टीकापुर घटना नेपाली समाजले बिर्सनै नसक्ने जघन्य फौजदारी कसुर : सर्वोच्च अदालत

टीकापुर घटना, सर्वोच्चको पूर्णपाठ

टीकापुर घटना नेपाली समाजले बिर्सनै नसक्ने जघन्य फौजदारी कसुर : सर्वोच्च अदालत

रेशम चौधरीको कैद माफी संविधान विपरीत

suprem court of nepal

काठमाण्डौं । सर्वोच्च अदालतले टीकापुर घटना नेपाली समाजले बिर्सनै नसक्ने जघन्य फौजदारी कसुर भनेर स्पष्ट पारेको छ । सर्वोच्च अदालतले बुधबार सार्वजनिक गरेको फैसलाको पूर्णपाठले भन्छ, टीकापुर घटना नेपाली समाजले कहिल्यै बिर्सन नसक्ने कसुर हो ।

जन्मकैदको सजायविरुद्ध रेशम चौधरीले दिएको पुनरावेदनमा न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले २ जेठ २०८० मा उच्च अदालत दिपायलको फैसला सदर गर्ने निर्णय सुनाएको थियो । पूर्णपाठमा भनिएको छ, राजनीतिक सहमति वा स्वार्थमा मुद्दा नचलाउने, फिर्ता लिन वा माफी मिनाहा गर्नु हाकाहाकी संविधान विपरीत हुनेछ । थरुहट आन्दोलनका क्रममा ७ भदौ २०७२ मा भएको टीकापुर घटनामा ८ जना सुरक्षाकर्मी र एक बालकको मृत्यु भएको थियो । भने ३६ जना सुरक्षाकर्मी त्यसक्रममा घाइते भएका थिए ।

घटनापछि प्रहरीले तयार पारेको मुचुल्कालाई आधार मानेर सर्वोच्चले घटनामा मारिएकाहरुको क्रुर र विभत्स तरिकाले हत्या भएको बताएको छ । पूर्णपाठमा प्रहरीको मुचुल्का अनुसार ज्यान बचाउन घटनास्थल वरिपरिका घर/गोठभित्र लुकेका सुरक्षाकर्मीलाई बाहिर निकाली भाला, खुँडा र रड प्रहार गरेको देखिएको छ ।

हाम्रो समाजले सोच्नै नसक्ने किसिमले मानवीय चेतनाको विपरीत अत्यन्त क्रुर, बर्बर निशंस ढंगले वारदात घटाएको मिसिलबाट देखिन आउँछ, ज्यान बचाउन घटनास्थल वरिपरिका घर/गोठभित्र लुकेका सुरक्षाकर्मीलाई बाहिर निकाली भाला, खुँडा र रड प्रहार गरेको देखिएको छ ।

सर्वोच्च अदातलका अनुसार, हाम्रो समाजले सोच्नै नसक्ने किसिमले मानवीय चेतनाको विपरीत अत्यन्त क्रुर, बर्बर निशंस ढंगले वारदात घटाएको मिसिलबाट देखिन आउँछ ।’ घटना रातको समयमा वा एकान्तमा नभएकाले घाइते बाहेक पनि घटनालाई देख्ने सयौं व्यक्ति रहेको र आरोपितहरुकै मोबाइलबाट खिचिएको भिडियो सीडीमा उतार गरेर सीमितमा राखिएको अदालतले भनाई छ । फैसलामा भनिएको छ, ‘वस्तुतः व्यक्तिले झुट बोल्न सक्ला, तर भौतिक चिजवस्तु र वारदात हुँदाको वस्तुस्थिति र दशी प्रमाणले कहिल्यै झुट बोल्दैन ।

यो मुद्दामा घटनास्थलमा प्रशस्त सीसाका टुक्राहरु फुटेको, खेतबारीमा मानिस हिँडेको, बालिनाली कुल्चिएको, स्थानीय वीरबहादुर बराला लगायतका व्यक्तिको घर आँगनको पानी, नल्का बारेको इँटा भत्काएको, घटनास्थलमा घिसारिएको, मडारिएको, संगीता वर्माको घर आँगनमा भाँचिएको लाठी रहेको, घटनास्थलमा घर पोलेको खरानी, प्लास्टिक जलेको अवशेष रहेको, फलामे पाइप, घनजस्ता घरेलु हतियार फेला परेको, खेतमा प्रशस्त साना ठूला ढुंगा, बियरको खाली बोतल फेला परेको, रगतजस्तो लागिसकेको ढुंगाहरु फेला परेको व्यहोराले घटनाको स्वरुपको विहंगम चित्रण हुने सर्वोच्चको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀