म्याग्दीमा पालेका कालिजले पाएनन बजार

म्याग्दीमा पालेका कालिजले पाएनन बजार

kalig

कालिजले बजार नपाउँदा किसान निराश भएका छन् । बजार अभावमा कालिजपालन गरेका उद्यमीहरु विस्थापित हुन थालेका छन् । लागतअनुसार मूल्य र बजार नपाउँदा कालिजपालक किसान मर्कामा परेका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र म्याग्दीका अनुसार दुई वर्षअघि जिल्लाभर छवटा कालिज फार्म रहेकामा हाल एकवटा मात्र सञ्चालनमा रहेको छ ।

सञ्चालनमा रहेको हरियाली ग्रुपको फार्ममा पनि न्यून मात्रामा कालिज पालिएका छन् । तीन हजारभन्दा बढी कालिज पाल्न सक्ने क्षमता रहेको फार्ममा हाल दुई सय ५० वटाको हाराहारीमा कालिज रहेका हरियाली ग्रुपका महाप्रबन्धक गोविन्द पौडेलले जानकारी दिनुभयो ।

“सुुरुमा बजार र मूल्य राम्रो थियो, अहिले माग आउन र बजार पाउन छाडेपछि सङ्ख्या घटाएका छाँै” उनले भने, “दानाको मूल्य महँगिने र लागतअनुसार मूल्य नपर्ने हुँदा कालिजपालन फस्टाउन सकेन ।” कालिजलाई वनखुकुरा भनेर चिन्ने गरिन्छ । ‘राउननेक’ जातको कालिज घरमा पाल्नलाई सरकारले अनुमति दिएको छ । पछिल्लो पटक संशोधित वन ऐनले कालिजको व्यावसायिक पालन गर्न सक्ने व्यवस्था गरेको छ । एकवटा भाले कालिजको मूल्य दुई हजार पाँच सयदेखि तीन हजार र पोथीको मूल्य दुई हजारदेखि दुई हजार एक छ ।

चल्लाको मूल्य प्रतिगोटा रु आठ सयदेखि आठ सय ५० छ । पाँच महिना पालेपछि दुई किलोभन्दा बढी तौल हुने कालिज मासुका लागि खानयोग्य हुन्छन् । म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटमा विसं २०७८ मा स्थापना भएको यमितादह कृषि तथा पशुपक्षी फार्ममा हाल एक हजार दुई सय गोटा बिक्रीयोग्य कालिज छन् ।

“दिनमा चार हजारको दाना खान्छ, पाँच महिनामा बिक्री गर्नुपर्ने कालिज एक वर्षमा पनि बिकेको छैन,” यमितादह कृषि तथा पशुपक्षी फार्मका कर्मचारी मनबहादुर पुनले भने, “गाउँघरमा यसको उपभोक्ता छैनन् । बजारमा कालिजको बिक्री घटेको छ ।”

फार्ममा बेलायतमा रहेका हर्कबहादुर पुनले ६० लाख लगानी गरेर तीन रोपनी जमिनमा कालिजपालन गरेका हुन । कालिजको चल्ला उत्पादन गर्ने ‘ह्याचिङ’ मेसिन भए पनि चल्लाको माग नभएकाले मेसिन प्रयोग भएको छैन । कालिजले सामान्य कुखुराको जस्तै प्रोटिन बढी भएको दाना खाने गर्दछन् । कालिज बिक्री गराउन पोखरामा रेष्टुरेष्ट खोल्न लागेको पुनले भने।

कालिज सुत्केरी र युरिक एसिड भएका लागि लाभदायक मानिन्छ । म्याग्दी र आसपासका क्षेत्रका किसानले उत्पादन गरेको कालिज खपत हुने बजार बेनी, गलेश्वर, तातोपानी, कुश्मा, पोखरा, जोमसोम र घोडेपानी हो । आन्तरिक पर्यटक कालिजका उपभोक्ता हुन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र म्याग्दीका प्राविधिक गणेश रिजालले मानिसहरुको खर्च गर्ने क्षमतामा आएको कमीको असर कालिजपालनमा परेको बताए । “उपभोक्ताहरुसँग पैसा धेरै हुँदा कालिज, च्याङ्ग्रा, खसी, बोकाको खपत धेरै थियो,” उनले भने, “पछिल्लो समय कालिजको मात्र नभएर खसीबोका, लोकल कुखुरा र च्याङ्ग्राको मासुको खपत पनि घट्न थालेको छ ।”

धेरै समय कालिज पाल्दा दानामा लगानी बढ्ने भएकाले सुकुटी बनाउने, ‘डिपफ्रिज’ गर्ने र आन्तरिक बजारीकरण गर्नुपर्ने सुझाव किसानलाई पशु सेवा प्राविधिकहरुले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀