पोखरा, २७ चैत । नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्षहरुको पोखरामा हुने तेस्रो राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ ।
नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिले पोखरामा मङ्गलबार पत्रकार भेटघाट गरी सम्मेलनको तयारी पूरा भएको जनाएको हो । सम्मेलन चैत्र २८ र २९ गते हुदैछ ।
सम्मेलनको उद्घाटनसत्र चैत्र २८ गते पोखरा सभागृहमा हुनेछ । उद्घाटनसत्रलाई पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल सहित शिर्ष नेताहरुले सम्वोधन गर्ने छन् ।
सम्मेलनलाई लक्षित गरी पोखराको न्युरोडलाई पार्टीको तारा तारे झण्डाले सिगाँरिएको छ भने पोखराका मुख्य शहरी क्षेत्रमा स्वागत व्यानरहरु टाँगिएको छ ।
पार्टीलाई चलायमान र सुदृढिकरण बनाउने उदेश्यले सम्मेलन गर्न लागिएको नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले बताए ।
उनले सम्मेलनले पार्टीलाई गुट उपगुट अन्त्य गरी एक ढिक्काका साथ अघि बढ्न दबाबमूलक सुझाव दिने उल्लेख गरे ।
पार्टीको मुख्य समस्या भनेकै गुट÷उपगुट हो अध्यक्ष पुडासैनीले भने – ‘स्थानीयदेखि केन्द्रसम्म गुट÷उपगुट अन्त्य गर्न जरुरी छ।’
सम्मेलनले विदेश पलायन युवाहरुलाई स्वदेशमा नै रोजगारीको व्यवस्था गर्न सरकारलाई दबाब दिने र भातृ तथा शुभेच्छुक संस्थालाई महाधिवेशनमार्फत अघि बढाउन पार्टीलाई दबाब दिने बताइएको छ ।
त्यस्तै, सम्मेलनले सरकारका गतिविधि चित्तबुझ्दो नभएकाले देशव्यापी विरोधका कार्यक्रम संचालन गर्नका लागि केन्द्रलाई आग्रह समेत गर्ने र कास्की क्षेत्र नं २ सहित रिक्त स्थानमा निर्वाचन गराउन सरकारलाई दबाव दिने छ ।
नेपाली काँगेस कास्कीका सभापति कृष्ण केसीले सम्मेलनलाई सभ्य र भव्य बनाउनका लागि कास्की काँग्रेसले सहयोग गर्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका महासचिव लक्ष्मी पाण्डे, सदस्य रेशम गुरुङ, रमेश पाण्डे र प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल लगायतले सम्मेलन बारे बोलेका थिए ।
भर्खरै
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
विपद्का बेला सक्रियता बढाउन गृहमन्त्री लेखकको निर्देशन
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं