ब्रेकिङ न्युज: पिएनबाट हराएको आईडी कार्ड ‘क्रान्तिकारी नेता’ बस्ने घरमा

ब्रेकिङ न्युज: पिएनबाट हराएको आईडी कार्ड ‘क्रान्तिकारी नेता’ बस्ने घरमा

ID card

रञ्जन अधिकारी पोखरा, १९ फागुन / पृथ्वीनारायण क्याम्पसबाट हराएको विद्यार्थी परिचयपत्र भेटिएको छ । गत फागुन १४ गते शनिबार राति क्याम्पसको विज्ञान संकाय प्रशासन कार्यालको ताला फोडी विद्यार्थीको आईडी कार्ड चोरी भएको भनिएको थियो । सो कार्ड पोखरा ११ तुल्सीमार्ग स्थित एक घरमा विहिबार भेटिएको हो । प्रहरीले सूचनाका आधारमा एक सय ५९ वडा कार्ड नियन्त्रणमा लिएको छ ।

कार्ड चोरी भएको भन्दै नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले फागुन १८ गते निर्धारित स्ववियु चुनाव नै स्थगन हुने गरी क्याम्पसमा तालाबन्दी गरेको थियो । कार्ड भेटिएको घरको बीच तल्लामा अखिल क्रान्तिकारीकै नेता भाडामा बस्दै आएका छन् । विज्ञान संकायका विद्यार्थीका पाँच सय बढि आईडीकार्ड हराएको दाबी गर्दै क्रान्तिकारीले कार्ड नभेटिएसम्म चुनाव हुन नदिने अडान राखेपनि अन्ततः सहमतिमा आएपछि यही फागुन २५ गते चुनावको मिति तोकिसकिएको छ ।

यसरी भेटियो कार्ड

तुल्सीमार्ग स्थित निरञ्जन रञ्जितको घरको भुईंतल्लाको भ¥याङमुनी कार्ड भेटियो । विहिबार साँझ करीब ६ बजेतिर सोहि घरको अघिल्लो सटरमा चाउचाउ गोदामको गाडीमा काम गर्ने एक चालक भ¥याङमुनी चाउचाउको कार्टुन खोज्दै गए । उनले प्लाष्टिकको पोकामा कार्ड फेला पारे । घर अगाडि चटपट बेचेर बस्ने महिलालाई चटपट खान ‘बलियो चम्चा हुने भो’ भन्दै पोको बोकेर निस्किए । १२ वर्षीय एक किशोरले पिएन क्याम्पसको आईडी कार्ड रहेछ भनेपछि स्थानीयले प्रहरीलाई खबर गरे ।

सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बगरको संयुक्त टोली घटनास्थल पुग्यो । राति ११ बजेमात्रै मुचुल्का उठाएर प्रहरी टोली फक्र्यों । प्लाष्टिकमा करीब दर्जन समूहमा छुट्याएर राखिएको कार्ड गन्दा एक सय ५९ मात्रै भेटियो ।

सो घरमा घरधनी बस्दैनन् । छिमेकीका अनुसार घरको बीच तल्लामा अखिल क्रान्तिकारीका पृथ्वीनारायण क्याम्पस जिल्ला समिति ईञ्चार्ज क्षितिज सापकोटा स–परिवार बस्छन् । ‘खोई हामी एक अर्कालाई चिन्दैनौं तर यो घरमा माओवादीका विद्यार्थी नेता बस्छन् । पिएन क्याम्पससँग जोडिने मान्छे यो घरमा अरु छैनन् ।’ – नाम नखुलाउने शर्तमा ति छिमेकीको भनाई थियो । यद्यपी, प्रहरीले मुचुल्का उठाएर कार्ड मात्रै लगेको छ । यस सम्बन्धमा अनुसन्धान हुने प्रहरीले बताएको छ ।

श्रोतका अनुसार केहि व्यक्ति प्रशासनको ढोका फोडेको १५ गते दिउँसो दुई घण्टासम्म त्यहाँ डुलिरहेका थिए । उनीहरु क्रान्तिकारी समर्थित रहेको ठम्याएको प्रहरी श्रोतको भनाई छ । त्यसबेलादेखि नै उनीहरुको गतिविधि नियालिरहेको श्रोतले बतायो ।

पश्चिमाञ्चलकै ठूलो पृथ्वीनारायण क्याम्पसमा यही कार्ड हराएको विषय छानविनका कारण फेरि चुनावको कार्यतालिका प्रभावित हुने देखिएको छ । आईतबारदेखि नै क्याम्पसमा तालाबन्दीको कारण तनाव थियो । यस विषयमा पूर्व क्याम्पस प्रमुख प्रा.डा. दिलबहादुर क्षेत्रीको संयोजकत्वमा छानविन समिति नै बनेको थियो । सो समस्या समाधान समितिले सोमबार बैठक समेत डाकेकोमा निश्कर्षमा पुग्न सकेन र निर्वाचन कार्यतालिका प्रभावित बन्यो । क्याम्पस प्रशासनले मंगलबार सूचना जारी गर्दै चुनाव स्थगित भएको जनायो । बुधबार फेरि सहमति भएपछि क्याम्पस प्रमुख प्रा. डा. देवेन्द्रबहादुर लामिछानेले फागुन २५ गतेलाई चुनावको अर्को मिति तोके । नेकपा एमाले समर्थित अनेरास्ववियूले भने जुनसुकै हालतमा निर्वाचन हुनुपर्ने जनाउँदै आएको थियो ।

अनेरास्ववियूका क्याम्पस कमिटि संयोजक राजन शर्मा पराजुलीले विज्ञप्ती मार्फत नै अखिल क्रान्तिकारीले आफूले लज्जाजनक हार व्यहोर्ने निश्चित भएपछि निर्वाचन तालिकालाई प्रभावित पार्ने गरी यो हर्कत गरेको आरोप लगाएका थिए । उनले विज्ञप्तीमार्फत ‘काँक्रो आफू चोरेर खाने र बियाँ अरुको मुखमा टाँस्न खोज्ने” अखिल क्रान्तिकारीको दोहोरो चरित्रको निन्दा गरेका थिए ।

नेवि संघ केन्द्रिय सदस्य भानु ढकालले पृथ्वीनारायण क्याम्पसमा पनि यही २५ गते हुने भनिएको निर्वाचन विरुद्ध आठ विद्यार्थी संगठन रहेको जानकारी दिए । पृथ्वीनारायण क्याम्पस प्रमुखले कसैसँग छलफल नगरी निर्वाचन मिति घोषणा गरेको उनको भनाई छ । तर, पृथ्वीनारायण क्याम्पसमा फागुन १८ गते चुनाव रोकिएको अखिल क्रान्तिकारीको तालाबन्दीले हो । उसले भने सहमति जनाईसकेको छ ।

यी न्युजहरु पनि पढ्नुहोस् :

स्ववियु चुनावमा होमिए विद्यार्थी, यस्तो छ कास्कीका ६ क्याम्पसमा रौनक

पिएनमा चुनाव रोके क्रान्तिकारीले, अनेरास्ववियुको आपत्ति, पाँच क्याम्पसमा हुने

पोखराको स्ववियु चुनाव: जनप्रिय, संस्कृत र नर्सिङमा नेविसंघ, बनमा अनेरास्ववियु

ईञ्जिनियरिङमा नेवि संघ र क्रान्तिकारीद्वारा मतगणनामा अवरोध

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
16 Jan · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 15 Jan 2025 19:05 UTC
Latest change: 15 Jan 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
138.19down
Indian Rupee 
Indian Rupee
86.33down
US Dollar 
US Dollar
1
Euro 
Euro
0.97
British Pound 
British Pound
0.82
Australian Dollar 
Australian Dollar
1.61down
Japanese Yen 
Japanese Yen
156.86down
US Dollar 
US Dollar
1
16 Jan · FX SourceRastra 
Nepal Rastra bank
Check: 15 Jan 2025 19:05 UTC
Latest change: 15 Jan 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀