राष्ट्रपति पौडेल र उद्योग वाणिज्य महासंघका पदाधिकारी भेट

राष्ट्रपति पौडेल र उद्योग वाणिज्य महासंघका पदाधिकारी भेट

Predient vet

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा नीजि क्षेत्रको सहभागिता उत्साहजनक रूपमा भएमात्र देशको आर्थिक विकास संभव हुने धारणा व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलसँग भेट्न गएका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवम् केन्द्रीय समितिका पदाधिकारीसँग विहिबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले भने–“यही तथ्यलाई ध्यानमा राखेर सरकार र नीजि क्षेत्रबीच पारस्परिक सहअस्तित्व र समभावको दरिलो साझेदारी आवश्यक छ भन्ने मलाई लाग्छ ।”

नेपालको अर्थव्यवस्थामा नीजि क्षेत्रको ८० प्रतिशतभन्दा बढी हिस्सा रहेको भन्दै उनले अर्थतन्त्रमा देखिएको समस्याले अहिले आर्थिक गतिविधिलाई सुस्त बनाएको धारणा राखेका छन्। राष्ट्रपति पौडेलले उद्योगी व्यवसायीहरूले अहिले असजिलो परिस्थितिको सामना गरिरहनुपरेको यर्थाथबारे आफु अनभिज्ञ नरहेको स्पष्ट पारेका छन् । “रोजगारी सृजना हुन नसक्नु, विपे्रषणमा निर्भरता बढ्दै जानु, निर्यात घट्दै जानु, नीतिगत सुधार र सामन्जस्यता नहुँदा आन्तरिक तथा विदेशी लगानी बढ्न नसक्नु, सेवा प्रवाहमा बेला बेलामा विध्न बाधा देखा पर्ने गरेका छन् । यसैले गर्दा मूल्य वृद्धि लगायत साना र मझौला उद्योगहरू समस्याग्रस्त हुँदै जाने यो अवस्थामा नीजि सार्वजानिक साझेदारी बाञ्छनीय छ भन्ने मलाई लाग्छ, उनले भने ।

राष्ट्रपति पौडेलले भविष्यमा हुन सक्ने खाद्य संकट समाधान गर्नेतर्फ मुलुकको ध्यान जानुपर्नेमा जोड दिएका छन् । उजले भने–“नेपालमा जनसंख्या बढ्ने तर उत्पादन घट्दै जाने गरेको छ । युवा जनशक्तिको बढ्दो विदेश पलायनलाई रोकेर हामीले कृषिलाई आधुनिकीकरण गरी उत्पादनलाई बढाउने तर्फ ध्यान केन्द्रीत गर्नुपर्छ । उनले नेपालमा रोजगारी सृजना गर्न र देशको अर्थतन्त्र सुधार्न सबैको ध्यान जानुपर्नेमा जोड दिँदै केही दिन अगाडि आफुले बोलाएको सर्वदलीय बैठकमा समेत अर्थतन्त्र सुधारका लागि सवैको ध्यानाकषर्ण गराएको बताएका छन् । उनले भने–“धेरै राजनीतिको तानावानामा नअल्झिकन मुलुकको आर्थिक अवस्था सुदृढ गर्नका लागि सबैको ध्यानाकर्षण गराएको छु ।”

राष्ट्रपति पौडेलले भविष्यमा हुन सक्ने खाद्य संकट समाधान गर्नेतर्फ मुलुकको ध्यान जानुपर्नेमा जोड दिएका छन् । उजले भने–“नेपालमा जनसंख्या बढ्ने तर उत्पादन घट्दै जाने गरेको छ । युवा जनशक्तिको बढ्दो विदेश पलायनलाई रोकेर हामीले कृषिलाई आधुनिकीकरण गरी उत्पादनलाई बढाउने तर्फ ध्यान केन्द्रीत गर्नुपर्छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रका केही सुचकहरू सकारात्मक रहेपनि आम नागरिक र व्यवसायीहरूको आत्मविश्वास बढाएर अर्थतन्त्रलाई चलायमान बनाउने तर्फ सरोकारवालाले ध्यान जानुपर्ने बताए । ढकालले स्वदेशी तथा विदेशी लगानी आकर्षित गरी घरेलु उत्पादनमा जोड दिँदै आयात घटाएर निर्यात बढाउने तर्फ सबै लाग्नुपर्ने धारणा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀