प्रस्तुत हुने चेतावनी समेत दिए। पर्यटकीय नगरी पोखरामा ट्याक्सी मिटरमा नजाने समस्या लामो समयदेखि चल्दै आएको छ । समाधानका लागि विगतमा पनि धेरै प्रयास भएका हुन् । यसपालि भने जिल्ला प्रहरी प्रमुख रानाले यो समस्या न्यूनीकरण गरेरै छाड्ने दृढता व्यक्त गरेका छन् । नियन्त्रणमा लिइएका ट्याक्सी र चालकको अभिलेख राखिने र पटक-पटक यस्तै गतिविधि दोहोरिए केही सार्वजनिक अपराधअन्तर्गत मुद्दा दर्ता गरी आवश्यक कारबाही गरिने उनले बताए । आन्तरिक शुद्धिका लागि प्रविधियुक्त नागरिकमैत्री प्रहरी सेवा, ट्राफिक व्यवस्थापन, सामाजिक विकृति विसंगति र कुसंस्कार विरुद्ध सचेतनामूलक कार्यक्रम गर्दै सामाजिक विकृति निर्मूल पार्ने उनले अर्को योजना छ ।

उनले विश्वसमुदायको समेत नजर रहेको पर्यटकीय नगरी पोखरालाई अपराधसहित बनाउन आफू अहोरात्र तल्लिन रहने उल्लखे गर्दै घरेलु मदिरा तथा लागु औषध, यौन व्यवसाय र जुवातास नियन्त्रण, चोरी, लुटपाट, कालोबजारी न्यूनीकरणमा लाग्ने बताए ।

यस्तै छुट्टाछुट्टै स्क्वायड खडा गरी फरार अपराधि पक्राउ र कारबाही, घरेलु हिंसा, लैंगिक हिंसा, महिला बालबालिका, ज्येष्ठ नागरिक तथा असक्त व्यक्ति उपरका घटनामा संवेदनशीलता अपनाउने पनि उनको प्रतिबद्धता छ ।

यता, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक ऐनबहादुर मल्लले जेठ १ मा ट्याक्सी सहित विभिन्न सवारीसाधन कारबाहीबाट १ लाख ३४ हजार रुपैयाँ राजश्व संकलन गरिएको जनाए । उनका अनुसार पछिल्लो समय १ सय ८४ ट्याक्सी कारबाहीमा परेकोमा १ जेठमा यति ठूलो संख्यामा ट्याक्सी कारबाहीमा परेका हुन् ।

यस विषयमा ट्याक्सी व्यवसायी समिति पोखराका अध्यक्ष प्रकाशमणि तिवारीले सवारी यातायात व्यवस्था ऐन, २०४९ को धारा १६४ को १ -६) विपरीत ट्याक्सीमा भएको कारबाहीप्रति आपत्ति जनाए । उनले भाडा समायोजन नभएको ५ वर्ष बितिसकेको अवस्थामा जबर्जस्त मिटरमा जानूपर्छ भन्नु घाँटी निमोठ्ने काम हो भन्दै आपत्ति जनाए । सो ऐनअनुसार निर्धारित दररेट भन्दा बढी भाडा लिए पटकेपिच्छे ५ सय, १ हजार र १ हजार ५ सय रुपैयाँसम्म जरिवाना लिन सकिने उल्लेख भए पनि प्रहरीले मनुखुशी ४/५ हजार रुपैयाँसम्म जरिवाना असुल्नेदेखि ट्याक्सी नै नियन्त्रणमा लिने गरेको उनको भनाइ छ । अध्यक्ष तिवारीले राज्यले नगरेको लगानी व्यवसायीले गरेका छन् भन्दै उचित व्यवस्थापनको खाँचो औंल्याए । भाडाको विषयमा सम्बन्धित यात्रुसँग सहमतिमा समेत यात्रामा जाँदा प्रहरीले बीच बाटोमै नियन्त्रण लिने गरेको उनले गुनासो गरे । ‘मोर्र्टस पार्टस्, महँगी, इन्धन वृद्धि आधारमा मिटरमा समेत भाडा बढ्नुपर्छ,’ उनी भन्छन् ।

२०४० सालमा स्थापित ट्याक्सी व्यवसायी समितिमा हाल २ हजार २ हजार आवद्ध छन् । गण्डकी क्षेत्रमा भने करिब ४ हजार ट्याक्सी गुड्छन् ।

स्रोत ः आदर्श समाज दैनिक, पोखरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀