काठमाडौँको टोखा नगरपालिका–३ चक्खुस्थित मापदण्डविपरीत सञ्चालित एक खानेपानी उद्योग सिल गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संयोजनमा खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँ, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डसमेतको टोलीले नाम ठेगाना नखुलेको एक उद्योगको स्थलगत निरीक्षण तथा अनुगमन गरी सिल गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक पद्मराज भुसालले...
नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच नेपालको सडक सञ्जाल सुधार तथा विस्तारका लागि करिब १३ अर्ब (९१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । अर्थ मन्त्रालयमा एक औपचारिक कार्यक्रमकाबीच अर्थसचिव कृष्णहरि पुष्कर र एसियाली विकास बैंकका नेपालका लागि देशीय निर्देशक आर्नोड काओसिसले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन । ग्रामीण सडक सञ्जाल...
कालिजले बजार नपाउँदा किसान निराश भएका छन् । बजार अभावमा कालिजपालन गरेका उद्यमीहरु विस्थापित हुन थालेका छन् । लागतअनुसार मूल्य र बजार नपाउँदा कालिजपालक किसान मर्कामा परेका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र म्याग्दीका अनुसार दुई वर्षअघि जिल्लाभर छवटा कालिज फार्म रहेकामा हाल एकवटा मात्र सञ्चालनमा रहेको छ । सञ्चालनमा रहेको हरियाली ग्रुपको...
दसैँंको मौका पारेर यस पटक धेरै आन्तरिक पर्यटक ढोरपाटन घुम्न निस्केका छन् । बागलुङको पर्यटकीयस्थल ढोरपाटनमा एकै दिन ५० भन्दा बढी पर्यटक चढेका चारपाङ्ग्रे सवारीसाधन पुग्न थालेका छन् । मोटरसाइकलमासमेत पुग्ने पर्यटकको सङ्ख्या पनि उत्तिकै छ । दसैँं तिहारको समयलाई अहिले आन्तरिक पर्यटकको हिसाबले महत्वपूर्ण मानिँदै आएको छ । दसैँं तिहारको समयमा आन्तरिक पर्यटकले पर्यटकीयस्थल...
सीमा क्षेत्रका सहरमा रु एकसयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक कारोबारमा प्रतिकूल असर पुगेको छ । नेपाली बजारमा भारतीय मुद्राको कारोबार रोकिँदा आर्थिक कारोबारमा समस्या भइरहेको धनगढीका व्यापारी सुभाश चौधरीले जानकारी दिएका छन् । “नेपाल राष्ट्र बैंकले रु एकसय भन्दा बढी दरको भारु नोटको कारोबार नगर्न भनेको छ,” चौधरीले भने, “कुनै पनि ग्राहकले...
फुङ्लिङ । नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेक्रम जारी छ । विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । तर ताप्लेजुङको ग्रामीण क्षेत्रमा बसोबास गर्ने समुदायले भने अलैँची बगानमै दसैँ मनाएका...
स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत पर्वतको कुस्मामा बनाइएको स्काई क्याफेमा पुगेका छन् । परिवारसहित पर्वत पुगेका मन्त्री बस्नेतले स्काई क्याफेमा मनोरञ्जन लिएको द क्लिफ नेपालका कार्यकारी प्रमुख ईश्वर कार्कीले जानकारी दिए । कुस्मा र बाग्लुङका बीचमा कालीगण्डकी नदी खोंचमा नदीदेखि २ सय ५५ मिटर अग्लो भिरमा स्टिलको डोरीमा झुन्ड्याएर निर्माण गरिएको स्काइ क्याफे अहिले निकै चर्चित...
५० करोड भन्दा धेरै सेयर पुँजी भएको तथा सोही रकम बराबरको कारोबार गर्ने सहकारीहरूको अब देखी राष्ट्र बैंकले नियमन गर्ने भएको छ । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकले ५० करोड रूपैयाँभन्दा धेरै सेयर पुँजी भएको र सोही रकम बराबरको कारोबार गर्ने सहकारी संस्थाको वित्तीय सुशासन तथा जोखिमको आधारमा विभागको अनुरोधमा राष्ट्र बैंकले यस्तो...
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बैंकहरू मिटरब्याजी सरह भएको प्रतिकृया दिएका छन् । कांग्रेस नेता कोइरालाले कानुन अनुसार राष्ट्र बैंकले नियमन गर्ने व्यवस्था भए पनि बैंकहरुको ब्याजका कारण देशमा व्यवसायीहरु त्रसित भएको बताएका छन् । नेता कोइरालाले अहिले बैंकको ब्याजकै कारण व्यवसायीहरु आजित हुनुपर्ने अवस्था आएको र बैंकहरुले मिटर ब्याजीकै सरहमा व्यवहार गरिरहेको आरोप लगाए...
काठमाडौँ । नेपालको बिजुली भारतीय बजारमा सहज रुपमा लैजान बाटो खुलेको छ । भारत सरकारले नेपालसँगको विद्युत् व्यापारसम्बधी समझदारीपत्र स्वीकृत गरेसँगै यस्तो बाटो खुलेको हो । नेपालले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा भारतीय बजारमा बिजुली निर्यातका लागि आग्रह गर्दै आएको थियो । नेपालको आग्रहका बीच भारत सरकारले नेपालबाट आगामी १० वर्षभित्रमा १० हजार मेगावाट बिजुली...
काठमाण्डौं । कोर्न नेपाली बजारका लागि पुराना नाम होइन, तर यसले आफूलाई नेपाली बजारमा स्थापित गराउन कोशिस गरिरहेको छ । स्मार्ट वाच, बड्स तथा मोबाईल एक्सेसोरीजको पर्यायको रुपमा नेपाली बजारमा भित्रिएको छोटो समयमै कोर्नले विस्तार गरेको बजार र स्थापित गरेको नेटवर्क निक्कै लोभ लाग्दो छ । कारण यही हुनुपर्छ कोर्न जस्तै देखिने नक्कली एक्सेसोरीजहरु नेपाली...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा नीजि क्षेत्रको सहभागिता उत्साहजनक रूपमा भएमात्र देशको आर्थिक विकास संभव हुने धारणा व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलसँग भेट्न गएका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवम् केन्द्रीय समितिका पदाधिकारीसँग विहिबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले भने–“यही तथ्यलाई ध्यानमा राखेर सरकार र नीजि क्षेत्रबीच पारस्परिक सहअस्तित्व र समभावको दरिलो...