प्रधानमन्त्रीमा देउवाको विकल्प छैन – कांग्रेस नेता शेखर कोइराला

प्रधानमन्त्रीमा देउवाको विकल्प छैन – कांग्रेस नेता शेखर कोइराला

पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको कामप्रति असन्तुष्टि

shekhar-koiralaajpg

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीमा सभापति देउवाको विकल्प नभएको बताएका छन् । कांग्रेस नेतृत्वको सरकार बनाउनुपर्ने बताउँदै आएका कोइरालाले शुक्रबार दिउँसो नयाँ बानेश्वरको एउटा रेस्टुरेन्टमा कांग्रेस बिटमा रिपोर्टिङ गर्ने पत्रकारसँगको अन्तर्क्रियामा प्रधानमन्त्री भने देउवा बन्ने जिकिर गरे ।

‘नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्छ । लोकतान्त्रिक पद्धतिबाट अगाडि जान्छ । त्यसमा हाम्रो संसदीय दल छ,’ उनी भन्छन्, ‘संसदीय दलको नेता शेरबहादुरजी हुनुहुन्छ । संसदीय दलमा उहाँको राम्रो बहुमत छ । नेचुरली उहाँ नै प्रधानमन्त्री हुनुहुन्छ । अर्को विकल्प वा म बन्छु भनेर बन्ने होइन ।’

संसदीय दलको नेता परिवर्तनको परिस्थिति नै नआएको उनको भनाइ छ । ‘संसदीय दलको नेता परिवर्तनको परिस्थिति नै आएको छैन । कसरी कुरा गर्ने ?’ उनको प्रश्न छ । उता महामन्त्री गगन थापा भने संसदीय दलको नेता परिवर्तन गर्ने अभियानमा छन् ।

कोइरालाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको कामप्रति असन्तुष्टि जनाए । पार्टीबाट सरकारमा सहभागी मन्त्री झण्डा हल्लाउनमा मात्र सीमित भएको बताए ।

कांग्रेस नेता कोइरालाले भने, ‘अर्ली कमेन्ट त गर्न नमिल्ला। तर मन्त्रीको काम झन्डा हल्लाउने मात्र भएको छ। तेल हाल्न पनि प्रधानमन्त्रीलाई भन्न जानुपर्छ।´ ‘सरकारमा अहिले हाम्रा ९ जना मन्त्री छन् । हामी सरकारमै छौं । तर, कांग्रेसले सरकारको नेतृत्व नै गर्नुपर्छ भनेर मैले भनिरहेको छु,’ उनले भने, भने, ‘अहिलेको सरकारमा ८० प्रतिशत अराजकता भइरहेको छ । कांग्रेसको सरकार बने ५० प्रतिशतमा आउँछ भन्ने हो ।’ पार्टी विधि र पद्धतिअनुसार नचल्दा अदालत सक्रिय भएको उनको बुझाइ छ ।

कांग्रेस ५ महिनादेखि सरकारमा छ। उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङसहित कांग्रेसका ९ नेता मन्त्री छन्। तीमध्ये युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू डा. कोइराला निकट हुन्। कोइरालाले अधिकांश सचिव एमाले निकट भएकाले काम गर्न नपाएको भन्दै आफ्ना मन्त्रीको बचाउ पनि गर्न खोजे।

‘कांग्रेस सरकारमा गएको धेरै त भएको छैन। तर सचिवहरु अर्कै पार्टीको भएकोले काम गर्न सकेका छैनन्,’ उनले भने, ‘मन्त्री कांग्रेसको, सचिव एमालेको। अनि कसरी काम गर्ने?’

कांग्रेस केन्द्रीय सदस्य गोविन्दराज पोखरेलको समन्वयमा भएको अन्तर्क्रियामा करिब दुई घण्टा गफिँदा नेता कोइरालाको मुख्य चिन्ता मुलुकमा अराजकता निम्तिन खोजेकोमा थियो । देशभर सुशासन खड्किएको अवस्थामा डा. शेखर कोइरालाले कांग्रेस सुशासनको मुद्दा लिएर देशभर जाने बताए ।

नेता कोइरालाले देश अराजकतातर्फ जान लागेको विश्लेषण सुनाए । त्यसलाई प्रधानमन्त्रीले नै मलजल गरेको उनको आरोप छ । ‘देश पूर्ण रूपमा अराजकतातर्फ जाँदै छ । राजनीतिक, आर्थिक, सामाजिक तथा धार्मिक सबै क्षेत्रमा अराजकता छ । पछिल्लो समयमा कूटनीतिमा पनि अराजकता देखियो,’ कोइरालाले भने, ‘भारतले नेपालको नयाँ नक्सा अस्वीकार गरिदियो । चीनले पनि त्यसलाई बेवास्ता गरेको देखियो । नयाँ नक्साबारे पूर्वपरराष्ट्रमन्त्री र वर्तनमा परराष्ट्रमन्त्रीको धारणा फरक फरक आएको छ । यो गम्भीर छ ।’

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण उनका लागि परीक्षा हुने उनले बताए । ‘विदेशी राजदूतले पनि पपुलिजमको कुरा बोल्न थाले, देश अराजकतामा गएको छ । चिनियाँ राजदूत अर्काको देशमा आएर बोल्न त मिल्दैन नि । प्रधानमन्त्री चीन भ्रमणमा जाँदै हुनुहुन्छ । हेरौं कसरी म्यानेज गर्नुहुन्छ,’ उनले भने ।

कोइरालाले नागरिकमा आशा जगाउन नसके तिहारपछि फेरि अराजकता बढेर जाने बताए । त्यो परिस्थिति कस्तो हुन्छ भन्ने कसैले आंकलन गर्न नसक्ने उनको भनाइ छ । कांग्रेसको नेतृत्वको सरकार बन्दा अहिलेको अराजकता कम हुने कोइरालाले विश्वास व्यक्त गरे ।

नेता कोइराला पार्टी सभापति शेरबहादुर देउवासँग समदूरी कायम गरेरै अगाडि बढ्ने सन्देश दिएका छन् । पार्टी भित्रको विपक्षी खेमाको नेतृत्व गरेर सभापति देउवाविरुद्ध नउभिने उनको संकेत छ ।

नेता कोइरालाले नेता अर्जुननरसिंह केसीको निवासमा भएको महामन्त्रीद्वय सहितको भेलाबारे अनभिज्ञता प्रकट गरेका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, प्रदीप पौडेल, बलबहादुर केसी र दिलेन्द्रप्रसाद बडू सहभागी भएका थिए ।

नेता कोइरालाले तत्काल प्रचण्ड नेतृत्वको सरकार परिवर्तन हुने सम्भावना नरहेको बताए । उनले भने, ‘सभापति जसरी जाँदै हुनुहुन्छ । सरकार सहज र सुरक्षित छ । मेरो सोचाइ अर्को हुन सक्छ ।’

सरकारको विकल्प खोज्ने कुरामा जाँदा एमाले र माओवादी फेरि मिल्ने कांग्रेसमा भय देखिएको उनको भनाइ छ । तर नेता कोइरालाले सत्ता गठबन्धन सम्बद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा लगायतका दलबीच बनेको समाजवदी मोर्चा कांग्रेसको विरुद्धमा रहेको बताए ।

कांग्रेसविरुद्ध समाजवादी मोर्चा बन्यो भन्दा कांग्रेसकै नेताहरुले आफ्ना कुरालाई हँसीमजाक बनाएको उनको गुनासो छ । कांग्रेसका नेताहरुलाई ब्ल्याकमेल गरेर प्रचण्डले सरकारको आयु बढाइरहेको नेता कोइरालाले बताए ।

‘कांग्रेस समयमै सचेत भएन भने प्रचण्डजीले पाँचै वर्ष सरकारको नेतृत्व गर्ने अवस्था आउन सक्छ । मैले त्यो अवस्था देख्दैछु,’ नेता कोइरालाले भने, ‘नक्कली भुटानी शरणार्थी, सुन तस्करी, ललिता निवास प्रकरणमा हाम्रो कहीँ न न कहीँ कमजोरी छ । त्यो कमजोरीले गर्दा प्रचण्डजीले ब्ल्याकमेल गर्न खोज्नु भएको छ ।’

नेता कोइराला पार्टीको १५ औं महाधिवेशन २०८२ सालमा हुनेमा आशावादी देखिए । कांग्रेसको संस्थापन पक्ष २०८४ मा हुने स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनपछि मात्र महाधिवेशन गर्न तयार हुने आशंकाबीच उनले २०८२ मै महाधिवेशन हुने आशा व्यक्त गरे ।

उनले भने, ‘गगन थापा महामन्त्री हुनुहुन्छ । उहाँ पार्टीको क्रियाशील सदस्य छानबिन समितिको संयोजक पनि हुनुहुन्छ । हामीलाई यसको फाइदा छ ।’

उनका अनुसार महामन्त्री थापा क्रियाशील सदस्य छानबिन समितिको संयोजक नभएको भए २०८२ मा महाधिवेशन हुनेमा शंका हुन्थ्यो । उनले भने, ‘हामीहरु सबैको दिमागमा छ । २०८२ भित्र पार्टीको महाधिवेशन हुनुपर्छ ।’ तर, महाधिवेशनको अहिले नै चर्चा सुरु हुनु स्वाभाविक नभएको उनको भनाइ छ ।

अन्य पार्टीले मिसन ८४ भनिरहँदा कांग्रेसमा मिसन महाधिवेशन देखिनुले विचित्र भएको उनको भनाइ छ । अहिले सरकारको नराम्रो काममा खबरदारी र राम्रो कामको समर्थन गर्नुपर्ने बेला भएको नेता कोइरालाले बताए ।

उनले भने, ‘अहिले महाधिवेशनको चर्चा गर्ने काम धेरै हतार हुन्छ । यो राम्रो संकेत होइन । अहिले पार्टीलाई सुदृढीकरण गर्ने अभियानमा लाग्नुपर्छ ।’

पार्टीमा सभापति शेरबहादुर देउवाका विधान विपरीतका निर्णयमा संस्थापन इतर पक्षको सहमति रहेको उनले बताए । उनले भने, ‘पार्टीलाई विधानसम्मत चलाउने कुरामा हामीबाट पनि कमजोरी भएको छ । भ्रातृ संस्थाको तदर्थ समिति विधान विपरीत बनाउने कुरामा हाम्रो पनि सहमतिले कमजोरी भएको छ । हामीले स्वीकार गर्नुपर्छ ।’

कांग्रेसले नेविसंघ, तरुण दल लगायतका भ्रातृ संस्थामा विधान विपरीत तदर्थ कमिटी ल्याएको छ । यस्तै महाधिवेशन भएको २० महिनापछि विभाग गठन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀