प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । भेटवार्तामा संसद्मा विचाराधीन मनी लाउन्डिङ विधेयक र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयकमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग सहयोग मागेको बताइएको छ । एमाले सचेतक महेश बर्तौलाका अनुसार अध्यक्ष ओलीले संसद्बाट विधेय पारित हुनुपर्छ भन्नेमा...
प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनतासँग माओवादी बिशेष रुपान्तरण’ महाअभियान पार्टीले बिराएको बाटो ट्रयाकमा ल्याउन सफल हुने विश्वास व्यक्त गरेका छन् । शनिबार चन्द्रगिरिमा जनतासँग माओवादी बिशेष रुपान्तरण महाअभियानलाई सम्बोधन गर्दै उनले बीचमा पार्टीले बाटो बिराएको र जनतासँग सम्बन्ध कमजोर भएको जस्तो मशसुस भएको भन्दै त्यसलाई फेरि ट्रयाकमा ल्याउने उद्देश्यले महाअभियानको...
पोखरा, १५ भदौ । पोखराका व्यावसायिक तथा सामाजिक संघ–संस्थाहरुले प्रधानमन्त्री प्रचण्डसँग पोखरा एयरपोर्टको लागि चीनले दिएको ऋणलाई अनुदानमा बदल्नको लागि पहल गर्न आग्रह गरेका छन् । सवै संघसंस्थाको तर्फबाट पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले हस्तान्तरण गरिएको ज्ञापनपत्रमा असोज ४ गतेदेखि हुने प्रधानमन्त्रीको चीन भ्रमणमा यो एजेण्डा समावेश गर्न माग गरिएको हो । यस्तै...
सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बर्खा सिद्धिएपछि लाखौं जनतालाई सडकमा उतार्ने अभिव्यक्ति दिएका छन् । राष्ट्रियता, जनजीविका, सामाजिक न्यायको पक्षमा र भ्रष्टाचारको विपक्षमा जनतालाई उतारेर जगैदेखि हल्लाइदिने प्रचण्डले बताए । बिहीबार सुर्खेतमा समाजवादी मोर्चाको कार्यक्रममा प्रचण्डले भने, ‘केही दिनपछि, बर्खा सिद्धिएपछि लाखौं जनतालाई सडकमा ल्याएर राष्ट्रियताको पक्षमा, जनजीविकाका पक्षमा, सामाजिक न्यायको पक्षमा र भ्रष्टाचारविरुद्ध...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार सुशासन कायम राख्न अब्बल रहेको दावी गरेका छन् । प्रधानमन्त्री दाहालले वीरगन्जमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले नागरिकता विधेयक, मिटरब्याज पीडित, विद्युत व्यापार, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी,ललिता निवास प्रकरण लगायतका क्षेत्रमा अदभूत काम भएको जिकिरे समेत गरेका छन ।...
इलाम । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारमा मुछिएका व्यक्तिहरूको भारी नेपाली कांग्रेस पार्टीले नबोक्ने स्पष्ट पारेका छन् । महामन्त्री थापाले भने, हामी भ्रष्टहरुको भारी बोक्दैनौं । ललिता निवास प्रकरणमा संलग्न भनिएकाहरूको फाइल नखोल्ने भनेर बाहिर आएको समाचारप्रति खण्डन गर्दै, महामन्त्री थापाले गठबन्धनमा रहेर यस्तो निर्णय गर्न नहुने बताएका छन् । नेता थापाले भने, “अपराध...
पोखरा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको कारवाही मुद्धामा आफु स्पष्ट रहेको बताएका छन् । पोखरामा पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले भने, भ्रष्टाचार विरुद्धको अभियान रोकिन्न्, निर्दोष मान्छे फस्दैन अनि दोषी र अपराधीलाई छोडिन्न् । अपराध गर्नेलाई अनुसन्धान गरेर तथ्य प्रमाणका आधारमा दण्डित गरिने उनको भनाई छ । गृहमन्त्री श्रेष्ठले वर्तमान सरकार र सरकारले चालेको...
काठमाण्डौं प्रधानमन्त्री पुष्पकमल दाहालले सुन प्रकरणमा जोडिएका पूर्वसभामुख कृष्णबहादुर महरामाथि अनुुसन्धान अघि बढ्ने बताएका छन् । प्रधानमन्त्री दाहालले पूर्वसभामुख महरा र उनका छोरा राहुल महराको नाम सुन प्रकरणमा जोडिएकाले अभियोजन अघि बढ्ने जानकारी दिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानमा पूर्वसभामुख महरा र उनका छोराको पटक-पटक फोन सम्पर्क भएको देखिन्छ । प्रहरीको...
काठमाण्डौं नेपाली कांग्रेसको संसदीय दलको बैठकमा बोल्ने सांसदहरूले गम्भीर भएर सुन प्रकरणमा उच्चस्तरीय छानबिन आवश्यक रहेको बताएका छन् । बैठकमा सहभागि भएर बोल्ने सांसदहरुले क्विन्टल सुन प्रकरणले नेपाल सुन तस्करीको ठूलो अखडा भइसकेको प्रष्ट हुने भन्दै क्विन्टल सुन तस्करीबारे उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने धारणा राखेका छन् । कोइराला समूहका नेताहरूले सुन तस्करी प्रकरणमा उच्चस्तरीय...
काठमाडौं सीके राउत नेतृत्वको जनमत पार्टी सरकारका सहभागि हुने भएको छ । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएपछि सीके राउतको पार्टी सरकारमा सहभागी हुन ढोका खुलेको हो। जनमतबाट अनिता देवी साह मन्त्री बन्ने पक्का पक्की भएको बताइन्छ । पार्टी अध्यक्ष राउतले यसअघि नै प्रधानमन्त्री पुष्पकमल दाहाललाई अनिताको नाम...
काठमाडौं संसदीय दलको बैठक अघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भावी रणनीतिका बारेमा छलफल गरेका छन्। धुम्बाराहीस्थित निवासमा सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्का र दुई महामन्त्रीसँग आन्तरिक छलफल गरेका हुन्। बैठकमा प्रमुख सचेतक रमेश लेखकलगायत केही शिर्ष नेताहरु सहभागी रहेका थिए। सभापति देउवाले शुक्रबार दिउँसो संसदीय दलको बैठक बोलाएका छन्। नेताहरूबीच सुन तस्करी, नक्कली भुटानी...
काठमाडौं कांग्रेस सांसद सुनिल शर्मा पक्राउ परे लगत्तै सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । धुम्बाराहीस्थित निवासमा कांग्रेस नेताहरूसँग आन्तरिक छलफल गरेपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेको बुझिन्छ । सभापति देउवा र प्रधानमन्त्री दाहालका बीचको आन्तरिक छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यशैलीको आलोचना भएको बताइन्छ । बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले...