एन प्याब्सनको शैक्षिक प्रदर्शनी तयारी तीव्र

एन प्याब्सनको शैक्षिक प्रदर्शनी तयारी तीव्र

N pabson

पोखरा, २२ मंसिर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन नेपाल(एन प्याब्सन) कास्कीले गर्न लागेको तेस्रो बृहत् शैक्षिक प्रदर्शनीको तयारी तीव्र पारिएको छ ।

एन प्याब्सन कास्कीले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी तयारी तीव्र पारेको जनाएको हो ।

‘एनप्याब्सान कास्कीको ध्येय, विद्यार्थीको मौलिक सिर्जनालाई श्रेय’ भन्ने मूल नाराका साथ विद्यार्थीको शारीरिक, मानसिक, सामाजिक एवम् सर्वाङ्गीण विकासका लागि मंसिर २४ देखि २७ गतेसम्म कार्यक्रम गर्न लागिएको हो । कार्यक्रम पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुनेछ ।

शैक्षिक प्रदर्शनीमा पूर्व प्राथमिक तह, गणित, विज्ञान, सामाजिक अध्ययन, अङ्ग्रेजी र नेपालीका विषयगत विधा रहने छन् ।

‘एन प्याब्सनका ठूला गतिविधिमध्य एउटा शैक्षिक प्रदर्शनी र अर्काे स्पोर्टस् मिट हो’ अध्यक्ष हेमन्त अधिकारीले भने, ‘सबैको सहयोगका कारण कार्यक्रम सफल भएका छन्।’

कार्यक्रम १ लाख जनाले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । करीब ३० देखि ४० हजार विद्यार्थी र अभिभावकले मात्रै प्रदर्शनी अवलोकन गर्ने अनुमान गरिएको छ । शैक्षिक प्रदर्शनीलाई लक्षित गरी विद्यार्थीहरु पाठ्यक्रममा आधारित विविध उपकरण निर्माणमा तल्लिन रहेको निवर्तमान अध्यक्ष रामबहादुर मोचीको भनाइ छ ।

शैक्षिक प्रदर्शनीसँगै साङगितिक र साँस्कृतिक मनोरञ्जन समेत प्रदान गरिने छ। आफ्नो कार्यकालमा शैक्षिक गतिविधि सञ्चालन गर्ने लक्ष्य राखेका अध्यक्ष अधिकारीले नेशनल प्याब्सान कास्की अन्तर्गतका ४६ वटै विद्यालयबाट आत्मीयता, रचनात्मक सहयोग एवम् सद्भावको अपेक्षा गरेका छन् ।

शिक्षण सिकाइमा नयाँ प्रविधिसँग प्रत्यक्ष साक्षात्कार गराई बालबालिकामा अन्तर्निहित सिर्जनशीलता जागृत गर्न कार्यक्रमले टेवा पु¥याउने बताइएको छ ।

शैक्षिक प्रदर्शनीसँगै लोकनृत्य प्रतियोगिता पनि गरिने छ । लोकगीत र संस्कृति संरक्षणमा टेवा पु¥याउने उद्देश्यले सो प्रतियोगिता गर्न लागिएको हो ।

कार्यक्रम सम्पन्न गर्न विभिन्न १० वटा उपसमिति गठन गरिएको छ । प्रेमराज अधिकारीको संयोजकत्वमा प्रचारप्रसार तथा लोकनृत्य व्यवस्थापन , केशवशरण पौडेलको संयोजकत्वमा टेन्ट, मञ्च व्यवस्थापन र सजावट, सञ्जय पौडेलको संयोजकत्वमा स्वास्थ्य उपचार तथा खानेपानी व्यवस्थापन, राजु केसीको संयोजकत्वमा दर्शक तथा सुरक्षा व्यवस्थापन, रत्नाकुमारी गुरुङको संयोजकत्वमा पुरस्कार व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

त्यस्तै, मनकाजी गुरुङको संयोजकत्वमा सचिवालय, शिवदत्त तिवारीको संयोजकत्वमा विधागत व्यवस्थापन, रामबहादुर मोचीको संयोजकत्वमा अतिथि सत्कार र हेमन्त अधिकारीको संयोजकत्वमा न्यायिक छानविन तथा मूल्यांकन उपसमिति गठन गरिएको छ ।

कार्यक्रम सम्पन्न गर्न ११ लाख रुपैया खर्च लाग्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
02 Jun · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 02 Jun 2025 00:20 UTC
Latest change: 01 Jun 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.93
Indian Rupee 
Indian Rupee
85.54
US Dollar 
US Dollar
1
Euro 
Euro
0.88
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.55
Japanese Yen 
Japanese Yen
144.06
US Dollar 
US Dollar
1
02 Jun · FX SourceRastra 
Nepal Rastra bank
Check: 02 Jun 2025 00:20 UTC
Latest change: 01 Jun 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀