नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले गैरआवासीय नेपालीहरुलाई नागरिकताको निरन्तरताका लागि संबिधाननै शंसोधन गर्नुपरे पनि दलहरु तयार रहेको प्रतिवद्धता व्यक्त गरेका छन् । आइतवार न्यूजपाली डटकमको आयोजनामा भएको नागरिकताको निरन्तरता बिषयक खुल्ला छलफल कार्यक्रमलाई सम्बोधन गर्दै, एमाले उपमहासचिव ज्ञवालीले हाल जारी भएको नागरिकतालाई पूर्णकार्यन्वयन गरेर अगाडि जार्नुपर्ने जनाउँदै राजनीतिक बाहेकका सबै अधिकारका बारेमा आफुहरु स्पष्ट रहेको...
अमेरिकाको टेक्सस राज्यस्थित ह्युस्टन सहरको एक कम्यूनिटी कलेजमा अध्ययनरत नेपाली छात्राको गोली हानेर हत्या गरिएको छ । हत्या बारे पूर्ण विवरण आउन भने बाँकी छ । स्थानिय प्रहरीले घटनाका बारेमा थप अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ । मृतक नेपाली छात्रा मुना पाण्डे अध्ययनका लागि सन्, २०२१ मा अमेरिका आएको बताइएको छ । श्रोतका अनुसार...
अमेरिकाको मेरिल्याण्डमा हुन लागेको ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा सहभागी चलचित्रको सूची सार्वजनिक गरिएको छ । आगामी असार ६ देखि ९ गतेसम्म आयोजना हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, छोटा र सजीवता (एनिमेसन) विधाका गरी ३५ चलचित्र प्रदर्शन हुने महोत्सव निर्देशक पूर्णसिंह बराइलीले जानकारी दिए । महोत्सवको सुरुआतमा नवीन सुब्बाले...
अमेरिकी समय अनुसार मंगलबार बिहान मेटा कम्पनीको फेसबुक लगायतका सामाजिक संजालहरुमा एकसाथ समस्या देखियो । मंगलबार बिहान केही घण्टा मेटा प्लेटफमका फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा एकाएक समस्या देखिएको थियो । तीन वटै सामाजिक सञ्जालमा लगइन नहुने लगायतका समस्या प्रयोगकर्ताहरुले भोगे । यस्तै कैयन प्रयोगकर्ताका इन्स्टाका फिडहरु पनि रिफ्रेस हुन सकिरहेका थिएनन, मेटाले समस्या आएको बताएपनि...
प्रहरीको प्रारम्भिक अनुसन्धानले अमेरिकाको ओहायो राज्यमा बस्दै आएका एक नेपालीभाषी भुटानी पुरुषले आफ्नी श्रीमति हत्या गरेको आरोप लागेको छ । गत हप्ता बुधवारदेखी बेपत्ता भनिएकी अमेरिकाको ओहायो राज्यमा बस्दै आएकी चन्द्रमाया पौडेल रिमालको स्थानिय समय अनुसार मंगलबार बिहान शव फेला परेको छ । प्रारम्भिक अनुसन्धानका आधारमा चन्द्रमायाको हत्या उनका पति जेम्स रिमालले गरेको हुन सक्ने...
नेपाल, श्रीलङ्का, बङ्गलादेश, भूटान र माल्दिभ्सका लागि दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने संयुक्त राज्य अमेरिकाका उपसहायक विदेशमन्त्री अफरिन अख्तर नेपाल भ्रमणमा छिन । भ्रमणका क्रममा उपसहायक विदेशमन्त्री अख्तरले नेपाली उच्च सरकारी अधिकारी, नागरिक समाजका प्रतिनिधि र अमेरिकन चेम्बर्स अफ कमर्स नेपालका सदस्यहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । यस...
न्यूयोर्कस्थित लङ्गआइल्याण्ड नेपाली समाजको ७ औं अधिवेशनबाट कुलप्रसाद गौली (राजन) अध्यक्षमा निर्वाचित भएका छन् । हिजो शनिवार सम्पन्न अधिवेशनबाट दुई बर्षे कार्यकालका लागि अध्यक्षमा गौली निर्वाचत भएका हुन । निर्वाचन समितिले दिएको जानकारी अनुसार, गौलीले २९३ मत प्राप्त गरे भने, अध्यक्षका अर्का प्रत्यासी बाबुराम शर्माले २४० मत प्राप्त गरेका छन । निर्वाचन समितिका संयोजक महेश...
सामाजिक अभियन्ताको रुपमा परिचित नाम हो ‘अर्जुनप्रसाद मैनाली’ । रगत दानको अभियानमा बर्षौंसम्म लागेका मैनालीले रोजेको दु:खद निधनको खबरले यतिबेला नेपाली समाज स्तब्ध छ । सँधै सकारात्मक उर्जा दिने, रक्तदान गरेर अर्को व्यक्तिको ज्यान बचाउनु पर्छ भनेर समाजमा सन्देश प्रवाह गर्ने मैनालीले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै देह त्याग गरेका छन् । ३६ वर्ष सम्म...
परिर्वतन अपरिहार्यको हुँकार गरेर चुनाव जितेको एनआरएनए अमेरिकाको वर्तमान कार्यसमिति ६ महिना बित्दा नबित्दै बैठक बस्दा संख्या नपुग्ने हैसियतमा आईपुगेको छ । करिव दुई साताअघि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको भौतिक बैठक संख्या नपुगेर बस्न सकेन् । तैपनि यो लाजलाई रुमालले मुख छोपेर यसका पदाधिकारीहरु फेरि अभियानकै नाममा घुमफिर गरिरहेको देखिन्छ । सामान्यत...
नेपाली कांग्रेस महासमिति सदस्यका लागि अमेरिकाबाट अध्यक्ष सहित छ जना निर्वाचित भएका छन् । बिहिवार भएको मतदान प्रकृया अनुसार, बिधानत जनसम्पर्क समिति अमेरिका अध्यक्ष सहित अन्य पाँच जना निर्वाचित भएका हुन । पार्टीको बिधान अनुसार, जनसम्पर्क समिति अध्यक्ष स्वतः महाधिवेशन तथा महासमिति सदस्य हुने व्यवस्था छ । सोही व्यवस्था अनुसार, जनसम्पर्क समिति अमेरिका अध्यक्ष आनन्द...
दोश्रो कार्यकालका लागि राज्य सांसद रहेका ह्यारी भण्डारीले अमेरिकाको संघीय सांसद पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । मेरिल्याण्ड राज्यको राज्य सांसद रहेका भण्डारीले प्रेस बिज्ञप्ती मार्फत उम्मेदवारी घोषणा गरेका हुन् । भण्डारी सन् २०१९ देखी मेरिल्याण्ड राज्यको राज्य सांसदका रुपमा प्रतिनिधित्व गर्दै आएका छन् । भण्डारीले प्रेस बिज्ञप्ती जारी गर्दै, आगामी मे महिनाको १४...
बग्दाद । इराकमा अमेरिकी नेतृत्वको अन्तराष्ट्रिय गठबन्धन मिसन अन्त्य गर्ने विषयमा छलफल गर्न पहिलो चरणको वार्ता शनिबार सुरु गरिएको इराकी सरकारले जनाएको छ। इराकी प्रधानमन्त्री मोहम्मद शिया अल-सुदानीको सञ्चार कार्यालयले जारी गरेको विज्ञप्तिमा अल-सुदानीले वरिष्ठ इराकीहरू उपस्थित भएको बैठकको अध्यक्षता गरेको तस्विर प्रकाशित गर्दै पहिलो चरणको वार्ताको शुरु भएको उल्लेख गरेको छ । बिहीबार, इराकले...