पोखरा, ५ जेठ । नेपाली काँग्रेसले युवाहरुलाई प्राथमिकता दिएर अघि बढ्नु पर्नेमा पोखरामा शनिवार आयोजित कार्यक्रममा जोड दिइएको छ ।
अव पार्टीमा अघिल्लो पुस्तालाई सम्मान गर्ने हो, युवालाई प्राथमिकताका साथ जिम्मेवारी दिनुपर्छ वत्ताहरुले भने – ‘युवालाई अघि सार्न सके पार्टी शशक्त बन्ने छ ।’
नेपाल तरुण दल कास्कीले पोखरामा शनिवार आयोजना गरेको जनताको साथमा तरुण दल विषयक अन्तरक्रिया कार्यक्रममा काँग्रेसका नेताहरुले पार्टीलाई जनताको बीचमा लैजाने जिम्मेवारी तरुणहरुको काँधमा रहेको बताए ।
कार्यक्रममा नेपाल तरुण दलका पूर्वअध्यक्ष एवं पूर्व राज्यमन्त्री महादेव गुरुङले पार्टीलाई नयाँ उत्साह, सोच र दृष्टिकोणबाट अघि बढाउनुपर्ने आवश्यकता औल्याए ।
नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले पार्टीलाई शशक्त बनाउनका लागि सवैको साथ र सहयोग जरुरी भएको उल्लेख गरे ।
नेपाली काँग्रेसका नेता सोभियतबहादुर अधिकारीले कमीकमजोरी सच्याउन तयार भएर पार्टीलाई एकढिक्का बनाउनुपर्ने बताए ।
त्यसअवसरमा पुर्व सांसद शारदा पौडेल, नेपाली काँग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डे, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार शेरचन, नेपाल ट्रेड युनियन प्रदेश नम्बर ४ का सभापति मुरारी शर्मा, नेपाली काँग्रेस कास्कीका सदस्य शंकर ढुङ्गाना, क्षेत्र नं १ का सचिव सुरजजंग राणा, नेपाल महिला संघ कास्कीकी सचिव कमलाविन्दु बराल, जिल्ला सहसचिव पुजन थकाली, नेपाल तरुण दलका क्षेत्रीय सभापति दिपक गुरुङ, डिआर भट्टराई, महाधिवेशन प्रतिनिधि दुर्गा लामिछाने, क्षेत्रीय सदस्य पवित्रा थापा, स्वतन्त्र विद्यार्थी युनियन जनप्रिय क्याम्पसका सभापति आशिक गुरुङ र माछापूच्छ«े गाउँपालिका वडा नं १ का अध्यक्ष विरेन्द्र गुरुङले बोलेका थिए ।
कार्यक्रममा नेपाल तरुण दलका पुर्वकेन्द्रीय सदस्य दिवसमान प्रधानाङ, निवर्तमान केन्द्रीय सदस्य ऋषिराम काफ्ले र पब्लिक कलेज प्रजातन्त्रवादी संघका केन्द्रीय सचिव वेदहरि तिमिल्सिनाले सहजीकरण गरेका थिए ।
नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रेमलाल पुनले स्वागत, कोषाध्यक्ष जीवनप्रसाद बास्तोलाले धन्यवाद ज्ञापन र सचिव नरेन्द्र थापाले संचालन गरेका थिए ।
तरुण दलले शनिवार देशभर नै अन्तरक्रिया गरेको छ । केन्द्रीय कार्य समितिको परिपत्र अनुसार, कास्कीमा पनि कार्यक्रम गरिएको हो ।
भर्खरै
नगर प्रमुख बालेन शाहले दिएको जिम्मेवारीमा बस्न मानेन तीन वडाअध्यक्ष
इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं