प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार कविर र समिरलाई

प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार कविर र समिरलाई

pic-720×335

पोखरा २० पुस । नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार यस वर्ष अग्रज पत्रकार कविर राणा र समिर जंग शाहलाई प्रदान गरिने भएको छ ।

पुरस्कार योग्य प्रतिभा छनोट समितिको बैठकको निर्णयलाई युनियनको कास्की शाखाको शुक्रबारको बैठकले सर्वसम्मत रुपमा अनुमोदन गरेको हो ।

पुरस्कारको राशि ३५ हजार पाँच सय ५५ रुपैयाँ सहित दोसल्ला र सम्मान पत्र रहेको छ । युनियनको कास्की शाखाले स्थापना गरेको पत्रकारिता पुरस्कार एवं पत्रकार कल्याण कोषबाट प्रदान गरिन लागेको यो दोस्रो पुरस्कार हो । यस अघि पहिलो पुरस्कार पोखराका अग्रज पत्रकार गंगाधर पराजुलीलाई प्रदान गरिएको हो ।

नेपाल प्रेस युनियन कास्कीको अधिवेशनमा उक्त पुरस्कारबाट राणा र शाहलाई संयुक्त रुपमा सम्मान गरिने प्रेस युनियन कास्की अध्यक्ष शिरोमणि बरालले जानकारी दिए ।

लोकतान्त्रिक मूल्य, मान्यता र आदर्श अनुरुप न्यूनतम् १५ वर्ष पत्रकारिता गरेको र युनियनको सुदृढिकरणमा योगदान दिएको पत्रकारलाई उक्त पुरस्कार दिने व्यवस्था गरिएको छ । पुरस्कार प्राप्त गर्नका लागि युनियनको सदस्य रहेर निरन्तर १५ वर्ष बिताएको हुनुपर्ने व्यवस्था पनि गरिएको छ ।

युनियनको कास्की शाखा अध्यक्ष बरालको अध्यक्षतमा सम्पन्न बैठकले छनोट समितिको निर्णयलाई अनुमोदन गरेको युनियनका सचिव प्रकाशचन्द्र सापकोटाले जानकारी दिए ।

छनोट समितिको संयोजकमा नेपाल प्रेस युनियन कास्कीका सल्लाहकार तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पत्रकार गंगाधर पराजुली र सदस्यहरुमा नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका अध्यक्ष विजयनाथ भण्डारी, डिएलए कास्कीका अध्यक्ष विष्णुप्रसाद मरासिनी, चन्दादाता नेपाली काँग्रेस कास्कीका जिल्ला सदस्य पुष्पराज पराजुली, संस्थापक कार्यसमितिको तर्फबाट नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनी साथै युनियनका कास्की अध्यक्ष शिरोमणि बराल र सचिव प्रकाशचन्द्र सापकोटा रहेका थिए ।

वालकोट–९ भक्तपुरमा जन्मिएका अग्रज पत्रकार कविर राणा काठमाण्डौंमा रहेर झण्डै तीन दशक पत्रकारिता क्षेत्रमा बिताएका छन् । देशान्तर साप्ताहिकमा रिपोर्टरको रुपमा काम शुरु गरेका राणा हाल देशान्तर मिडिया प्रालिको संस्थापक कार्यकारी अध्यक्ष हुन् । अन्तराष्ट्रिय समाज साप्ताहिक सम्पादक नेपाल च्याप्टरको अध्यक्ष रहेका राणा विभिन्न मिडियामा काम गरिसकेका छन् । नेपाल टेलिभिन र राष्ट्रिय समाचार समितिको वोर्ड निर्देशक भएर काम गरिसकेका राणा पत्रकारका विभिन्न संस्थाका सल्लाहकार समेत रहेर काम गरेका छन् ।

त्यसैगरी भेरी नगरपालिका–३ जाजरकोटका जन्मिएका पत्रकार समीर जंग शाह राजधानीलाई कर्मथलो बनाइ विगत साढे दुई दशक पत्रकारिता क्षेत्रमा बिताएका छन् ।

२०५० साल देखि जनमञ्च साप्ताहिकमा जाजरकोटबाट समाचारदाताका रुपमा पत्रकारिता सुरु गरेका शाह हाल रेडियो नेपाल काठमाण्डौंमा वरिष्ठ समाचारदाताको रुपमा कार्यरत छन् । नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका शाह पत्रकारका विभिन्न संस्थामा आवद्धता रहेको छ ।

नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको पत्रकारिता पुरस्कार एवं पत्रकार कल्याण कोषमा १२ लाख रुपैयाँ रहेको छ । कोषबाट प्राप्त व्याजबाट पत्रकारहरुलाई पुरस्कृत गर्ने तथा आर्थिक सहयोग गर्ने लक्ष्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀