देश

श्रमिकको न्यूनतम पारिश्रमिक बृद्धि
काठमाडौँ । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बृद्धि गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार साउन १ गतेदेखि श्रमिकको न्यूनतम पारिश्रमिक बृद्धि हुनेछ । श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम साउन १ गतेदेखि श्रमिकको मासिक पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ हुनेछ । चिया बगान बाहेकका श्रमिकको मासिक १० हजार ८ सय...
टीकापुर घटना, सर्वोच्चको पूर्णपाठ
टीकापुर घटना नेपाली समाजले बिर्सनै नसक्ने जघन्य फौजदारी कसुर : सर्वोच्च अदालत
काठमाण्डौं । सर्वोच्च अदालतले टीकापुर घटना नेपाली समाजले बिर्सनै नसक्ने जघन्य फौजदारी कसुर भनेर स्पष्ट पारेको छ । सर्वोच्च अदालतले बुधबार सार्वजनिक गरेको फैसलाको पूर्णपाठले भन्छ, टीकापुर घटना नेपाली समाजले कहिल्यै बिर्सन नसक्ने कसुर हो । जन्मकैदको सजायविरुद्ध रेशम चौधरीले दिएको पुनरावेदनमा न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले २ जेठ २०८० मा उच्च...
डेङ्गु संक्रमण
देशैभरी डेङ्गु संक्रमण बढ्दै
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको देशैभरी डेङ्गुको संक्रमण बढ्दै गएपछि अस्पतालहरुलाई उपचार प्रभावकारी बनाउन निर्देशन गरेको छ। महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले दैनिक डेङ्गुका संक्रमण बढिरहेको र उपचारमा समस्या हुन सक्ने भएकाले संघीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आवश्यकतानुसार ‘ज्वरो क्लिनिक’ सञ्चालन गर्न, उपचार प्रभावकारी बनाउन र उच्च सर्तकता अपनाउन निर्देशन दिएका हुन ।...
ठगी
फेसबुक ह्याक गरी ठगीमा संलग्न भएको आरोपमा ५ पक्राउ
प्रहरीले अर्काको फेसबुक ह्याक गरी ठगि कार्यमा संलग्न भएको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । फेसबुक ह्याक गरी ओटिपी समेत मागेर १४ लाख ५८ हजारको कारोवार गरेको आरोपमा प्रहरीले एक युवतीसहित चार युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कास्कीको पोखरा घर भइ काठमाण्डौ नयाँ बसपार्क बस्दै आएकी सुब्बु भनिने शुभेक्षा गुरुङ, बारा सिमरा...
सुन तस्करीमा संलग्न थप चार जना पक्राउ
काठमाडौँ सुन तस्करीमा संलग्न रहेको आशंकामा नेपाल प्रहरीले अनुसन्धानका लागि थप चारजनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु चिनिया नागरिक भएको प्रहरीको भनाई छ । उनिहरुलाई काठमाडौंबाट पक्राउ गरिएको नेपाल प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिएका छन् । पक्राउ परेका थप चार जना चिनियाँ नागरिकलाई थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट बुधबार म्याद थप...
एमालेले भनेको नसुन्दा ३९ किलो सुन घट्यो-अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालले भनेको नमान्दा ३९ किलो सुन घटेको बताएका छन् । काठमाण्डौंमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले भने, ‘हामीले उच्चस्तरीय छानविन समिति गठन गर्न माग गरेका थियौं, सत्तापक्षले त्यो कुरा नसुन्दा सुनको तौलनै घट्यो’। काठमाडौंमा आयोजित वर्तमान आर्थिक अवस्था, समस्या र समाधान छलफल कार्यक्रममा ओलीले सुन तस्करी प्रकरणमा छानविन...
पूर्वसभामुख कृष्णबहादुर महरामाथि अनुुसन्धान अघि बढ्छ-प्रधानमन्त्री दाहाल
काठमाण्डौं प्रधानमन्त्री पुष्पकमल दाहालले सुन प्रकरणमा जोडिएका पूर्वसभामुख कृष्णबहादुर महरामाथि अनुुसन्धान अघि बढ्ने बताएका छन् । प्रधानमन्त्री दाहालले पूर्वसभामुख महरा र उनका छोरा राहुल महराको नाम सुन प्रकरणमा जोडिएकाले अभियोजन अघि बढ्ने जानकारी दिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानमा पूर्वसभामुख महरा र उनका छोराको पटक-पटक फोन सम्पर्क भएको देखिन्छ । प्रहरीको...
जग्गा कित्ताकाट पूर्णरुपमा खुल्ला
काठमाडौँ सरकारले जग्गा कित्ताकाट पूर्णरुपमा खुल्ला गरेको छ । जग्गा वर्गीकरण नभएको क्षेत्रमा पनि अब कित्ताकाट हुनेछ । मन्त्रिपरिषद् बैठकले जग्गा सम्वन्धी नियमावली संशोधन गरी भूउपयोग नियमावली स्वीकृत गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले मंगलबारको मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृत गरेको जानकारी दिएकी छन् । अब आवासीय र व्यापारिक जग्गा...
उपराष्ट्रपति यादव चीन प्रस्थान
काठमाण्डौं उपराष्ट्रपति रामसहायप्रसाद यादव चीन प्रस्थान गरेका छन् । उपराष्ट्रपति यादव एक साता चीनको कुनमिङमा आयोजना हुने सातौं चीन–दक्षिण एसिया एक्स्पो तथा २७ औं चीन आयात निर्यात एस्क्पोमा सहभागी हुन त्यस तर्फ प्रस्थान गरेका हुन । उपराष्ट्रपति यादवको यो पहिलो बिदेश भ्रमण हो । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको गृहकार्य चलिरहँदा उपराष्ट्रपति यादवको नेतृत्वमा टोली...
ललिता निवास प्रकरणमा पूर्व मुख्यसचिव लीलामणि पौडेलसँग बयान
काठमाडौँ ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पूर्व मुख्यसचिव लीलामणि पौडेलसँग बयान लिएको छ । सीआईबीले आइतबार पौडेलसँग बयान लिएको हो । ललिता निवास प्रकरणमा पछिल्लो पटक सीआईबीले असार १२ मा केही व्यक्तिलाई पक्राउ गरेर अघि बढाएको अनुसन्धान संगठित अपराध र मुलुकी ऐनको किर्ते महलअन्तर्गत भइरहेको छ । पञ्चायतकालमा तत्कालीन...
सुन प्रकरणमा उच्चस्तरीय छानबिन आवश्यक रहेको कांग्रेस सांसदहरूको धारणा
काठमाण्डौं नेपाली कांग्रेसको संसदीय दलको बैठकमा बोल्ने सांसदहरूले गम्भीर भएर सुन प्रकरणमा उच्चस्तरीय छानबिन आवश्यक रहेको बताएका छन् । बैठकमा सहभागि भएर बोल्ने सांसदहरुले क्विन्टल सुन प्रकरणले नेपाल सुन तस्करीको ठूलो अखडा भइसकेको प्रष्ट हुने भन्दै क्विन्टल सुन तस्करीबारे उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने धारणा राखेका छन् । कोइराला समूहका नेताहरूले सुन तस्करी प्रकरणमा उच्चस्तरीय...
जनमत पार्टी सरकारका सहभागि हुने
काठमाडौं सीके राउत नेतृत्वको जनमत पार्टी सरकारका सहभागि हुने भएको छ । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएपछि सीके राउतको पार्टी सरकारमा सहभागी हुन ढोका खुलेको हो। जनमतबाट अनिता देवी साह मन्त्री बन्ने पक्का पक्की भएको बताइन्छ । पार्टी अध्यक्ष राउतले यसअघि नै प्रधानमन्त्री पुष्पकमल दाहाललाई अनिताको नाम...