लेखक तथा पत्रकार नेत्र पन्थीको हालै प्रकाशित पुस्तक लेफ्ट राइटको एक कार्यक्रमका बीच डालस टेक्ससमा छलफल तथा समिक्षा गरिएको छ । नेपाली राजनीतिको ब्यवहारिक बिषयमाथि लेखिएको पुस्तक लेफ्ट राइटको टेक्सस क्षेत्रमा सक्रिय पत्रकारहरुका बीच छलफल गरिएको हो ।
करिव ७ महिनअघि डिजिटल बिमोचन गरिएको पुस्तकमा नेपाली राजनीतिको पछिल्लो एक दशकलाई नजिकबाट केलाउने प्रयास गरिएको पत्रकार पन्थीले जानकारी दिए । नयाँ पत्रिका दैनिकका राजनीतिक ब्यूरो प्रमुख समेत रहेका लेखक पन्थीको यो चौथो पुस्तक हो ।
पुस्तक लेफ्ट-राइटमा लेखक तथा पत्रकार पन्थीले सत्ता र शक्तिको ‘अ’राजनीति बिषयमा केन्द्रित रहेर लेखेका छन् । पाठकहरुका अनुसार यस पुस्तकमा अमेरिका देखी नजिकको छिमेकी मुलुक चीन सम्मको राजनीतिक र नेपालको राजनीतिक अवस्थाका बारेमा पढ्न पाइन्छ ।
हाल अमेरिका भ्रमणमा रहेका पन्थीको पुस्तकमाथि बिभिन्न राज्यहरुमा सार्वजनिक बहस, समिक्षा समेत भईरहेको छ । सातादिन अघिमात्रै पत्रकार पन्थीको पुस्तकमाथि मेरिल्याण्ड राज्यको बाल्टिमोरमा समिक्षा गरिएको थियो । सगरमाथा टेलिभिजनमा समाचार सम्पादक भएर काम गरिसकेका हाल न्यूयोर्क निवासी पत्रकार गोकुल श्रेष्ठले लेखक पन्थीको पुस्तक भावी पुस्ताका लागि एक एतिहासिक दस्तावेज हुने बताए । पत्रकार श्रेष्ठका अनुसार, नेपालका राजनीतक दलका शिर्ष नेताहरुको कार्यशैली, त्यसले नेपालको भविश्यमा पारेको प्रभाव र भावी कार्यदिशाका बारेमा जान्न पुस्तक सहयोगी हुने दावी गरे ।
जनवरी महिनाको पहिलो साता नेपाल फर्किने योजनामा रहेका पत्रकार पन्थी अब केही राज्यमा पुस्तक लेफ्ट राइटका बारेमा छलफल गर्ने योजनामा छन । उनि नेपालको राजनीतिलाई नजिकबाट नियाल्न सक्ने क्षमता भएका पत्रकार मानिन्छन् ।
भर्खरै
नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ११ देशका ३५ चलचित्र
अहिले चल्न थाल्यो फेसबुक, केही घण्टा समस्या देखियो
अमेरिकाको ओहायोमा श्रीमति हत्या अभियोगमा पक्राउ परे एक नेपालीभाषी भुटानी
अमेरिकी उपसहायक विदेशमन्त्री अख्तर नेपालमा
लङ्गआइल्याण्ड नेपाली समाजको अध्यक्षमा गौली निर्वाचित
रहेनन्, सामाजिक अभियान्ता मैनाली, नेपाली समाज स्तब्ध
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं