राहतका लागि नागरिकता मात्र भए हुने

राहतका लागि नागरिकता मात्र भए हुने

rahat

पोखरा, १९ चैत । लकडाउनका कारण प्रभावित गरीब तथा विपन्न वर्गलाई राहत दिन पोखरा महानगरपालिकाले तोकेको मापदण्डलाई सहज बनाइएको छ ।

अब राहत लिनका लागि स्वयंको नागरिकता वा सम्बन्धित घरधनीको नागरिकतामध्ये कुनै एउटा भए हुने पोखरा महानगरपालिका वडा नं ९ का वडाध्यक्ष रामराज लामिछानेले बताए ।

‘पोखरा महानगरपालिकाको आज कार्यपालिका बैठकमा मापदण्ड झन्झटिलो र अव्यवहारिक भएको कुरा राखे, छलफलपछि नागरिकता बाहेकका अन्य सबै मापदण्ड हटाउने निर्णय भएको छ,’ पोखरा महानगरपालिका विपक्षि दलका नेता समेत रहेका वडाध्यक्ष लामिछाने भने । यस्तो व्यवस्थाले गरीब तथा विपन्न वर्गलाई राहत लिन सहज हुने उनको भनाइ छ ।

यसअघि महानगरपालिकाले राहतका लागि निवेदकको नागरिकताको फोटोकपी, फोटो, घरको नक्सापास, खानेपानी तथा विद्युत महसुल तिरेको बिल र घर बहाल सम्झौता पत्रको फोटोकपी आवश्यक पर्ने मापदण्ड तोकेको थियो ।

यस्तो मापदण्ड झन्झटिलो र अव्यवहारिक भएको भन्दै नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले विज्ञप्तिमार्फत् मापदण्ड सहज बनाउन माग गरेका थिए ।

‘अब राहत लिन सजिलो भएको छ, वडाध्यक्ष लामिछानेको भनाई उदृत गर्दै नेपाली काँग्रेसका कास्कीका प्रवत्ता नवीन सिग्देलले भने, राहत आवश्यक पर्ने वर्गले सम्वन्धित टोल विकास संस्थासँग समन्वय गरी वडा कार्यालयबाट राहत लिन सक्नु हुनेछ।’

प्रवत्ता सिग्देलले काँग्रेसका सबै इकाइ समितिलाई राहत वितरणमा आवश्यक सहयोग र समन्वय गर्न पार्टीले निर्देशन दिइसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀