संघीय सांसदको दौडमा भण्डारी

संघीय सांसदको दौडमा भण्डारी

चुनाव जितेमा रचिनेछ अर्को इतिहास

Harry Bhandari

दोश्रो कार्यकालका लागि राज्य सांसद रहेका ह्यारी भण्डारीले अमेरिकाको संघीय सांसद पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । मेरिल्याण्ड राज्यको राज्य सांसद रहेका भण्डारीले प्रेस बिज्ञप्ती मार्फत उम्मेदवारी घोषणा गरेका हुन् ।

भण्डारी सन् २०१९ देखी मेरिल्याण्ड राज्यको राज्य सांसदका रुपमा प्रतिनिधित्व गर्दै आएका छन् । भण्डारीले प्रेस बिज्ञप्ती जारी गर्दै, आगामी मे महिनाको १४ तारिखमा हुने डेमोक्रेटिक पार्टीको तर्फबाट प्राइमरी चुनावका लागि आफुले संघीय सांसदका रुपमा उम्मेदवारी दिने बताएका छन ।

प्रेस बिज्ञप्ती अनुसार, मेरिल्याण्डको सेकेण्ड डिस्ट्रिक्टबाट तल्लो सदनमा ११ औं कार्यकालका प्रतिनिधित्व गर्दै, आएका ७८ बर्षिय सांसद डच रुपर्सबर्गरले चुनावमा नउठ्ने घोषणा गरेसँगै भण्डारीले उनको स्थानमा उम्मेदवारी घोषणा गरेको बताइएको छ ।

प्राइमरी चुनाव जितेको खण्डमा डेमोक्र्याटहरुको बाहुल्यता रहेको क्षेत्रबाट क्यापिटल हिलका लागि भण्डारीको यात्रा सहज हुने अनुमान गर्न सकिन्छ । अमेरिकामा आगामी नोभेम्बरमा संघीय सांसदका लागि निर्वाचन हुँदैछ ।

प्राइमरी चुनाव हारेका खण्डमा भने भण्डारीको संघीय सांसद यात्रा रोकिनेछ । राज्य सांसद भण्डारीले यहाँ रहेका नेपाली समुदायलाई महत्वपूर्ण सहयोग गर्दै आएका छन् । उनले कोरोना महामारीका बेला नेपालमा सहयोग पठाउन समेत भूमिका निर्वाह गरेका थिए । भण्डारी नेपालको पर्वत जिल्लामा जन्मिएका हुन् ।

भण्डारीले जारी गरेको बिज्ञप्ती ।

प्रेस विज्ञप्ती
जनवरी २९, २०२४

सन् २०१८ मा मेरिल्याण्ड राज्यमा नेपाली मुलको पहिलो विधायकका रूपमा विजयी भएर अमेरिकामा नेपाल र नेपालीलाई देखिने र सुनिने बनाउने अभियानमा लागेको एक निमित्त पात्रका रूपमाले अमेरिकामा कार्यरत नेपाली मिडियाका मित्रहरूले मलाई चिन्नु नै हुन्छ भन्ने विश्वास लिएको छु ।

आज पनि म अमेरिकी मूलधारको राजनीतिमा नेपालीका लागि सुरू गरेको त्यो अभियानको पहिलो दिन सम्झन्छु । र, त्यसयता यहाँहरूले निरन्तर रूपमा दिनुभएको अमूल्य सहयोग, साथ, सद्भावले तय गरेको यात्रापछि आइपुगेको यो विन्दुमा उभिएर यहाँहरू सबैप्रति कृतज्ञता प्रकट गर्दछु ।

मेरिल्याण्ड डिस्ट्रिक्ट ८को विधायकका रूपमा मैले पहिलो कार्यकालमा गरेको कामको मूल्यांकन गरेर मेरो निर्वाचन क्षेत्रका मतदाताले मलाई दोस्रो कार्यकालमा पहिलो मतका साथ जिताएनन् मात्र, सिंगो निर्वाचन क्षेत्रलाई नै बैजनीबाट नीलो बनाइ दिएर मेरो कामको अनुमोदन गरी दिए । यसबाट अमेरिकाको मूलधारका मतदातामाझ पनि नेपाल र नेपाली अरू बढी देखिएको छ, सुनिएको छ । मेरिल्याण्डमा नेपाल र नेपालीलाई हेर्ने दृष्टिकोणमा सकारात्क परिवर्तन भएको छ । मेरिल्याण्डका मात्र हैन, अमेरिकाभरिका नेपालीका लागि खासगरी दुस्खको बेला काँध थाप्दै आएको छु । यसबाट पीर र समस्यामा परेका धेरै नेपालीको चहराइरहेको घाउमा मल्हम लागेको मैले अनुभव गरेको छु ।

इतिहासले फेरि एकपटक ममार्फत् अमेरिकाभरिका नेपालीका लागि एउटा सुनौलो मौका ल्याइदिएको छ । मेरै निर्वाचन क्षेत्रसमेत रहेको मेरिल्याण्ड कंग्रेसनल डिस्ट्रिक्ट २ लाई बिगत २१ वर्षदेखि अनवरत् रूपमा प्रतिनिधित्व गर्दैआएका कंग्रेसमेन डच रूपेर्सबर्गरले अवकाशको घोषणा गरेपछि ओपन सिट भएको छ । डेमोक्रेटिक पार्टीले जित्ने सिट ओपन हुनु भनेको त्यही क्षेत्रको सबैभन्दा बढी मत ल्याएर जितेको र बरियताक्रममा पनि नम्बर १ मा रहेको डेलिगेटका लागि एकजुगमा एक दिन एकपटक आउने सुनौलो अवसर हो । कम्तिमा मेरो सक्रिय राजनीतिक जीवनमा यस्तो अवसर फेरि आउने छैन भन्नेमा म विश्वस्त छु ।

म यो सुनौलो अवसर अमेरिकाभरिका नेपालीको अवसरका रूपमा स्विकार्छु र विनम्रतापूर्वक मेरिल्याण्ड कंग्रेसनल डिस्ट्रिक्ट २ को लागि डेमोक्रेटिक पार्टीको उम्मेद्वारी घोषणा गर्न चाहन्छु । मलाई थाहा छ, मेरो लागि यो चुनौतिको पहाड हो । तर, अमेरिकामा रहेका तमाम तह र तप्काका नेपालीबाट सहयोग, साथ र सद्भाव पाएँ भने यो चुनौतिको पहाडलाई सम्याएर अवसरको मैदान बनाउन सक्ने छु ।

मसँग यो चुनौतिलाई स्विकार गर्ने अध्ययन, अनुभव, आँट र पृष्ठभूमी छ । त्यसैले मैले यो चुनौति मेरो लागिभन्दा पनि नेपाल र नेपालीका लागि लिनैपर्छ भन्ने ठानेको हुँ । यो यात्रा मेरिल्याण्डको राजधानी एनापोलिसको लागि हैन, अमेरिकाको राजधानी वासिङ्टन डीसीस्थित क्यापिटलको हिलको हो । अहिले म मेरिल्याण्डको विधायक हुँ भने यो जीतपछि अमेरिकाका ५० राज्यकै एक कंग्रेसमेन हुने छु । त्यसबाट अमेरिकाभरिका समग्र नेपालीले आफ्नो मूलको पहिलो कंग्रेसमेन पाउँने छन् ।

यसका लागि उम्मेद्वारी दिनु एउटा पक्ष हो भने त्यसका लागि प्रभावकारी चुनावी क्याम्पेन चलाउनु अर्को तर निर्णायक पक्ष हो । मैले पहिलो पक्षको जिम्मेवारी पूरा गरेको छु र दोस्रो पक्षको जिम्मेवारी लिन अमेरिकाको नेपाली समुदायलाई हार्दिक आग्रह गर्दछु । यदि अमेरिकाको नेपाली समुदायका हरेक सदस्यले मेरो उम्मेद्वारी नेपाल र नेपालीका लागि हो भन्ने आत्मसात गरेर गच्छेअनुसार सहयोगका रूपमा मुट्ठी दान गरिदिदनु भयो भने हाम्रो पक्षमा इतिहास बन्ने निश्चित छ । मसँग चुनावी क्याम्पेन सञ्चालन गर्ने पैसाबाहेक जीतका लागि चाहिने अरू सबै पृष्ठभूमी छ।

म सबै नेपालीलाई सहयोग गरिदिनु भई चुनावी क्याम्पेन सञ्चालनका लागि स्रोत जुटाइ दिनु हुन विनम्रतापूर्वक अनुरोध गर्दछु । समयले हाम्रो लागि हाम्रो जीवनकालमा ल्याएको यो सुनौलो मौकाको सदुपयोग गरौं यसबाट अमेरिकामा नेपाल र नेपाली अरू देखिने छन्, सुनिने छन्, बिस्तारित हुने छन्।

हामीसँग समय धेरै छैन । आगामी मे १४ मा प्राइमरी निर्वाचन हुँदै छ । मेरो जीतका लागि निर्णायक चुनाव भनेकै यही डेमोक्रेटिक प्राइमरी हो । यो चुनाव जितियो भने नोभेम्बर ५ मा हुने आमनिर्वाचन एक किसिममको जीतको औपचारिकता मात्र हुनेछ । म यही प्रेस विज्ञप्ती मार्फत् अमेरिकामा रहेका सबै नेपाली सञ्चारकर्मी मित्रहरूलाई यो अभियानको मर्मलाई सम्पूर्ण नेपालीमा पुर्याइ दिन हार्दिक आव्हान गर्दछु । सम्भव हुन्छ भन्ने मेरो अभियानलाई इन्डोर्स गरेर आम नेपालीलाई सहयोगका लागि आव्हान गरिदिन पनि अनुरोध गर्दछु ।

यहाँहरूको सहयोग, साथ र सद्भावको हार्दिक अपेक्षासहित,

डेलिगेट ह्यारी भण्डारी, पीएच. डी.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀