गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले सहायक निर्देशक बन्दना शर्माको आरोप खण्डन गर्दै, ककटेल डिनरमा संस्थाको रकम खर्च नभएको र प्रायोजकको रकम खर्च गरिएको जनाएको छ । संघका अध्यक्ष बद्रि केसीको अध्यक्षतमा बसेको बैठकले संस्थाका राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मेलनहरुमा ककटेल डिनर हुने गरेको भन्दै त्यस्ता कार्यक्रमहरुमा संस्थाको पैसा खर्च नगरी प्रायोजकको पैसा खर्च गर्ने गरिएको...
नेपाली समाज, टेक्ससको अध्यक्षमा पुनः राजेन्द्र वाग्ले निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा अत्यधिक मतका साथ उनी अध्यक्षमा निर्वाचित भएका हुन् । आइतबार बिहान प्रकाशित नतिजा अनुसार अध्यक्षमा विजयी वाग्लेले ८८५ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी कमलराज सत्यालले ६११ मत पाए । २७४ मतान्तरले वाग्ले विजयी भए । नेपाली समाज टेक्ससमा दुई हजार...
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को राजेन्द्रकुमार (आरके) शर्मा समूहले अनलाइन प्रणालीमार्फत गत महिना सम्पन्न निर्वाचनमा योजनाबद्धरूपमा धाँधली भएको आरोप लगाउँदै पुनः निर्वाचनको माग गरेको छ । एनआरएनए आरके समूहद्वारा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन प्रक्रियाअन्तर्गत प्रतिनिधि छनोटदेखि मतदान र नजिता सार्वजनिक हुँदासम्म योजनाबद्धरूपमा धाँधली भएकाले पुनः निर्वाचनको माग गरिएको छ । सङ्घका अध्यक्षको प्रत्यासी आरके शर्माले...
जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा कात्तिक १७ गते शुक्रवार राति गएको भूकम्पबाट प्रभावितलाई गैरआवासीय नेपाली सङ्घले राहत सामग्री हस्तान्तरण गरेको छ । भूकम्पपीडित घरपरिवारका लागि राहत सामग्री हस्तान्तरण गरिएको हो । सङ्घले रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल दुई सय थान, फेन्सी कपडा १० सेट (२०० थान), ब्लाङ्गकेट २०० थान, चप्पल चार सय जोर,...
पछिल्ला बर्षहरुमा गैरआवासीय नेपाली संघ नेतृत्व विवादमा चुर्लुम्म डुबेको छ । १० औं महाअधिवेशनका बखत नेतृत्वमै विवाद भएपछि तीनजना अध्यक्ष र दुई जना महासचिव रहने गरी जम्बो कार्यसमिति बनाइएको थियो । यस पटक पनि नेतृत्व चयनका बेला प्राप्त मत साटफेर भएको भनेर विवाद छ । निर्वाचन समिति र कार्यसमितिले सिस्टममा समस्या आएको भन्दै विवादबाट उम्किन...
काठमाडौँ, १ कात्तिक : नेपाल–अमेरिका पत्रकार सङ्घ (नेजा) ले आयोजना गरेको ‘प्रवासमा नेपाली पत्रकारिता र नेपाली सञ्चार क्षेत्रका अपेक्षा’ विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । समापन कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सङ्ख्यात्मक भन्दा गुणत्मक पत्रकारिता गर्न आग्रह गनुभयो । “थोरै समाचार प्रकाशन गर्नुस् र मौलिक पत्रकारितालाई विशेष ध्यान दिनुहोस्”, उहाँले भन्नुभयो, “समाचार कति...
इजरायलमा जारी युद्धमा परेका नेपालीहरुले यथासीघ्र देश फर्किन पाउँ भनि सरकारसँग आग्रह गरेका छन् । इजरायलबाट नेपाल फर्किनका लागि दुई सय जनाभन्दा बढीले आवेदन दिएको त्यहाँ स्थित नेपाली दूतावासले जानकारी दिएको छ । तेलअविवस्थित नेपाली दूतावासले सोमबार साँझसम्म दुई सयभन्दा बढीले आवेदन दिएको जानकारी गराएको छ । शनिबार सम्म प्यालेस्टाइन विद्रोही हमासको आक्रमणमा परी दस...
प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् । इजरायलस्थित नेपाली राजदूतावासका अनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार...
गैरआवासीय नेपाली संघको यही अक्टोबर १७ तारिखदेखी काठमाण्डौंमा हुने ११ औ महाधिवेशनका लागि अध्यक्षमा डाक्टर बद्रि केसीले उम्मेदवारी घोषणा गरेका छन् । हाल केन्द्रिय उपाध्यक्ष रहेका रसिया निवासी डाक्टर केसीले संस्थागत सुधार तथा प्रवासी नेपालीहरुको हकहितमा काम गर्ने प्रतिवद्धता सहित आफ्नो उम्मेदवारी घोषण गरेका हुन् । केसीले बिहिवार गैरआवासीय नेपाली संघलाई संयुक्त राष्ट्रसंघ अन्र्तगतको अन्तर्राष्ट्रिय...
गैरआवासीय नेपाली संघको अक्टोबर १७ तारिखदेखी हुने चुनावका लागि निर्वाचन समितिले मतदाताहरुको अन्तिम नामावली प्रकाशित गरेको छ । यही अक्टोबर १७ तारिख देखी २० तारिख सम्म काठमाण्डौंमा हुने संघको अन्तर्राष्ट्रिय महाधिवेशनमा सहभागि हुने ४ हजार २ सय २७ जनाको नामवली प्रकाशित गरिएको छ । निर्वाचन अधिकृत यादवप्रसाद ढुङगानाले जारी गरेको प्रेस बिज्ञप्ती अनुसार, दावी बिरोधको...
गैरआवासीय नेपाली संघको चुनावले यति बेला प्रवासी नेपालीहरुका बीचमा रौनक छाएको छ । यसो त यो संस्थाका बारेमा आम सर्वसाधारणलाई त्यत्ति चासो छैन । तर छानिएका प्रतिनिधि, उम्मेदवारको चर्चा परिचर्चाले सामाजिक संजाल यतिबेला तरंगित छ । अर्को तर्फ आकांक्षी उम्मेदवारले अन्तिम समयमा कुन समूहबाट टिकट पाउँछन् या चिप्लिन्छन् भन्ने चासोका कारण पनि हुन सक्छ, गैरआवासीय...
तनहुँ जिल्लामा जन्मेर विश्वभर छरिएर रहेका नेपालीहरुले तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय समिति गठन गरेका छन् । मूल जन्मथलो तनहुँ भएकाहरुको शुक्रबार भएको भेलाले राजन त्रिपाठीको अध्यक्षतामा आठ महादेशबाट आठ उपाध्यक्ष, तीन सचिव, एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष सहित बिभिन्न मुलुकबाट ३० सदस्य रहने गरी कार्यसमिति बनाएको छ । यस्तै, १४ जनाको सल्लाहकार समिति समेत बनाइने जानकारी...