नाइजेरियामा बन्दुकधारीद्वारा ८७ जना अपहरण

नाइजेरियामा बन्दुकधारीद्वारा ८७ जना अपहरण

nigeria banduk dhari

तस्विर: अन्तराष्ट्रिय संचारमाध्यम

नाइजेरियामा बन्दुकधारीहरूले पुनः आक्रमण गरेर ८७ जनाको अपहरण गरेको अधिकारी र बासिन्दाहरूले बताएको अल जजिराले उल्लेख गरेको छ । एउटा सशस्त्र समूहले एउटा विद्यालयबाट दुई सय ८६ विद्यार्थी र कर्मचारीजलाई कब्जामा लिएको ठीक एक महिनापछि पछिल्लो अपहरण भएको हो ।

अधिकारीहरूका अनुसार पछिल्लो आक्रमण कदुना राज्यको कजुरु क्षेत्रमा भएको थियो । अपहरणमा महिला तथा बालबालिका परेका छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार गाउँहरूको नियमित लुटपाट र फिरौतीका लागि ठूलो मात्रामा अपहरण गर्ने डाकाहरूले उत्तरपश्चिम र उत्तर–मध्य नाइजेरियालाई अशान्त बनाएका छन् । यसबाट करिब १० लाख मानिस विस्थापित भएका छन् ।

दैनिक जस्तो हुने आक्रमणलाई रोक्न अधिकारीहरू असमर्थ देखिएकाले राष्ट्रपति बोला अहमद टिनुबमाथि व्यापक दबाब परेको छ । कदुना प्रहरी प्रवक्ता मन्सुर हसनले कजुरु घटना आइतबार राति भएको बताए । उनले अपहृत गाउँलेहरूलाई उद्धार गर्ने प्रयासमा सुरक्षा बललाई परिचालन गरिएको जानकारी दिएका छन ।

सेनाको पोसाक लगाएका सशस्त्र हमलाकारीहरूले केही दूरीमा आफ्ना मोटरसाइकलहरू पार्क गरेर गाउँमा प्रवेश गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । गाउँका प्रमुख तान्को सरकिनले ८७ जनालाई जबर्जस्ती बन्दी बनाइएको पुष्टि गरे । अर्का बासिन्दा अरुवा याउले पक्राउ परेको र पछि आफ्नो कमजोर स्वास्थ्यका कारण रिहा गरेको दर्दनाक अनुभव सुनाए । उनले स्थानीय सरकारी क्लिनिकमा उपचारको माग गरे । अल जजिराका अनुसार श्रीमती र दुई छोरी रहेका हारुना अतिकुले डाकाहरूले अचानक गरेको आक्रमणको वर्णन गर्दै उनीहरूले खुलेआम हिंसा गरेको बताए ।

अधिकारीहरूका अनुसार घटनाको केही दिनअघि मात्र १० किलोमिटर टाढा डोगोन नोमा क्षेत्रमा १६ व्यक्तिको अपहरण गरिएको थियो । मार्च ७ मा कजुरुदेखि करिब एक सय ५० किलोमिट टाढा कुरिगा गाउँको एक विद्यालयबाट दुई सय ५० भन्दा धरै विद्यार्थीको ठूलो मात्रामा अपहरणपछि उक्त अपहरण भएको हो ।

सुरुमा बोको हरामसँग सम्बन्धित विद्यालय अपहरण ठूलो फिरौतीको माग गर्ने आपराधिक गिरोहहरूको मनपर्ने रणनीति बनेको छ । अपहरणकर्ताहरूलाई फिरौती दिन रोक लगाउने सन् २०२२ को कानूनका बावजुद कुराकानीले प्राय बन्धकहरू रिहा हुने गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀