शुक्रबार न्युयोर्कको चिसो मौसमका बीच नेपालका चर्चित हाँस्य कलाकारहरुले एक कार्यक्रम गरेका छन । नेपालका चर्चित आठ हास्य कलाकारहरुले नेपाली राजनीतिदेखि एनआरएनए सम्मको बिषयलाई व्यंग्य गरेर न्यूयोर्कमा जम्मा भएका नेपालीहरुलाई हँसाए ।
नेपालका हास्य कलाकारहरु सन्दिप क्षेत्री, भरतमणी पौडेल, सुमन कार्की, कैलाश कार्की, विष्णुप्रसाद गौडेल, सजन श्रेष्ठ, सन्तोष थापा र सुमन कोइरालाले सुनतस्करी, राजनीतिक नेताहरु, एनआरएनए लगायतका गतिविधि समेटेर दर्शकहरुलाई मनोरञ्जन गराए ।
विदेशमा टोलै पिच्छे खुलेका संघ सस्थादेखी एनआरएनएका गतिविधिहरुको प्रस्तुती कार्यक्रममा सुन्न लायक थियो । नेपालमा बाढी, पहिरो वा भूकम्पजाँदा विदेशमा बस्ने नेपालीहरुको गर्ने सहयोग पनि कालकारहरुले बिषय बनाएर प्रस्तुत गरेका थिए ।
‘अब हाँस्छ अमेरिका’ नाम दिइएको कार्यक्रमको नेतृत्व विनोद अधिकारी गरेका छन । शुक्रबार सम्पन्न न्युयोर्कको कार्यक्रमको नेतृत्व विनिता तामाङ र मनिता गुरुङले गरेका थिए । कार्यक्रममा न्युयोर्क राज्य संसदका सिनेटर जोन लिउको समेत उपस्थीति थियो । राज्य सांसदहरु जोन लिउ, स्टेभन रागा र जेनिफर राजकुमारका तर्फबाट हाँस्य कलाकारहरुलाई सम्मानपत्र समेत प्रदान गरिएको छ ।
नर्थ क्यारोलिनादेखि सुरु भएको ‘अब हाँस्छ अमेरिका’ यात्रा झण्डै डेढ दर्जन सहरमा आयोजना हुने जानकारी दिइएको छ । न्यूयोर्कमा भएको कार्यक्रमको संचालन संचारकर्मी सुरेश शाहीले गरेका थिए ।
भर्खरै
नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ११ देशका ३५ चलचित्र
अहिले चल्न थाल्यो फेसबुक, केही घण्टा समस्या देखियो
अमेरिकाको ओहायोमा श्रीमति हत्या अभियोगमा पक्राउ परे एक नेपालीभाषी भुटानी
अमेरिकी उपसहायक विदेशमन्त्री अख्तर नेपालमा
लङ्गआइल्याण्ड नेपाली समाजको अध्यक्षमा गौली निर्वाचित
रहेनन्, सामाजिक अभियान्ता मैनाली, नेपाली समाज स्तब्ध
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं