अमेरिका विशेष

चिसो मौसमका बीच पेट मिचि मिचि हाँसे न्यूयोर्कका नेपालीहरु
शुक्रबार न्युयोर्कको चिसो मौसमका बीच नेपालका चर्चित हाँस्य कलाकारहरुले एक कार्यक्रम गरेका छन । नेपालका चर्चित आठ हास्य कलाकारहरुले नेपाली राजनीतिदेखि एनआरएनए सम्मको बिषयलाई व्यंग्य गरेर न्यूयोर्कमा जम्मा भएका नेपालीहरुलाई हँसाए । नेपालका हास्य कलाकारहरु सन्दिप क्षेत्री, भरतमणी पौडेल, सुमन कार्की, कैलाश कार्की, विष्णुप्रसाद गौडेल, सजन श्रेष्ठ, सन्तोष थापा र सुमन कोइरालाले सुनतस्करी, राजनीतिक नेताहरु,...
पत्रकार नेत्र पन्थीको ‘लेफ्ट-राइट’ माथि टेक्ससमा छलफल तथा समिक्षा
लेखक तथा पत्रकार नेत्र पन्थीको हालै प्रकाशित पुस्तक लेफ्ट राइटको एक कार्यक्रमका बीच डालस टेक्ससमा छलफल तथा समिक्षा गरिएको छ । नेपाली राजनीतिको ब्यवहारिक बिषयमाथि लेखिएको पुस्तक लेफ्ट राइटको टेक्सस क्षेत्रमा सक्रिय पत्रकारहरुका बीच छलफल गरिएको हो । करिव ७ महिनअघि डिजिटल बिमोचन गरिएको पुस्तकमा नेपाली राजनीतिको पछिल्लो एक दशकलाई नजिकबाट केलाउने प्रयास गरिएको पत्रकार...
अमेरिकामा नेपाली साङ्गीतिक उत्सव
नेपालका वरिष्ठ गायक गायिका र नेपाली भाषी भुटानी समुदायका चर्चित कलाकारको सहभागितामा अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा बृहत् साङ्गीतिक समारोह आयोजना गरिएको छ । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाद्वारा आइतबार आयोजित ‘इन्ट्रा कल्चरल इभेन्ट–२०२३’ मा नेपालका वरिष्ठ कलाकारहरुले प्रस्तुति दिए । वरिष्ठ सङ्गीतकार न्ह्यू बज्राचार्य, गायक एवं सङ्गीतकार कालिप्रसाद बाँस्कोटा, गायिका प्रविसा अधिकारी,...
तस्करले चोरेका मूर्ति अमेरिकी सरकारले नेपाललाई फिर्ता पठाईदियो
विभिन्न कालखण्डमा नेपालबाट चोरी गरी तस्करहरुले अमेरिका पुर्याएका चार वटा पुरातात्विक मूर्तिहरु अमेरिकी सरकारले नेपाल सरकारलाई फिर्ता गरेको छ । न्यूयोर्क स्थिति जिल्ला सरकारी वकिलको कार्यालयमा विशेष कार्यक्रम गरी नेपाली महावाणिज्य दुतावास मार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो । १६ औं र १७ औं शताब्दीका नेपालका पुरातात्विक मूर्ति लामो अनुसन्धानपछि अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको हो...
भूकम्प प्रभावित पत्रकारका लागि हिमालय खबरको सहयोग
जाजरकोट र रुकुमपश्चिममा कात्तिक १७ गते राति गएको भूकम्पका कारण प्रत्यक्ष प्रभावित सञ्चारकर्मीका लागि अमेरिकाबाट प्रकाशित हुने हिमालय खबर मिडिया इन्कले आर्थिक सहयोग प्रदान गरेको छ । हिमालय खबरले स्थलगत अध्ययनपश्चात हिमालय खबर मिडिया इन्कमार्फत सङ्कलित एक लाख ३३ हजार नौ सय ७३ बराबरको चेक नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेललाई सल्लाहकार सम्पादक तारा बराल...
नेपाली समाज टेक्सासको चुनावी सरगर्मी, अध्यक्षमा वाग्ले र सत्यालको उम्मेदवारी दर्ता
टेक्सास क्षेत्रको अग्रणी सामाजिक संस्था, नेपाली समाज टेक्सासको चुनावी सरगर्मी बढेको छ । एनएसटीको सन् २०२४-२५ कार्यकालका लागि अध्यक्षमा दुई जनाले उम्मेदवारी दर्ता गरेका छन् । अध्यक्षमा वर्तमान अध्यक्ष राजेन्द्र वाग्ले र यसअघि महासचिव भएर काम गरिसकेका कमल सत्यालले उम्मेदवारी दर्ता गरेका हुन् । यस पटक दुई समुह, चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । शनिवार वाग्ले समुहले...
परराष्ट्र सचिव पौड्याल क्यानडाका लागि राजदूतमा अनुमोदन
परराष्‍ट्र सचिव भरतराज पौड्याल क्यानडाका लागि राजदूत पदमा अनुमोदन भएका छन्। संसदीय सुनुवाइ समितिमा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीको आग्रहमा पौड्यालको नाम अनुमोदन भएको हो। नेकपा एमालेका सांसदहरूले पौड्याललाई राजदूत पदमा अनुमोदन गर्ने नगर्ने निर्णय गर्न कम्तीमा पाँच दिन बैठक सार्न प्रस्ताव गरेका थिए। पौड्यालले आफूले लामो सयम परराष्ट्र मन्त्रालयको उच्च तहमा काम गरेको र...
अमेरिका र मेक्सिकोका राष्ट्रपति बीच, आप्रवासन बारे छलफल
अमेरिकी राष्ट्रपति जो बाइडेन र मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोर बीच शुक्रबार छलफल भएको छ । छलफलमा दुई राष्ट्रपति बीच संयुक्त राज्य अमेरिकामा अवैध फेन्टानिल तस्करीको नियन्त्रण गर्न र दुई देशको बीचको सीमामा उत्तरतर्फ जाने आप्रवासीहरूको बढ्दो संख्यालाई व्यवस्थित गर्न एकसाथ काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । मेक्सिको र संयुक्त राज्य अमेरिका सँगै...
एमसिसी परियोजना समयमा सम्पन्न गर्ने प्रतिबद्धता
अमेरिकाको भ्रमणमा रहेका परराष्ट्रमन्त्री एन पी साउदले एमसिसि परियोजना समयमा नै सम्पन्न गरिने जानकारी गराएका छन् ।  परराष्ट्रमन्त्री एनपी साउद र मिलेनियम च्यालेञ्ज कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राईटबीच वाशिङ्टन डिसीमा भएको भेटमा मन्त्री साउदले  निर्धारित समयमा नै परियोजना पूरा हुने प्रतिबद्धता व्यक्त गरेका छन् । एमसिसी परियोजना पाँच वर्षमा नै सम्पन्न गर्ने विषयमा एमसिसीका...
परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री बीच भेटवार्ता
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटमा विकास साझेदारी, व्यापार र बजारको पहुँच, लगानी र प्रविधि, कृषि र खाद्य सुरक्षा लगायतका विषयमा महत्त्वपूर्ण छलफल भएको थियोे । यसैगरी दुई देशका विदेशमन्त्रीले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय साझा चासोका विषयमा समेत छलफल गरेका छन । परराष्ट्रमन्त्री साउदले भेटका क्रममा नेपालले अल्पविकसित...
एनआरएनए चुनाव
गैरआवासीय नेपाली संघको चुनावी रौनक
गैरआवासीय नेपाली संघको चुनावले यति बेला प्रवासी नेपालीहरुका बीचमा रौनक छाएको छ । यसो त यो संस्थाका बारेमा आम सर्वसाधारणलाई त्यत्ति चासो छैन । तर छानिएका प्रतिनिधि, उम्मेदवारको चर्चा परिचर्चाले सामाजिक संजाल यतिबेला तरंगित छ । अर्को तर्फ आकांक्षी उम्मेदवारले अन्तिम समयमा कुन समूहबाट टिकट पाउँछन् या चिप्लिन्छन् भन्ने चासोका कारण पनि हुन सक्छ, गैरआवासीय...