काठमाडौँ, १३ वैशाख (रासस)। त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगन गरेको छ ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालय केन्द्रीय परीक्षा सञ्चालन समितिको आज बसेको बैठकले मङ्गलबारदेखि हुने सबै परीक्षा स्थगन गरेको हो ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोरोना भाइरसको दोस्रो प्रकोपले देशका विभिन्न स्थानमा बन्दाबन्दी र निषेधाज्ञा भएका कारण अहिलेको स्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने भएकाले स्थगन गर्नुपरेको जानकारी दिनुभयो ।
“केही ठाउँमा बन्दाबन्दी र निषेधाज्ञा शुरु भएको छ ”, उहाँले भन्नुभयो, “ यस्तो बेलामा परीक्षा गर्न सम्भव हुँदैन । त्यसैले सबै परीक्षा स्थगन गरेका हाँै ।”
उहाँले वातावरण सहज भएपछि परीक्षा सञ्चालन गरिने बताउनुभयो । त्रिविको वार्षिक परीक्षाअन्तर्गत स्नातक तह र स्नातकोत्तर तह दोस्रो वर्षका परीक्षा सञ्चालन भइरहेका थिए ।
यही वैशाख १९ गतेसम्म सञ्चालन हुने परीक्षाअन्तर्गत मानविकी, शिक्षा र विज्ञान सङ्कायका केही विषय मात्र बाँकी थिए । यस्तै वैशाख १९ गतेदेखि स्नातकोत्तर तहको सेमेष्टरअन्तर्गतका परीक्षासमेत सञ्चालन गर्ने पनिकाको तयारी थियो ।
यसअघि पनि गत वर्ष चैतमा कोभिड–१९ का कारणले परीक्षा स्थगन गरिएका थिए । ती परीक्षा गत मङ्सिरदेखि निरन्तर सञ्चालन भइरहेका थिए ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्देशक समितिको आइतबार बसेको बैठकले आजदेखि विद्यालय र शिक्षालयको भौतिक उपस्थितिमा हुने पूर्वनिर्धारित परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगन गर्ने निर्णय गरेको थियो ।
भर्खरै
नगर प्रमुख बालेन शाहले दिएको जिम्मेवारीमा बस्न मानेन तीन वडाअध्यक्ष
इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं