काठमाडौँ, १० वैशाख (रासस) ।पछिल्लो २४ घण्टामा थप दुई हजार ५५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या दुई लाख ९४ हजार ६०१ पुगेको छ । थप आठ हजार ७९८ जनाको पीसीआर विधिबाट परीक्षण तथा ८६६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।
हालसम्म पीसीआर परीक्षण गराउनेको सङ्ख्या २३ लाख ८८ हजार २०० पुगेको छ । त्यस्तै प्रति दश लाख जनसङ्ख्यामा पीसीआर परीक्षण गराउनेको सङ्ख्या ८१ हजार ९६५ रहेका छन् ।
चौध हजार ७२४ जना आईसोलेशनमा छन् भने हाल ७५ जना क्वारेन्टिनमा छन् । सङ्क्रमितमध्ये महिला एक हजार २३ र पुरुष एक हजार ४२६ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म दुई लाख ७६ हजार ७५५ जना सङ्क्रमण मुक्त भई घर फर्किएका छन् । अहिलेसम्म जम्मा सङ्क्रमितमध्ये निको हुने दर ९३ दशमलव ९ प्रतिशत छ । पछिल्लो २४ घण्टामा देशभर ४१० सङ्क्रमित निको भएर घर फर्किएका छन् ।
हाल देशभर १४ हजार ७२४ सक्रिय सङ्क्रमित छन् । पछिल्लो २४ घण्टाको विवरणअनुसार सबैभन्दा बढी २०–२९ उमेर समूहमा सङ्क्रमण देखिएको छ । यो उमेर समूहमा ५७५, ३०–३९ मा ५५५ र ९०–१०० उमेर समूहमा दुई र नौ वर्षमुनिका ५१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
पाँच सयभन्दा बढी उपचारार्थ सङ्क्रमितहरू भएका जिल्लामा काठमाडौँ, ललितपुर, बाँके र रुपन्देही छन् । हाल होम आइसोलेशनमा रहनेको सङ्ख्या १३ हजार ५७८, संस्थागत एक हजार १४६, आईसीयू १७३ र भेन्टिलेटरमा ५७ जना छन् ।
देशभर आईसीयू शय्यामा एक हजार १८० र भेन्टिेलेटरमा ५१२ जना छन् । हालसम्म कोभिड–१९ विरुद्धको खोप लिएकाहरूको सङ्ख्या १९ लाख ७८ हजार २३९ पुगेको छ ।
सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा पाँच जना मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार १२२ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।
भर्खरै
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
विपद्का बेला सक्रियता बढाउन गृहमन्त्री लेखकको निर्देशन
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं