विश्व

एनआरएनए विवाद
एनआरएनएमा पौडेललाई Keshab हुनुपर्नेमा Keshav भयो भनरे फेरि जिताइयो
पछिल्ला बर्षहरुमा गैरआवासीय नेपाली संघ नेतृत्व विवादमा चुर्लुम्म डुबेको छ । १० औं महाअधिवेशनका बखत नेतृत्वमै विवाद भएपछि तीनजना अध्यक्ष र दुई जना महासचिव रहने गरी जम्बो कार्यसमिति बनाइएको थियो । यस पटक पनि नेतृत्व चयनका बेला प्राप्त मत साटफेर भएको भनेर विवाद छ । निर्वाचन समिति र कार्यसमितिले सिस्टममा समस्या आएको भन्दै विवादबाट उम्किन...
‘प्रवासमा नेपाली पत्रकारिता र सञ्चार क्षेत्रका अपेक्षा’
काठमाडौँ, १ कात्तिक : नेपाल–अमेरिका पत्रकार सङ्घ (नेजा) ले आयोजना गरेको ‘प्रवासमा नेपाली पत्रकारिता र नेपाली सञ्चार क्षेत्रका अपेक्षा’ विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । समापन कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सङ्ख्यात्मक भन्दा गुणत्मक पत्रकारिता गर्न आग्रह गनुभयो । “थोरै समाचार प्रकाशन गर्नुस् र मौलिक पत्रकारितालाई विशेष ध्यान दिनुहोस्”, उहाँले भन्नुभयो, “समाचार कति...
राष्ट्र संघका महासचिव गुटेरेस नेपाल आउँदै
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणमा महासचिव गुटरेस असोज २६ गते काठमाडौं आउन लागेका हुन् । महासचिव गुटेरेस नेपाल भ्रमणपछि असोज २९ गते नेपालबाटै चीन जाने कार्यक्रम छ। नेपाल भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति, प्रधानमन्त्री, तथा बिभिन्न राजनीतिक दलका नेताहरुसँग भेट गर्ने कार्यक्रम रहेको...
इजरायल युद्धमा नेपाली परे
इजरायलबाट देश फर्किन पाउँ भनि निवेदन दिनेहरुको संख्या दुई सय पुग्यो
इजरायलमा जारी युद्धमा परेका नेपालीहरुले यथासीघ्र देश फर्किन पाउँ भनि सरकारसँग आग्रह गरेका छन् । इजरायलबाट नेपाल फर्किनका लागि दुई सय जनाभन्दा बढीले आवेदन दिएको त्यहाँ स्थित नेपाली दूतावासले जानकारी दिएको छ । तेलअविवस्थित नेपाली दूतावासले सोमबार साँझसम्म दुई सयभन्दा बढीले आवेदन दिएको जानकारी गराएको छ । शनिबार सम्म प्यालेस्टाइन विद्रोही हमासको आक्रमणमा परी दस...
अमेरिकाले इजरायललाई पठायो विमानवाहक पोत र जेटहरू
एजेन्सी । हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणपछि अमेरिकाले इजरायललाईसहयोग गर्न पूर्वी भूमध्यसागर हुँदै विमानवाहक पोत र जेटहरू पठाएको जनाएको छ । अमेरिकाले इजरायललाई थप उपकरण र गोलाबारुद उपलब्ध गराउने पनि बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कठिन घडीमा आफू इजरायलको साथमा रहेको बताएका छन् । यस आक्रमणमा इजरायलमा रहेका धेरै अमेरिकी नागरिकको पनि...
इजरायलमा हमासले गरेको आक्रमणमा परी कम्तिमा १० नेपालीको मृत्यु पुष्टि
प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् । इजरायलस्थित नेपाली राजदूतावासका अनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार...
गैरआवासीय नेपाली संघको अध्यक्षमा डाक्टर केसीको उम्मेदवारी
गैरआवासीय नेपाली संघको यही अक्टोबर १७ तारिखदेखी काठमाण्डौंमा हुने ११ औ महाधिवेशनका लागि अध्यक्षमा डाक्टर बद्रि केसीले उम्मेदवारी घोषणा गरेका छन् । हाल केन्द्रिय उपाध्यक्ष रहेका रसिया निवासी डाक्टर केसीले संस्थागत सुधार तथा प्रवासी नेपालीहरुको हकहितमा काम गर्ने प्रतिवद्धता सहित आफ्नो उम्मेदवारी घोषण गरेका हुन् । केसीले बिहिवार गैरआवासीय नेपाली संघलाई संयुक्त राष्ट्रसंघ अन्र्तगतको अन्तर्राष्ट्रिय...
आम आदमी पार्टीका नेता तथा सांसद सिंह भ्रष्टाचार मुद्धामा पक्राउ
आम आदमी पार्टीका नेता तथा राज्यसभा सांसद सञ्जय सिंह भ्रष्टाचार मुद्धामा पक्राउ परेका छन् । दिल्लीको मदिरा भ्रष्टाचार प्रकरणमा सोधपुपछि आपका नेता सिंहलाई पक्राउ गरिएको छ । प्रवर्तन निर्देशनालय(ईडी)ले सांसद सिंहलाई पक्राउ गरेको हो । ईडीले नेता सिंहको घरमा छापा मारेको थियो । १० घण्टाको सोधपुछपछि उनि पक्राउ परेका हुन् । मदिरा प्रकरणमै यसअघि दिल्लीका...
एनआरएनए महाधिवेशनमा सहभागि हुनेहरुको अन्तिम नामावली प्रकाशित
गैरआवासीय नेपाली संघको अक्टोबर १७ तारिखदेखी हुने चुनावका लागि निर्वाचन समितिले मतदाताहरुको अन्तिम नामावली प्रकाशित गरेको छ । यही अक्टोबर १७ तारिख देखी २० तारिख सम्म काठमाण्डौंमा हुने संघको अन्तर्राष्ट्रिय महाधिवेशनमा सहभागि हुने ४ हजार २ सय २७ जनाको नामवली प्रकाशित गरिएको छ । निर्वाचन अधिकृत यादवप्रसाद ढुङगानाले जारी गरेको प्रेस बिज्ञप्ती अनुसार, दावी बिरोधको...
एनआरएनए चुनाव
गैरआवासीय नेपाली संघको चुनावी रौनक
गैरआवासीय नेपाली संघको चुनावले यति बेला प्रवासी नेपालीहरुका बीचमा रौनक छाएको छ । यसो त यो संस्थाका बारेमा आम सर्वसाधारणलाई त्यत्ति चासो छैन । तर छानिएका प्रतिनिधि, उम्मेदवारको चर्चा परिचर्चाले सामाजिक संजाल यतिबेला तरंगित छ । अर्को तर्फ आकांक्षी उम्मेदवारले अन्तिम समयमा कुन समूहबाट टिकट पाउँछन् या चिप्लिन्छन् भन्ने चासोका कारण पनि हुन सक्छ, गैरआवासीय...
एकता
तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय परिषदको अध्यक्षमा त्रिपाठी
तनहुँ जिल्लामा जन्मेर विश्वभर छरिएर रहेका नेपालीहरुले तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय समिति गठन गरेका छन् । मूल जन्मथलो तनहुँ भएकाहरुको शुक्रबार भएको भेलाले राजन त्रिपाठीको अध्यक्षतामा आठ महादेशबाट आठ उपाध्यक्ष, तीन सचिव, एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष सहित बिभिन्न मुलुकबाट ३० सदस्य रहने गरी कार्यसमिति बनाएको छ । यस्तै, १४ जनाको सल्लाहकार समिति समेत बनाइने जानकारी...
एनआरएनए आइसीसीमा श्रेष्ठ समुहबाट राजन त्रिपाठी उपाध्यक्षमा पक्का
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आसन्न निर्वाचनमा वर्तमान कार्यसमिति सचिव राजन त्रिपाठी उपाध्यक्ष उम्मेदवार पक्का भएका छन् । अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका महेश श्रेष्ठको टिमबाट त्रिपाठीले उपाध्यक्षको टिकट पक्का गरेका हुन् । वर्तमान सचिव त्रिपाठी यसअघिनै उपाध्यक्षमा उठने बताउँदै आएका थिए । तर श्रेष्ठ समुहबाट हालका कोषाध्यक्ष सुनिल शाह या त्रिपाठी मध्ये एकले उपाध्यक्षमा...