देश

घाँस काट्ने क्रममा भेटियो पाइप बम
ओखलढुङ्गा, १६ वैशाख (रासस) ।ओखलढुङ्गामा पाइप बम फेला परेको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिकाको वडा नम्बर ७ र ८ को सिमानामा पर्ने गुन्छा खोलामा पाइप बम फेला परको हो । घाँस काट्न जाँदा शङ्कास्पद वस्तु देखेपछि स्थानीयवासीले प्रहरी चौकी रावादोलुमा खबर गरेका थिए । बम भेटिएको खबर आएपछि प्रहरी चौकी रावादोलुबाट खटिएको प्रहरी टोली घटनास्थलमा...
यसकारण स्थगित भयो काँग्रेस केन्द्रीय समिति बैठक
काठमाडौँ, १५ वैशाख (रासस) आज वैशाख १५ का लागि निर्धारण भएको प्रमुख विपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरिएको छ । बैठक तयारीका क्रममा गरिएको पिसिआर परीक्षणमा केन्द्रीय कार्यसमितिका केही सदस्य एवं केन्द्रीय कार्यालयका कर्मचारीसमेतमा कोरोना सङ्क्रमण देखिएकाले बैठक स्थगन गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । कोभिड–१९ को सङ्क्रमण तीव्र...
ढुङ्गाले थिचेर श्रीमतीको हत्या
तुलसीपुर, १५ वैशाख (रासस) । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका–७ निवासी २५ वर्षीय पदम पोखरेलले २४ वर्षकी विपना रेग्मी पोखरेललाई ढुङ्गाले हानेर हत्या गरेका हुन् । मङ्गलबार राति करिब ८ बजेतिर ढुङ्गाले हान्दा गम्भीर घाइते भएकी विपनालाई उपचारका...
मध्यरातमा भूकम्प
पोखरा, १५ वैशाख । काठमाण्डौमा मङ्गलबार राति भूकम्प गएको छ । कंलकीलाई केन्द्र बनाएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ । राति १ बजेर ५९ मिनेटमा कंलकीसहित आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको थियो ।
कास्की काँग्रेस सभापति केसीको परिवारलाई समवेदना व्यक्त गर्न महामन्त्री शशांक कोइराला देउमाणिमा
पोखरा, १४ वैशाख । प्रजातन्त्र सेनानी, नेपाली काँग्रेसका क्रियाशील सदस्य हर्क बहादुर केसीको निधन भएको १२ औं दिनको पुण्य तिथिमा मङ्गबार श्रद्वाञ्जली सभा गरिएको छ । नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा २८ ले देउमाणिमा आयोजना गरेको कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ता, शुभेच्छुक, आफन्त, छिमेकी र परिवारजनको सहभागिता रहेको थियो । श्रद्वाञ्जली सभामा सहभागिता जनाउन तथा...
ऊर्जामन्त्री रायमाझीलाई कोरोना पुष्टि
काठमाडौँ, १४ वैशाख (रासस)। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखापरेपछि सोमबार मन्त्री रायमाझी, परिवारका सदस्य र सचिवालयमा काम गर्नेको स्वाव परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको थियो । मङ्गलबार आएको रिपोर्टमा मन्त्री रायमाझीसहित उहाँकी श्रीमती योगमाया, छोरा सन्दीप, छोरी सन्ध्या, ज्वाइँ बद्री...
हनुमान जन्मजयन्ती मनाइँदै
काठमाडौँ, १४ वैशाख (रासस) । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने तथा दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ । यस अवसरमा हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर...
त्रिविका सबै परीक्षा स्थगित
काठमाडौँ, १३ वैशाख (रासस)।  त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगन गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय केन्द्रीय परीक्षा सञ्चालन समितिको आज बसेको बैठकले मङ्गलबारदेखि हुने सबै परीक्षा स्थगन गरेको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोरोना भाइरसको दोस्रो प्रकोपले देशका विभिन्न स्थानमा बन्दाबन्दी र निषेधाज्ञा भएका कारण अहिलेको स्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने भएकाले स्थगन...
पोखरामा मनाइयो विश्व भेटेरिनरी दिवस
पोखरा, १२ वैशाख । पोखरामा  २१ औँ विश्व भेटेरिनरी दिवस मनाइएको छ । गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले संयुक्त रुपमा दिवस मनाएको हो । सो दिवसको अवसरमा कोभिड–१९ संकटमा भेटेरिनरीयनको प्रतिक्रिया विषयक निवन्ध प्रतियोगिता गरिएको थियो ।...
कांग्रेस बैठक वैशाख १३ गते
काठमाडौँ, ११ वैशाख (रासस)। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख १३ गते दिउँसो २ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुलुकको समसामयिक राजनीति र पार्टीको १४ औँ महाधिवेशनलगायत विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म...
बढेको बढैछ कोरोना संक्रमण ,नेपालमा सङ्क्रमितको सङ्ख्या दुई लाख ९४ हजार
काठमाडौँ, १० वैशाख (रासस) ।पछिल्लो २४ घण्टामा थप दुई हजार ५५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या दुई लाख ९४ हजार ६०१ पुगेको छ । थप आठ हजार ७९८ जनाको पीसीआर विधिबाट परीक्षण तथा ८६६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । हालसम्म पीसीआर परीक्षण गराउनेको सङ्ख्या २३ लाख...