सरकारले पोखरामा विमानस्थल बन्न नदिने षडयन्त्र गरेकोभन्दै कास्की काँग्रेसको आपत्ति

सरकारले पोखरामा विमानस्थल बन्न नदिने षडयन्त्र गरेकोभन्दै कास्की काँग्रेसको आपत्ति

congress

पोखरा, २४ जेठ । नेपाली काँग्रेस कास्कीले सरकारले पोखरामा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल बन्न नदिन षडयन्त्र गरेकोभन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

विमानस्थल निर्माण कार्य १५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको अवस्थामा विज्ञ समितिको प्रतिवेदनले विमानस्थल उडानका लागि योग्य नरहेको भन्नु पोखरामा विमानस्थल बन्न नदिने षडयन्त्र भएकोभन्दै खेद प्रकट गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विज्ञ समितिको प्रतिवेदन दुरासयपूर्ण रहेको र पोखराकै विभागीय मन्त्रीले विमानस्थलको बारेमा दिएका षडयन्त्रपूर्ण अभिव्यत्तिले विमानस्थल निर्माणमा चलखेल र कमिशनको खेल त होइन भन्ने गम्भिर आशंका उत्पन्न गराएको विज्ञप्तिमा उल्लेख छ ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा विमानस्थल निर्माण कार्य अवरुद्व हुनेसम्मको वातावरण देखिनु कस्केली जनताको भावना र समग्र चार नम्बर प्रदेशको समृद्वि बिरुद्व भएको जनाइएको छ ।

सवै प्रक्रिया पूरा भयो भनेर तत्कालिन प्रधानमन्त्री केपी ओलीले विमानस्थल शिलान्यास गरेको स्मरण गराउँदै आज उनै ओली प्रधानमन्त्री भएका बेला उडानका लागि योग्य नभएको प्रतिवेदन तयार पार्न लगाउनु गम्भिर षडयन्त्र भएको उल्लेख छ ।

विज्ञप्तिमा विमानस्थल निर्माण कार्य सुचारु गरी समयमा नै सम्पन्न गराउन विगतमा जस्तै दबाब आवश्यक रहेको औल्याइएको छ ।

काँग्रेसले नागरिकको भावनालाई संगठित गर्दै विमानस्थल बिरुद्वका षडयन्त्रलाई निस्तेज पार्ने र जस्तो सुकै आन्दोलन गर्न पनि पछि नपर्ने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
02 Jun · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 02 Jun 2025 00:20 UTC
Latest change: 01 Jun 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.93
Indian Rupee 
Indian Rupee
85.54
US Dollar 
US Dollar
1
Euro 
Euro
0.88
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.55
Japanese Yen 
Japanese Yen
144.06
US Dollar 
US Dollar
1
02 Jun · FX SourceRastra 