पोखरा सेरोफेरो

‘रासन खाऊ, ग्याँस लैजाऊ’
रञ्जन अधिकारी पोखरा, २६ मंसिर / ‘साहुजी ग्याँस दिनुस् न’, ‘छैन, आएकै छैन । नभएको ग्याँस के दिनु ?’, ‘अझै आएन ? ग्याँस सर्टेज भाको हो र ?’ … पोखरा नयाँबजारकी सरिता थापाले किराना पसलमा पुगेर यसरी ग्याँस दिन भनेको हप्ता नाघिसक्यो। प्रदर्शनी केन्द्र गेट अगाडिको मुख्य सडकको पसलमा श्रीमान्–श्रीमती जो बसेपनि एउटै जवाफ यसरी...
‘दया जाग्यो, माया पलायो’ अपांगता भएकी बेसहारा महिला र योगी बाबाबीच यसरी भयो प्रेम
रञ्जन अधिकारी पोखरा, २१ पुस / विन्ध्यवासिनी मन्दिर दर्शन गर्न कोहि सिढी उक्लदैंछन् । देवी पुजेर फर्कनेहरु दीनदुःखीलाई केहि पैसा दिँदैछन् । त्यही समूहको अघिल्तिर सानी नानी फुरुक्क पर्दै स्कुल जान हतारिएकी छिन् । सेतो सर्टलाई नीलो स्वीटरले छोपेको छ । निलो फ्रक, पछाडी रातो झोला, दुई तिर रातो रिबनले बाँधेको कपाल, निधारमा पहेंलो टीकाले...
ब्रेकिङ न्युज: पिएनबाट हराएको आईडी कार्ड ‘क्रान्तिकारी नेता’ बस्ने घरमा
रञ्जन अधिकारी पोखरा, १९ फागुन / पृथ्वीनारायण क्याम्पसबाट हराएको विद्यार्थी परिचयपत्र भेटिएको छ । गत फागुन १४ गते शनिबार राति क्याम्पसको विज्ञान संकाय प्रशासन कार्यालको ताला फोडी विद्यार्थीको आईडी कार्ड चोरी भएको भनिएको थियो । सो कार्ड पोखरा ११ तुल्सीमार्ग स्थित एक घरमा विहिबार भेटिएको हो । प्रहरीले सूचनाका आधारमा एक सय ५९ वडा कार्ड...
लाइसेन्स लिन लाइन
रञ्जन अधिकारी पोखरा, १५ भदौ / पोखरामा लामो समयपछि मोटरसाईकलका लागि लाइसेन्स आवेदन खुल्यो । अहिले आवेदन प्रक्रियाका लागि टोकन मात्र बाँडिएको हो । दर्ता त सुरु भएकै छैन । मोटरसाईकलको लाईसेन्स लिनका लागि मात्रै पहिलो चरणमै १३ हजार चार सयले टोकन लिएका छन् । स्कुटर लाइसेन्सका लागि आवेदन सुरु भएकै छैन । यातायात व्यवस्था...
दोहोरो धर्मः ‘मन्दिरमा पूजाआराधाना, गेटमा रक्तदान’ (फोटो फिचर)
रञ्जन अधिकारी पोखरा, ३० साउन / सोमबार श्रीकृष्ण जन्माष्टमी पर्व र अन्तिम साउने सोमबार । पोखराको लेकसाईड स्थित पवित्र धार्मिकस्थल केदारेश्वर महादेव मन्दिरमा सबेरैदेखि भक्तजन उर्लिए । मन्दिरमा पूजा गर्नेहरु छिर्ने गेट छेवैमा लामा लामा दारी पालेकाहरुले अर्को मन्दिर खडा गरे । जहाँ अबिर, फलफूल, नैवेद्य लैजानुपर्दैन थियो । स्वस्थ शरिरका साथ आफू मात्र पुगे...
मन्टेश्वरीमा ‘समाचार’ का कारण शिक्षिका निकाला
रञ्जन अधिकारी पोखरा, ३ असोज / विद्यालयबारे गलत समाचार सम्प्रेषण भएको विवादमा शिक्षिकाको जागिर चट् भएको छ । एक दैनिक पत्रिकामा समाचार प्रकाशन भएको सन्दर्भमा शिक्षिकाले आपत्ति जनाएपछि विद्यालय सञ्चालक रुष्ट बनेका हुन् । बाल दिवस अवसरमा भदौ २९ मा आयोजित कार्यक्रम बढाईं चढाईं मिडियासामु पु¥याएको भन्दै शिक्षिकाहरुबीच खिसिट्याउरी भएको थियो । शिक्षिकाहरु नै विद्यालयको हित...
सुकुम्बासीको नाममा हुकुमबासीको हालीमुहाली !
रञ्जन अधिकारी/प्रकाश ढकाल पोखरा, ३० असोज / पोखरा लेखनाथ महानगरपालिका वडा नं. १५ मजुवाबस्तीस्थित खरबारीमा बनेका घर भत्काईएपछि अहिले त्यहाँका बासिन्दा आन्दोलित छन् । पोखरा लेखनाथ महानगरपालिकाले सो बस्तीमा डोजर लगाएर ३८ वटा घरटहराहरु भत्काएको थियो । २०३३ सालमा कास्की जिल्लाको तत्कालिन भगवतीटार गाउँपञ्चायतमा आएको बाढी पहिरोका कारण विस्थापित भएका पीडितलाई उचित व्यवस्थापन गर्ने भन्दै तत्कालीन...
नाली बन्यो काल
रञ्जन अधिकारी पोखरा, ५ कार्तिक / पोखरामा गत वर्ष १५ दिनमा ४ जनाले सडक नालामै ज्यान गुमाएका थिए । भदौ १५ गते बेलुकी दाङ घर भई पोखरा ४ बस्दै आएकी ४५ वर्षीया मीना भण्डारी सिद्धार्थचोककै नालामा खस्दा ज्यान गुमाईन् । भदौ २२ गते मालपोत कार्यालय नजिक फिर्के खोलामा भएको पुलबाट मोटरसाईकल चलाउने क्रममा कास्की कालिका...
पोखरा आउँदै गरेको स्कुटर बस मुनि, हेलमेटले जोगायो स्कुटर चालकको ज्यान
पोखरा, ६ कार्तिक / प्रायः सवारी दुर्घटना ओभरटेकका क्रममा हुन्छ । असावधानी र लापरबाहीले सडकबाट उछिटिन्छन् । त्यतिमात्र होईन, अगाडिको सवारीले एक्कासी ब्रेक लगाउँदा पछाडीको सवारी ठोक्किएर पनि दुर्घटना हुन्छ । यसका लागि सवारी चालकले आफूभन्दा पछाडीको सवारी समेत हेरेर सावधानीपूर्वक गति सीमित गर्नुपर्दछ । तनहुँमा बस एक्कासी स्पीड कम गर्दा स्कुटर बस मुनि छिर्न...