देश

कास्की काँग्रेसद्वारा जनजागरण अभियानको कार्यक्रम तय
पोखरा, २९ बैशाख । नेपाली काँगेस कास्कीले राष्ट्रिय जनजागरण अभियानलाई तिव्र पार्ने भएको छ । पार्टीका केन्द्रीय सदस्य एवं केन्द्रीय प्रतिनिधि अर्जुन जोशीको उपस्थितिमा आइतबार बसेको कास्की काँग्रेसको बैठकले त्यस्तो निर्णय गर्दै प्रथम चरणको कार्यक्रम पनि तय गरेको छ । बैठकले कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा जनजागरण अभियान अन्तर्गत पहिलो चरणमा कार्यकर्ता भेला र अभिमुखिकरण...
बेलायतको एफआरसिपी उपाधिबाट डा थापा विभूषित
पोखरा, २१ वैशाख। नेपालमा मेडिसिनसम्बन्धी चिकित्सा सेवामा विशिष्ट योगदान पुर्याएवापत बेलायतको एफआरसिपी उपाधिबाट डा बुद्विबहादुर थापा विभूषित भएका छन्। करिब चार दशकभन्दा बढी समयदेखि चिकित्सा सेवामा योगदान पुर्याउँदै आएका डा थापा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति तथा प्रमुख कन्सल्टेण्ट फिजिसियन हुन्। नेपालका फिजिसियनहरुको छाता संगठन सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल(साईमन) को काठमाडौंमा आयोजित १४...
काँग्रेस कोषाध्यक्षहरुको राष्ट्रिय सम्मेलन भोलिदेखि
पोखरा, २७ चैत । नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्षहरुको पोखरामा हुने तेस्रो राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिले पोखरामा मङ्गलबार पत्रकार भेटघाट गरी सम्मेलनको तयारी पूरा भएको जनाएको हो । सम्मेलन चैत्र २८ र २९ गते हुदैछ । सम्मेलनको उद्घाटनसत्र चैत्र २८ गते पोखरा सभागृहमा हुनेछ । उद्घाटनसत्रलाई पार्टीका...
कास्की काँग्रेस विरोध प्रदर्शनको तयारीमा
पोखरा, १५ माघ । नेपाली काँग्रेस कास्की माघ २१ गतेको विरोध प्रदर्शनको तयारीमा जुटेको छ । कास्की काँग्रेसको मङ्गलबार बसेको बैठकले प्रदर्शनलाई प्रभावकारी बनाउने गरी तयारीमा जुट्ने निर्णय गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए । काँग्रेसले सरकारका गतिविधि विरुद्व माघ २१ गते देशभरका ७७ जिल्लामा नै प्रदर्शन गर्दैछ । बैठकले पार्टीका भातृ तथा शुभेच्छुक...
तरुण दलले पोखरामा शुक्रबार प्रदर्शन गर्ने, तयारी पूरा
पोखरा, १० माघ । सरकारका गतिविधिको विरोध गर्दै नेपाल तरुण दलले पोखरामा शुक्रबार प्रदर्शन गर्दै छ । नेपाल तरुण दल केन्द्रीय समितिको आयोजना तथा नेपाल तरुण दल कास्कीको व्यवस्थापनमा गण्डकी प्रदेशस्तरीय प्रदर्शन गर्न लागिएको हो । सात वटै प्रदेशमा प्रदर्शन गर्ने तरुण दलको निर्णय अनुसार पोखरामा पनि प्रदर्शन गर्न लागिएको छ । प्रदर्शनको सम्पूर्ण तयारी...
चुपचाप सहयौ, अब त सरकारले अति नै ग¥यो – देउवा
पोखरा, ६ माघ । नेपाल मुस्लिम संघको गण्डकी प्रदेश स्तरीय भेला पोखरामा शनिवार सम्पन्न भएको छ । नेपाल मुस्लिम संघ केन्द्रीय समितिको आयोजना तथा कास्की शाखाको व्यवस्थापनमा भेला भएको हो । भेला उद्घाटन गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार विरुद्व संसद र सडकबाट शशक्त कदम चाल्नु पर्ने समय भएको बताए । एक वर्षसम्म सरकारका...
तरुण दलको प्रदर्शनका लागि तयारी बैठक
पोखरा, ३ माघ । नेपाल तरुण दलले माघ ११ गते पोखरामा गर्न लागेको प्रदर्शनका लागि बिहीबार तयारी बैठक भएको छ । नेपाली काँग्रेस कास्कीका पदाधिकारी, क्षेत्रीय सभापति, नगरसभापति, शुभेच्छुक तथा भातृ संस्थाका सभापतिहरुको संयुक्त बैठक बसेको हो । बैठकले पोखराको चिप्लेढुङ्गाबाट प्रदर्शन शुरु गरी नयाँबजार हुदै पृथ्वीचोकमा पुगेर सभा गर्ने निर्णय गरेको छ । बैठकले...
पोखरामा प्रदेशस्तरीय बेटी सम्मेलन
पोखरा, २ माघ । मूलधार महिला सेवा केन्द्र(मासवेस) उदयपुरको आयोजनामा पोखरामा मङ्गलबार प्रदेशस्तरीय बेटी सम्मेलन भएको छ । ‘सहन नपरोस् हिंसा र दुव्र्यवहार, स्वास्थ्य र शिक्षालाई बनाऔं चेलीबेटी शशक्तिकरणको हतियार’ भन्ने मूल नाराका साथ सम्मेलन गरिएको हो । नेपाल परिवार नियोजन संघ कास्कीको सहयोगमा आयोजित सम्मेलनमा ५५ जनाको सहभागिता रहेको थियो । सम्मेलन उद्घाटन गर्दै...
पोखरामा नेवि संघको भ्रष्टाचार विरोधी अभियान
पोखरा, २३ पुस । नेपाल विद्यार्थी संघका विद्यार्थीले पोखरामा सोमबार भ्रष्टाचार विरोधी अभियान संचालन गरेका छन् । पोखराको पृथ्वीनारायण क्याम्पसबाट शुरु भएको अभियान सोमबार वीपी चोक, शहिदचोक, एयरपोर्ट, तालचोक र पोखरा विश्वविद्यालयमा संचालन गरियो । ती स्थानहरुमा सरकारको विरोध गर्दै भ्रष्टाचारीलाई प्रवेश निषेध लेखिएको कालो व्यानर टाँसिएको छ । नेपाली काँग्रेस महासमिति सदस्य गुरु बरालले...
प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार कविर र समिरलाई
पोखरा २० पुस । नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार यस वर्ष अग्रज पत्रकार कविर राणा र समिर जंग शाहलाई प्रदान गरिने भएको छ । पुरस्कार योग्य प्रतिभा छनोट समितिको बैठकको निर्णयलाई युनियनको कास्की शाखाको शुक्रबारको बैठकले सर्वसम्मत रुपमा अनुमोदन गरेको हो । पुरस्कारको राशि ३५ हजार पाँच सय ५५...
सरकारलाई खबरदारी गर्दै देशभरबाट तरुण दलले पठायो ज्ञापन पत्र
पोखरा, १८ मंसिर । नेपाल तरुण दलले सोमबार देशभरबाट जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । सरकारको पछिल्लो गतिविधिप्रति तरुण दलको ध्यानाकर्षण भएको जनाउँदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो । नेपाल तरुण दल कास्कीले पनि सोमबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई ज्ञापनपत्र...
महिला संघको प्र्र्रश्न – देशमा सरकार छ र ?
पोखरा, ८ असोज । नेपाल महिला संघ कास्कीले आइतबार प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र पठाएको छ । संघले जिल्ला प्रशासन कार्यालय कास्की मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो । देशभरबाट नै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने नेपाल महिला संघ केन्द्रीय समितिको निर्णय अनुसार कास्कीबाट पनि पठाइएको हो । नेपाल महिला संघ कास्कीकी सभापति कोपिला रानाभाटले कास्कीका प्रमुख जिल्ला अधिकारी...