पोखरा सेरोफेरो

राहतका लागि नागरिकता मात्र भए हुने
पोखरा, १९ चैत । लकडाउनका कारण प्रभावित गरीब तथा विपन्न वर्गलाई राहत दिन पोखरा महानगरपालिकाले तोकेको मापदण्डलाई सहज बनाइएको छ । अब राहत लिनका लागि स्वयंको नागरिकता वा सम्बन्धित घरधनीको नागरिकतामध्ये कुनै एउटा भए हुने पोखरा महानगरपालिका वडा नं ९ का वडाध्यक्ष रामराज लामिछानेले बताए । ‘पोखरा महानगरपालिकाको आज कार्यपालिका बैठकमा मापदण्ड झन्झटिलो र अव्यवहारिक...
राहत वितरण व्यवस्थित र प्रभावकारी बनाउँ – कास्की काँग्रेस
पोखरा, १७ चैत । नेपाली काँग्रेस कास्कीले सरकारले उपलब्ध गराउन लागेको राहतलाई व्यवस्थित र व्यवहारिक बनाउन माग गरेको छ । राहत वितरणका लागि तयार पारिएको मापदण्ड अव्यवहारिक र झन्झटिलो भएकाले त्यसलाई सहज बनाउन माग गरेको हो । ‘विपन्न र गरीब नागरिकका लागि जतिसक्दो चाडो राहत जरुरी छ, कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा भनिएको...
कास्की काँग्रेसद्वारा अपिल
पोखरा, १५ चैत । नेपाली काँग्रेस कास्कीले लकडाउनको समयमा निम्न वर्गका नागरिकमा संकट पर्न थालेको भन्दै सरकारको ध्यानकर्षण गराएको छ । लकडाउन चौथो दिनसम्म आइपुग्दा दैनिक ज्यालादारी र मजदुरी गर्नेमा खाद्यान्न संकट सृजना हुन थालेको भन्दै तीन तहैका सरकारको ध्यानाकर्षण गराएको हो । कास्की काँग्रेसले अपिलमार्फत् पार्टी सबै इकाईलाई नागरिकमा पर्न थालेको समस्या समाधानमा गम्भिर...
इक्वालिटि फाउण्डेशनद्वारा भद्रकालीलाई सहयोग
पोखरा, २४ माघ । इक्वालिटि फाउण्डेशनले पोखरा १३ स्थित भद्रकाली उच्च माविलाई कम्युटर कक्ष स्थापनाका लागि सहयोग गरेको छ । विद्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच फाउण्डेशनले २ लाख ३५ हजार रुपैया सहयोग प्रदान गरेको छ । सो रकम अमेरिकामा बसोबास गर्ने नेपालीहरुबाट चन्दा स्वरुप संकलन गरिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा फाउण्डेशनकोतर्फबाट सदस्य...
प्रेस युनियनका पार्षद् पराजुलीलाई मातृशोक
पोखरा, १३ माघ । नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद् एवं पत्रकार कमल पराजुलीलाई मातृशोक परेको छ । पोखरा ४ निवासी पराजुलीकी ममतामयी आमा राधा पराजुलीको ६३ वर्षको उमेरमा निधन भएको हो । केही समयदेखि क्यान्सरबाट पीडित पराजुलीको राजधानीमा उपचारका क्रममा आइतबार राति निधन भएको थियो । सोमबार पोखरा तुल्सिघाटस्थित सेती नदीमा स्वर्गीय पराजुलीको अत्येष्टि गरिएको...
नेता शुक्रराज शर्माको पुस्तकको प्रशंसा नै प्रशंसा
पोखरा, ३ माघ । नेपाली काँग्रेसका नेता शुक्रराज शर्माद्वारा लिखित काँङ्ग्रेसमा सङ्कल्पित ५२ वर्ष नामक पुस्तकको पोखरामा शुक्रबार परिचर्चा गरिएको छ । प्रजातान्त्रिक विचार समाज कास्कीले गरेको कार्यक्रममा विश्लेषक, अधिवत्ता र नेताहरुले पुस्तकको चर्चा मात्रै गरेनन् प्रशंसा नै प्रशंसा गरे । ५ दशक बढी समय नेपाली काँग्रेसको राजनीतिमा बिताएका शर्माले लेखेको सो पुस्तक २ सय...
राष्ट्रिय महिला अधिकार मञ्चको १० औं साधारणसभा
पोखरा, २८ पुस । राष्ट्रिय महिला अधिकार मञ्च कास्कीको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले अध्यक्ष कल्पना ढकाल, सचिव विष्णुमाया पौडेल, कोषाध्यक्ष शोभा आचार्यको प्रतिवेदन पारित गरेको छ । कार्यक्रममा संस्थाका लागि योगदान गरेको भन्दै कृष्तिकी लक्ष्मी थापा, काँहुकी पार्वती आचार्य , पोखरा ९ की दिलमाया गुरुङ र सिद्वार्थ क्लबलाई सम्मान गरिएको...
समाजसेवी बरालद्वारा न्यायो कपडा वितरण
पोखरा, २५ पुस । पोखरा १३, आर्वा निवासी समाजसेवी राम बरालले विद्यार्थीलाई न्यायो कपडा वितरण गरेका छन् । उनले आर्वा थापाचौतारास्थित सिमला आधारभूत विद्यालयका २५ जनालाई विद्यार्थीलाई ज्याकेट वितरण गरेका हुन् । विद्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच उनले विद्यार्थीलाई ज्याकेट वितरण गरेका थिए । विद्यार्थीका लागि न्यायो कपडा आवश्यक देखेर वितरण गरेको बरालको भनाइ छ ।...
तरुण दल पोखरा १३ द्वारा काँग्रेस क्रियाशील सदस्यको भेटघाट
पोखरा, १२ पुस । नेपाल तरुण दल पोखरा १३ को कार्यक्रममा पार्टीका शीर्ष नेतालाई जोडेर कार्यकर्तालाई कमजोर नपार्न आग्रह गरिएको छ । पोखरा १३ मा काँग्रेस क्रियाशील कार्यकर्ताबीचको भेटघाट कार्यक्रममा गुटउपगुटमा नलाग्न कार्यकर्तालाई निर्देशन दिइएको हो । कार्यक्रममा नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले पार्टी बलियो बनाउने अभियानमा सचेत कार्यकर्ता होमिने बेला आएको बताए...
पृथ्वी बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
पोखरा, २९ मंसिर ।पोखरा ८, पृथ्वीचोकस्थित पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले अध्यक्ष ओमबहादुर कार्की, कोषाध्यक्ष कृष्णकुमार मुल्मी, लेखा समिति सदस्य खिमबहादुर खड्का र ऋण समिति सदस्य सूर्यबहादुर थापाले प्रस्तुत गरेका प्रतिवेदन पारित गरेको छ । त्यसअवसरमा उत्कृष्ट निक्षेपकर्ता ज्ञानेश्वरराज श्रेष्ठ, उत्कृष्ट बचतकर्ता शोभाकान्त पौडेल, उत्कृष्ट शेयर सदस्य...
प्रहरीले पत्रकार अधिकारीलाई आतंकित पारेकोमा प्रेस युनियन कास्कीको आपत्ति
पोखरा, २४ मंसिर । नेपाल प्रेस युनियन कास्कीले पोखराका पत्रकार राजेन्द्र अधिकारीलाई प्रहरी प्रशासनले आतंकित पार्ने काम गरेकोभन्दै त्यसप्रति ध्यानाकर्षण भएको जनाएको छ । केही दिन यता पत्रकार अधिकारीलाई विभिन्न वहानामा आतंकित बताउँदा उनी पोखराबाट विस्थापित हुनुपरेको भन्दै तत्काल पोखरा फर्केर पत्रकारिता गर्ने वातावरण निर्माण गर्न माग गरेकोे छ । कुनै पनि वहानामा पत्रकारलाई प्रभावित...
एन प्याब्सनको शैक्षिक प्रदर्शनी तयारी तीव्र
पोखरा, २२ मंसिर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन नेपाल(एन प्याब्सन) कास्कीले गर्न लागेको तेस्रो बृहत् शैक्षिक प्रदर्शनीको तयारी तीव्र पारिएको छ । एन प्याब्सन कास्कीले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी तयारी तीव्र पारेको जनाएको हो । ‘एनप्याब्सान कास्कीको ध्येय, विद्यार्थीको मौलिक सिर्जनालाई श्रेय’ भन्ने मूल नाराका साथ विद्यार्थीको शारीरिक, मानसिक, सामाजिक एवम् सर्वाङ्गीण...