काठमाडौं– प्रतिनिधिसभा सदस्य एवं कांग्रेस महामन्त्री गगनकुमार थापाले पार्टीका सह–महामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमण छानबिन गर्न माग गरेका छन्। बुधबार यादवमाथि काठमाडौंको भृकुटीमण्डमा खुकुरी प्रहार भएको थियो।
आजको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले भने, ‘मैले हिजो चिकित्सकलाई गएर भेटें। चिकित्सकका अनुसार उहाँ भाग्यले बाँच्नुभएको छ, आक्रमण गर्ने मान्छे पक्राउ परेको छ। तर एउटा सन्काहाले सन्केर हान्यो भनेर एउटा भाष्य निर्माण गर्न खोजिँदै छ, यसलाई थामथुम पार्ने कोसिस हुँदै छ।’
सांसद थापाले घटनाबारे सरकारलाई सचेत गराउँदै घटना कसरी र किन भयो? घटनाको सबै पक्षमा गहिरो अनुन्धान हुनुपर्ने माग थापाले गरे। ‘म गृहमन्त्रीलाई सोध्न चाहन्छु, के अब हामी काठमाडौंमा एक्लै हिँड्न नपाउने हो, कोही जलाइदिन्छु भन्छ, कोही खुकुरी हान्छ, हामी एक्लै हिँड्न हुने हो कि नहुने हो, जिम्मा लिएकाले धेरै बोल्ने होइन, गर्ने हो। हामी सरकारको कामको परिणाम हेर्न चाहन्छौं’, उनले भने।
महामन्त्री थापाले सहमहामन्त्री यादवले जेसुकै बोलेको भए पनि बोलेकै आधारमा कसैलाई पनि सांघातिक आक्रमण गर्न नपाइने बताए। ‘कसैलाई मन नपर्ने कुरा बोल्दैमा सांघातिक आक्रमण गर्ने कुरालाई जायज मान्न सकिँदैन’, थापाले भने।
कोही जलाइदिन्छु भन्ने, कोही खुकुरी हान्ने भन्ने भएपछि कांग्रेसीहरु एक्लै हिँड्न पनि सरकारलाई सोध्नुपर्ने अवस्था आएको भन्दै सांसद थापाले कटाक्ष गरे। उनले भने, ‘काठमाडौंमा संविधानसभाको सदस्य भएको व्यक्ति सार्वजनिक कार्यक्रममा सहभागी भएर आउँदै गर्दा सुरक्षित छैन भने प्रधानमन्त्री र गृहमन्त्रीलाई यो विषयले पोल्नुपर्छ कि पर्दैन?’
थापाले समाजको असन्तुष्टिलाई देखाएर समाजमा हिंसालाई प्रोत्साहन गर्ने अभिव्यक्ति, घटना वा हिंसात्मक गतिविधिलाई कुनै न कुनै तरिकाले प्रश्रय दिन नहुने उनको भनाइ छ।
भर्खरै
अमेरिका स्वर्णिम युगमा प्रवेश गर्यो : राष्ट्रपति डोनाल्ड जे ट्रम्प
सोमबार शक्तिशाली राष्ट्रप्रमुखका रुपमा ट्रम्पको ह्वाइट हाउस प्रवेश
रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत कास्कीको आदेश
तिब्बत केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प, काठमाण्डौंमा ठूलो धक्का
विकास र समृद्धिको चाहनालाई पूरा गर्न बीआरआई महत्त्वपूर्ण : प्रधानमन्त्री ओली
शौच गर्न गएकी महिला बतात्कृत
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं