शनिबार, २३ भाद्र २०८०
नेपालगन्ज — बाँकेको शमशेरगन्जस्थित जंगलमा रोकिराखेको ट्रकसँग बस ठोक्किँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । दुर्घटनामा दर्जन बढी सख्त घाइते भएका छन् ।
बिग्रिएर मर्मतका लागि रोकिराखेको ना ८ ख ६४०५ ट्रकलाई ना ७ ख २३२१ नम्बरको बसले ठक्कर दिन पुग्दा बस सवार ७ जनाको मृत्यु भएको कोहलपुरका डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा चालक जोगेन्द्र चन्द शाही, सानुराम थारु, काशीराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारु र सहचालकको मृत्यु भएको हो । सहचालकको नाम खुलेको छैन ।
ठाकुरद्वारा बर्दियाको बेतनी सामुदायिक वन उपभोक्ता समितिका उपभोक्ता बस रिसर्ज गरेर दाङको थारु संग्रहालय भ्रमण गरी फर्किने क्रममा राप्ति सोनारी गाउँपालिका-८ को जंगल क्षेत्रमा राति सवा ९ बजेतिर बस दुर्घटना भएको हो ।
भर्खरै
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
विपद्का बेला सक्रियता बढाउन गृहमन्त्री लेखकको निर्देशन
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं