देश

प्रचण्डले खोजे ओलीको साथ
 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । भेटवार्तामा संसद्मा विचाराधीन मनी लाउन्डिङ विधेयक र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयकमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग सहयोग मागेको बताइएको छ । एमाले सचेतक महेश बर्तौलाका अनुसार अध्यक्ष ओलीले संसद्बाट विधेय पारित हुनुपर्छ भन्नेमा...
सांस्कृतिक सम्पदा संरक्षणका लागि अमेरिकी दूतावासको आर्थिक सहयोग
नेपालस्थित अमेरिकी दूतावासले नेपालका साँस्कृतिक महत्वका स्थानहरुको स्तर उन्नतीका लागि ४.५ मिलियन डलर सहयोग गरेको छ । अमेरिकी दूतावास काठमाण्डौंले सामाजिक संजाल मार्फत नेपालभरका २६ स्थानका साँस्कृतिक महत्वका स्थलहरुको संरक्षणका लागि आर्थिक सहयोग गरेको जानकारी दिएको छ । दूतावासले भनेको छ, विगत २० वर्षमा, अमेरिकी राजदूत सांस्कृतिक कोषले सुरूवाती परियोजनाहरू (हनुमानढोकाको काल भैरव, पाटनको अष्टभुज...
तीन दिन भव्यतापूर्वक संविधान दिवस मनाईने
काठमाडौं । नेपाल सरकारले असोज २, ३ र ४ गते, तीन दिन भब्यता पूर्वक संविधान दिवस मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको संविधान दिवस मूलसमारोह समितिको बैठकले संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो । कार्यक्रमअन्तर्गत असोज २ गते विशेष संवाद, जनचेतनामूलक कार्यक्रम, संविधान दिवस विशेषाङ्क प्रकाशन, अन्तरक्रिया, दीपावली लगायतका...
एमसीसी कार्यान्वयनमा नेपाल अघि बढिरहेको देख्दा खुसी छौं-अमेरिकी सिनेटर क्रिस
काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटर क्रिस भ्यान होलेनले राजनीतिक भेटघाटलाई तिव्र पारेका छन् । सिनेटर क्रिसले भेटका क्रममा नेपालमा एमसीसी कार्यन्वयमा आएको खुसी समेत व्यक्त गरेका छन । यसैक्रममा उनले आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् । भेटका क्रममा सिनेटर होलेनले नेपालको शान्ति प्रक्रियाका विषयमा चासो व्यक्त गरेका छन्। ओलीसँगको...
रुपान्तरण महाअभियानले माओवादी ट्रयाकमा आउँछः प्रचण्ड
प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनतासँग माओवादी बिशेष रुपान्तरण’ महाअभियान पार्टीले बिराएको बाटो ट्रयाकमा ल्याउन सफल हुने विश्वास व्यक्त गरेका छन् । शनिबार चन्द्रगिरिमा जनतासँग माओवादी बिशेष रुपान्तरण महाअभियानलाई सम्बोधन गर्दै उनले बीचमा पार्टीले बाटो बिराएको र जनतासँग सम्बन्ध कमजोर भएको जस्तो मशसुस भएको भन्दै त्यसलाई फेरि ट्रयाकमा ल्याउने उद्देश्यले महाअभियानको...
उत्तरको छिमेकी चीनलाई नेपालले भन्यो हाम्रो नक्साको चुच्चो खोई
काठमाडौं । नेपाल सरकारले छिमेकी देश सहित अन्य देशको नक्साको पूर्ण सम्मान गर्ने बताउँदै आफ्नो मुलुकको नक्साको समेत पूर्ण सम्मान गर्नुपर्ने बताएको छ । उत्तरको छिमेकी देश चीनले हालै जारी गरेको नक्सामा नेपालको चुच्चे नक्सा नसमेटिएपछि नेपाल सरकार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै अरु मुलुकको नक्साको सम्मान गर्न भनेको हो । हाम्रो नक्सालाई हाम्रा छिमेकी...
प्रधानमन्त्रीको चीन भ्रमणमा गण्डकीका ५ एजेण्डा समावेश गर्न पोखरेली अगुवाहरुको माग
पोखरा, १५ भदौ । पोखराका व्यावसायिक तथा सामाजिक संघ–संस्थाहरुले प्रधानमन्त्री प्रचण्डसँग पोखरा एयरपोर्टको लागि चीनले दिएको ऋणलाई अनुदानमा बदल्नको लागि पहल गर्न आग्रह गरेका छन् । सवै संघसंस्थाको तर्फबाट पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले हस्तान्तरण गरिएको ज्ञापनपत्रमा असोज ४ गतेदेखि हुने प्रधानमन्त्रीको चीन भ्रमणमा यो एजेण्डा समावेश गर्न माग गरिएको हो । यस्तै...
समाजवादी मोर्चा
प्रधानमन्त्री नै भन्छन्ः ‘बर्खा सकिएपछि लाखौं मान्छे सडकमा उतार्छौं’
सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बर्खा सिद्धिएपछि लाखौं जनतालाई सडकमा उतार्ने अभिव्यक्ति दिएका छन् । राष्ट्रियता, जनजीविका, सामाजिक न्यायको पक्षमा र भ्रष्टाचारको विपक्षमा जनतालाई उतारेर जगैदेखि हल्लाइदिने प्रचण्डले बताए । बिहीबार सुर्खेतमा समाजवादी मोर्चाको कार्यक्रममा प्रचण्डले भने, ‘केही दिनपछि, बर्खा सिद्धिएपछि लाखौं जनतालाई सडकमा ल्याएर राष्ट्रियताको पक्षमा, जनजीविकाका पक्षमा, सामाजिक न्यायको पक्षमा र भ्रष्टाचारविरुद्ध...
जय स्वाभिमान
नेपालको चुच्चे नक्सा नदेखाएको भन्दै बालेनले गरे चीन भ्रमण रद्द
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो चीन भ्रमण रद्द गरेका छन्। ५ दिने भ्रमणका लागि बिहीबार चीन जान लागेका शाहले चिनको प्राकृतिक स्रोत मन्त्रालयले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको नयाँ नक्सा अनुसारको भूभाग नदेखाएको भन्दै भ्रमण रद्द गरेका हुन्। उनले लेखेका छन्,’केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम...
भेपमा सुन प्रकरण
पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ, ५ दिन म्याद थप
पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । इलेक्ट्रिक चुरोट (भेप) मा सुन ल्याएको प्रकरणमा मुछिएका राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार पक्राउ गरेको हो ।  नेपाली प्रहरीका प्रवक्ता डीआईजी कुबेर कडायतले भेपमा लुकाएर ल्याएको सुन प्रकरणको अनुसन्धानका क्रममा राहुललाई पक्राउ गरिएको बताए । राहुललाई अदालतले  ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।  संगठित...
एमाले कमिसनको पछाडि लाग्ने पार्टी होईन-अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई जोडेर भ्रष्टाचार भएको भन्ने आरोपको खण्डन गर्दै यती होल्डिङस, वाइडबडी, गिरीबन्धुल गायतका प्रकरणको छानविन गर्न सरकारलाई चुनौती दिएका छन् । अध्यक्ष ओलीले सरकारलाई खुलेर छानविन गर्न चुनौती दिएका हुन । एमाले अध्यक्ष ओलीले आफ्नो पार्टी कमिसनको पछाडि लाग्ने पार्टी नभएको र देश विकासका साथै समृद्धिमा...
धरानमा भईरहेको गतिविधि बारे प्रधानमन्त्री चिन्तित
सामाजिक एवं साँस्कृतिक मर्यादा कायम राख्न प्रधानमन्त्रीको अपिल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले धरानमा भईरहेको धर्म केन्द्रीत गतिविधि बारे चिन्ता व्यक्त गर्दै सामाजिक एवं साँस्कृतिक परम्पराको मर्यादा कायम राख्न नेपालीहरुमा अपिल गरेका छन् । हिन्दु धर्म समर्थकहरुले गरिरहेको प्रर्दशन लगायतका बिषयमा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीले नेपालको संविधानले प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवं सांस्कृतिक परम्पराको मर्यादा राखी परापूर्वदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन, अभ्यास र...