काठमाडौँ — बंगलादेशको राजधानी ढाकामा बंगलादेशी वायु सेनाको एफ-सेभेन जेट विमान दुर्घटना हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो ढाकाको दियाबारी क्षेत्रमा रहेको माइलस्टोन क्याम्पस परिसरमा बंगलादेशी सेनाको जेट विमान खसेको हो । बंगलादेशी सञ्चार माध्यम द डेली स्टारका अनुसार दुर्घटनामा कम्तीमा १ सय ६४ जना घाइते भएका छन् । स्थानीय समयअनुसार दिउँसो १:०६ मा उडेको उक्त...
भारतको महाराष्ट्र राज्यमा भएको रेल दुर्घटनामा सात जना नेपालीको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै, दुर्घटनामा सात नेपालीले ज्यान गुमाएको जानकारी दिएको छ। दुर्घटनामा कैलालीका दुई जना, अछामका चार जना र बाँकेका एक जनाको मृत्यु भएको परराष्ट्र मन्त्रालयको बिज्ञप्तीमा जनाइएको छ । मृत्यु हुनेमा कैलालीका ४३ वर्षीया कमला नवीन भण्डारी, ४० वर्षीय लछिराम...
भारतीय विदेश सचिव विक्रम मिश्री आइतबार काठमाडौं आउँदैछन्। परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयले शुक्रबार छुट्टा छुट्टै विज्ञप्ति जारी गरी विदेशसचिव मिश्री दुई दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आउने जनाएका हुन्। परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा उनी नेपाल भ्रमणमा आउन लागेका हुन्। भारतीय विदेश सचिवको नेपाल भ्रमण नियमित भएको भारतको विदेश मन्त्रालयले जनाएको छ।...
भारतको जम्मुकश्मिरमा बन्धक बनाइएका धनुषा र सिरहाका २८ मजदुरको उद्धार गरिएको छ । उनीहरु रोजगारीका सिलसिलामा त्यहाँ पुगेका थिए । धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले सिरहाका २१ र धनुषाका सात जनालाई उद्धार गरी ल्याइएको जानकारी दिएका छन । उनका अनुसार ती मजदुरहरु कश्मिरको श्रीनगरमा पाँच महिनादेखि बन्धक थिए । महिला, बालबालिका तथा ज्येष्ठ...
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले शिष्टाचार भेट गरेका छन । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा उनिहरूबीच नेपाल अमेरिका सम्बन्धका विविध पक्षहरूका साथै द्विपक्षीय हितका बारेमा छलफल भएको थियो । भेटमा पारस्परिक लाभका विविध पक्ष, विकास तथा साझेदारीका विषयमासमेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अस्ट्रेलियाको सुदूर उत्तरी क्षेत्रमा मङ्गलबार आएको उष्णकटिबन्धीय चक्रवातका कारण करिब सात सय जना व्यक्ति अलपत्र परेका छन् । अस्ट्रेलियाली प्रतिरषा बलले बोरोलोलाको सानो उत्तरी क्षेत्र समुदायका बासिन्दालाई बाहिर निकाल्ने प्रयास गरेको तर सोमबार विमान अवतरण गर्ने प्रयासमा खराब मौसमका कारण बाधा पुगेको थियो । सोमबार दिउँसो आएको हावाहुरीका कारण स्थानीयवासीलाई समुदायमा आश्रय लिन आग्रह गरिएको...
नाइजेरियामा बन्दुकधारीहरूले पुनः आक्रमण गरेर ८७ जनाको अपहरण गरेको अधिकारी र बासिन्दाहरूले बताएको अल जजिराले उल्लेख गरेको छ । एउटा सशस्त्र समूहले एउटा विद्यालयबाट दुई सय ८६ विद्यार्थी र कर्मचारीजलाई कब्जामा लिएको ठीक एक महिनापछि पछिल्लो अपहरण भएको हो । अधिकारीहरूका अनुसार पछिल्लो आक्रमण कदुना राज्यको कजुरु क्षेत्रमा भएको थियो । अपहरणमा महिला तथा बालबालिका...
पृथ्वीको तापक्रम गत वर्षको भन्दा बढेसँगै संयुक्त राष्ट्रसङ्घले सन् २०२४ मा तापक्रम थप वृद्धि हुने चेतावनी दिएको छ । राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्युएमओ) को प्रारम्भिक प्रतिवेदनले सन् २०२३ हाल सम्मकै तातो वर्ष रहेको पुष्टि गरेको छ । गत वर्ष नजिकको सतहको औसत तापक्रम पूर्वऔद्योगिक स्तरभन्दा एक दशमलव ४५ डिग्री सेल्सियस बढी रहेको डब्ल्युएमओले...
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच भेटवार्ता भएको छ ।बहुपक्षीय मञ्च ‘रायसिना संवाद’ को नवौँ संस्करणमा भाग लिन भारतको नयाँ दिल्ली पुगेका मन्त्री साउद र विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता भएको हो । विदेशमन्त्री जयशङ्करले मन्त्री साउदसँगको वार्ताले द्विपक्षीय सम्बन्धको सकारात्मक प्रक्षेपणलाई पुनः पुष्टि गरेको उल्लेख गरेका छन । साथै उनले मन्त्री साउदको ‘रायसिना संवाद’मा...
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले सहायक निर्देशक बन्दना शर्माको आरोप खण्डन गर्दै, ककटेल डिनरमा संस्थाको रकम खर्च नभएको र प्रायोजकको रकम खर्च गरिएको जनाएको छ । संघका अध्यक्ष बद्रि केसीको अध्यक्षतमा बसेको बैठकले संस्थाका राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मेलनहरुमा ककटेल डिनर हुने गरेको भन्दै त्यस्ता कार्यक्रमहरुमा संस्थाको पैसा खर्च नगरी प्रायोजकको पैसा खर्च गर्ने गरिएको...
करिब तीन सय जनाभन्दा बढी भारतीय यात्रुहरू लिएर निकारागुआ जाँदै गरेको विमानलाई ‘मानव तस्करी’ को आशङ्कामा फ्रान्समा अवतरण गरिएको छ । पेरिसका अभियोजकहरूले गोप्य सूचनाका आधारमा बिहीबार विमानलाई नियन्त्रणमा लिइएको जनाएका छन् । विमान संयुक्त अरब इमिरेट्सबाट उडेको थियो । यस बारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।
संयुक्त अरब इमिरेट्स अरब मुद्रा कोषद्वारा जारी गरिएको नवीनतम अरब आर्थिक प्रतिस्पर्धा सूचकाङ्कमा शीर्ष स्थानमा पुगेको छ । अरब संसारमा युएईले आर्थिक प्रतिस्पर्धी राष्ट्रको रूपमा सबैभन्दा बलियो स्थिति निर्माण गरेको छ ।एएमएफको अरब आर्थिक प्रतिस्पर्धा प्रतिवेदनको सातौं संस्करणमा विशेष जोड दिएको यो विषयले समग्र अर्थव्यवस्था, बढ्दो आकर्षक लगानी वातावरण, र बढ्दो आकर्षण सहित महत्त्वपूर्ण क्षेत्रहरूमा...