देश

मानव तस्करी
अमेरिका बसेर नेपालमा मानव तस्करी गर्ने हस्त पक्राउ
नेपालमा मानव तस्करीको धन्दा चलाउँदै आएका नेपाली मूलका अमेरिकी नागरिक हस्त गौतमलाई  १८ बर्षपछि प्रहरीले समाउन सफल भएको छ । गत बुधबार मानव बेचबिखन अनुसन्धान ब्युरोले भारत हुँदै नेपाल आउने क्रममा उनलाई भैरहवाबाट पक्राउ गरेको हो। रुकुम पूर्वको सिस्ने स्यालापाखाका ५२ वर्षीय गौतम सामान्य तरिकाले हिँडडुल गर्न सक्दैनन् । हिँडडुल गर्न ह्वेलचेयर चाहिने गाैतमले अपराधिक...
दोस्रो अन्तर्राष्ट्रिय उडान
पोखरा आउँदा ३ यात्रु ल्याएको ड्रुक एअरको जहाज ४२ यात्रु लिएर भुटान फर्कियो
पाेखरा । भुटानको पारो विमानस्थलबाट ३ जना यात्रु लिएर उडेको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भयो । बिहान ५ः५५ बजे उडेको ड्रुक एअरको जहाज ६ः४० मा पोखरामा ल्यान्ड भएको हो । सोही जहाज पोखरा विमानस्थलबाट जहाज ४२ अमेरिकी पर्यटक बोकेर ८ः१५ मा भुटानको थिम्पु फर्किएको विमानस्थल प्रमुख देवेन्द्रलाल कर्णले जानकारी दिए । ‘भुटानबाट आएर पोखरा...
बाँके बस दुर्घटना: मृतकको संख्या ७ पुग्यो
नेपालगन्ज — बाँकेको शमशेरगन्जस्थित जंगलमा रोकिराखेको ट्रकसँग बस ठोक्किँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । दुर्घटनामा दर्जन बढी सख्त घाइते भएका छन् । बिग्रिएर मर्मतका लागि रोकिराखेको ना ८ ख ६४०५ ट्रकलाई ना ७ ख २३२१ नम्बरको बसले ठक्कर दिन पुग्दा बस सवार ७ जनाको मृत्यु भएको कोहलपुरका डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।...
राष्ट्रसंघको ७८ औं महासभा
राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री दाहाल अमेरिका आउँदै
अमेरिका । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भदौ ३० गते अमेरिका आउँदै छन् । भदौ १९ गतेदेखि सुरू भएको, महासभाको ७८ औं सभालाई सम्बोधन गर्न प्रधानमन्त्री दाहाल अमेरिका आउन लागेका हुन् । प्रधानमन्त्री दाहालले असोज ४ गते नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहालको टोलीमा २४ सदस्य छन् ।...
प्रधानमन्त्रीमा देउवाको विकल्प छैन – कांग्रेस नेता शेखर कोइराला
काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीमा सभापति देउवाको विकल्प नभएको बताएका छन् । कांग्रेस नेतृत्वको सरकार बनाउनुपर्ने बताउँदै आएका कोइरालाले शुक्रबार दिउँसो नयाँ बानेश्वरको एउटा रेस्टुरेन्टमा कांग्रेस बिटमा रिपोर्टिङ गर्ने पत्रकारसँगको अन्तर्क्रियामा प्रधानमन्त्री भने देउवा बन्ने जिकिर गरे । ‘नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्छ । लोकतान्त्रिक पद्धतिबाट अगाडि जान्छ । त्यसमा हाम्रो संसदीय दल...
ढोरपाटनका मेयर देवकुमार नेपालीविरुद्ध ‘रेडकर्नर नोटिस’ जारी
बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली साढे तीन महिनादेखि सम्पर्कविहीन छन् । सहकारीका वचतकर्ताको डेढ अर्ब भन्दा बढी रकम लिई फरार नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी भएको छ। खोजविन गर्दा पनि उनी पक्राउ नपरेपछि रेडकर्नर नोटिस जारी गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले वताए । विदेशमा लुकेर वसेको आशंकामा प्रहरी प्रधान कार्यालय इन्टरपोल महाशाखाले...
सैन्य अभ्यासका लागि अमेरिकी सेना नेपालमा
काठमाडौं । अमेरिकी सेनाको एउटा टोली काठमाडौं आइपुगेको छ। अमेरिकी वायु सेवा निगमको विशेष जहाजबाट नेपाली सेना सँगको सैन्य अभ्यासमा सहभागी हुन अमेरिकी सेनाको टोली काठमाडौं आइपुगेको हो । नेपाली सेना र अमेरिकी सेनाबीच भदौ २४ देखि असोज १२ गतेसम्म काठमाडौंमा संयुक्त सैन्य अभ्यास हुँदैछ। संयुक्त सैन्य अभ्यास विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका...
सुरक्षा
गृहमन्त्रीलाई गगन थापाको प्रश्न– काठमाडौंमा एक्लै हिँड्न नपाइने हो ? कोही जलाउने भन्छ, कोही खुकुरी हान्छ
काठमाडौं– प्रतिनिधिसभा सदस्य एवं कांग्रेस महामन्त्री गगनकुमार थापाले पार्टीका सह–महामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमण छानबिन गर्न माग गरेका छन्। बुधबार यादवमाथि काठमाडौंको भृकुटीमण्डमा खुकुरी प्रहार भएको थियो। आजको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले भने, ‘मैले हिजो चिकित्सकलाई गएर भेटें। चिकित्सकका अनुसार उहाँ भाग्यले बाँच्नुभएको छ, आक्रमण गर्ने मान्छे पक्राउ परेको छ। तर एउटा सन्काहाले...
डेंगु संक्रमणबाट काठमाडौं महानगरका वडाध्यक्ष रिजालको निधन
काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा भर्ना भएका उनको बिहीबार बिहान उपचारका क्रममा निधन भएको वडासचिव प्रकाश खड्काले पुष्टि गरे । रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रीय सभापति समेत हुन् । रिजाल गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरलाई पराजित गर्दै वडाध्यक्षमा...
कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि रिपोर्टस् क्लबबाट बाहिरिँदै गर्दा खुकुरी प्रहार
काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको आईसीयूमा राखेर उपचार भइरहेको राष्ट्रिय ट्रमा सेन्टरले जनाएको छ। ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा बद्री रिजालले एक विज्ञप्ति जारी गर्दै चिकित्सकको निगरानीमा आईसीयूमा उपचार भइरहेको बताएका छन्। उनको टाउकोको पछिल्लो भाग तथा गर्धनमा धारिलो हतियार प्रयोग भएकाले त्यसका कारण गहिरो घाउ भई रक्तश्राव भएको उनले बताएका छन्। न्युरोसर्जरी/अर्थोपेडिक...
सुन तस्करी प्रकरणमा सीआईबीको सोधपुछ जारी
सुन तस्करी प्रकरणमा प्रहरीले गर्यो, पूर्वउपराष्ट्रपतिका छोरासँग सोधपुछ
काठमाडौ । सुन तस्करी प्रकरणमा संलग्न देखिएकाहरुलाई नेपाल प्रहरीको सीआईबीले सोधपुछ तथा अनुसन्धान जारी राखेको छ । केहीदिन अघि पूर्व सभामुख तथा माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल महरालाई अनुसन्धानका लागि सोधपुछ गरेको थियो । यसैक्रममा सुन तस्करी प्रकरणमा संलग्न गिरोहसँग सम्पर्क रहेको देखिएपछि सीआईबीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनसँग सोधपुछ गरेको छ ।...
एक्लै निर्वाचन लड्ने कांग्रेस बनाउँछौं: महामन्त्री थापा
बागलुङ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी निर्वाचनहरु कांग्रेस एक्लै लड्ने बनाउने बताएका छन् । उनले सबै खालका निर्वाचन हारेपनि कांग्रेस एकलै निर्वाचनमा जानबाट नडराउने समेत बताएका छन् । नेपाली कांग्रेसको बागलुङ क्षेत्र नं. १ को क्षेत्रीय सम्मेलनको मंगलबार उद्घाटन गर्दै थापाले निर्वाचन अघि गरिएको गठबन्धनले कार्यकर्ताको साख गिरेको बताएका छन् । ‘जीवनभर...