न्यूजपाली हेडलाइन

दुर्घटना
धादिङ दुर्घटना अपडेटः मृतक ८ मध्ये ६ जनाको पहिचान खुल्यो [मृतक र घाइतेहरूको नाम सहित]
धादिङ । धादिङको गजुरी गाउँपालिका–२ चालिसेबाट त्रिशूली नदीमा बस खसेर ज्यान गुमाएका ८ जना मध्ये ६ जनाको सनाखत भएको छ। सनाखत भएका ६ जनामा पोखराका १ सहित पर्वतका ३, म्याग्दीका १ र धादिङका १ जना छन् । २ जनाकाे सनाखत हुन बाँकी छ । कास्कीकाे पाेखरा ११, फुलबारीका अन्दाजी २४ वर्षका सुमन थापा, पर्वत मोदी...
पोखरा हुँदै बेनी जान छुटेको बस दुर्घटना, ८ जनाको मृत्यु
पोखरा । काठमाडौँबाट पोखरा हुँदै बेनीका लागी छुटेको बस धादिङको गजुरीस्थित त्रिशुली नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ। प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी स्थित छहरा नजिकबाट त्रिशूलीमा खसेको हो। बुधबार बिहान सवा ११ बजे भएको दुर्घटनामा परी ८ जनाको मृत्यु भएको धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए।...
सबैको सुझाब समेटेर प्रदेशको योजना बन्छ : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सबैको सुझाब समेटेर प्रदेशको योजना बन्ने बताएका छन् । ‘आगामी वर्ष योजना बैंक मार्फत छनौट भएका योजनामा बजेट बिनियोजन गर्ने गरि हामीले तयारी गरिरहेका छौँ’ प्रदेश समन्वय समितिको बैठकमा मुख्यमन्त्री पाण्डेले भने । गण्डकी प्रदेश सरकारले दोस्रो पञ्चवर्षिय योजना निर्माण गर्न लागेको र सो क्रममा प्रदेश भित्रका ८५ वटै पालिकाबाट...
टीकापुर घटना, सर्वोच्चको पूर्णपाठ
टीकापुर घटना नेपाली समाजले बिर्सनै नसक्ने जघन्य फौजदारी कसुर : सर्वोच्च अदालत
काठमाण्डौं । सर्वोच्च अदालतले टीकापुर घटना नेपाली समाजले बिर्सनै नसक्ने जघन्य फौजदारी कसुर भनेर स्पष्ट पारेको छ । सर्वोच्च अदालतले बुधबार सार्वजनिक गरेको फैसलाको पूर्णपाठले भन्छ, टीकापुर घटना नेपाली समाजले कहिल्यै बिर्सन नसक्ने कसुर हो । जन्मकैदको सजायविरुद्ध रेशम चौधरीले दिएको पुनरावेदनमा न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले २ जेठ २०८० मा उच्च...
ठगी
फेसबुक ह्याक गरी ठगीमा संलग्न भएको आरोपमा ५ पक्राउ
प्रहरीले अर्काको फेसबुक ह्याक गरी ठगि कार्यमा संलग्न भएको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । फेसबुक ह्याक गरी ओटिपी समेत मागेर १४ लाख ५८ हजारको कारोवार गरेको आरोपमा प्रहरीले एक युवतीसहित चार युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कास्कीको पोखरा घर भइ काठमाण्डौ नयाँ बसपार्क बस्दै आएकी सुब्बु भनिने शुभेक्षा गुरुङ, बारा सिमरा...
शालिक विवाद
पोखराको पृथ्वीचोकमा शाहकै शालिक पुनर्स्थापनाको माग गर्दै हस्ताक्षर अभियान शुरु
पोखराको प्रमुख चोक पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापनाको माग गर्दै हस्ताक्षर अभियान सुरु भएको छ । हामी नेपाली, हाम्रो पृथ्वीचोक ! वृहत प्रदर्शन एवं हस्ताक्षर संकलन कार्यक्रम । इतिहासको संरक्षण र राष्ट्रनिर्माताको सम्मानका लागि एक कदम, एक आवाज, एकीकरण नाराका साथ युवाहरुको समूहले हस्ताक्षर अभियान सुरु गरेको हो । पृथ्वीनारायण शाहको शालिक पृथ्वीचोकमा नै पुनर्स्थापनाको...
कैलालीका ९ सय घर डुबानमा, कुनै पनि निकायको राहत तथा सहयोग पुगेन
धनगढी । अविरल वर्षाका कारण कैलालीका विभिन्न पालिकाहरुमा नौ सयभन्दा बढी घर डुबानमा परेका छन् । तीमध्ये भजनी नगरपालिकाका अधिकांश परिवार बढी प्रभावित छन् । भजनी नगरपालिकाका नगरप्रमुख केवल चौधरीले भजनीका विभिन्न वडामा बसोवास भएका ९ सय परिवार बाढीबाट पूर्ण रुपमा प्रभावित भएको जानकारी दिएका छन् । नगरप्रमुख चौधरीका अनुसार अत्यधिक प्रभावित वडा नम्बर ३...
फिर्केखोला
फिर्केमाथि घरैघर, फिर्केखोला नापजाँच आधा सकियो
पोखरा । फिर्केखोला पोखराको बजार हुँदै फेवाताल पुगेर टुंगिन्छ । यही खोलाले बीच बाटोमा सजिलै बग्न पाएको छैन । फिर्केखोला चौतर्फी अतिक्रमणको चपेटामा छ । केही दशकअघिसम्म पानी पिउन योग्य हुने उक्त खोलाको पानी अहिले अचाक्ली दूषित छ । खोला कतै फराकिलो छ, कतै खोल्सोजस्तो देखिन्छ । कतै खोलामाथि घरहरु नै ठडिएका छन् । खोला...
विवाद
वडाध्यक्षले कुटे उपभोक्ता समितिका अध्यक्ष
पाेखरा । कास्कीको माछापुच्छ्रे गाँउपालिका वडा नम्बर ८ का अध्यक्ष रामबहादुर गुरुङ पुनः विवादमा तानिएका छन् । यसअघि सब ईञ्जिनियरलाई कुटपिट गरेर बदनाम भएका उनी फेरि उपभोक्ता समितिका अध्यक्षलाई कुटेपछि आलोचित भएका हुन् । वडाकै खोराको मुख उपल्लो इदीखोला माछापुच्छ्रे सडक उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीलाई गुरुङले कुटपिट गरेका हुन् ।आइतबार दिउँसो वडाध्यक्षबाट कुटिएका उपभोक्ता...