देश

नेपाली नागरिक बोकेर इजरायलबाट नेपाल उड्यो जहाज
युद्धग्रस्त इजरायलमा रहेका २ सय ५३ नेपाली नागरिकको उद्धार गरी नेपाल एयरलाइन्सको विमान देशतर्फ उडेको छ । अध्ययनका लागि त्यहाँ पुगेका विद्यार्थी सहित परराष्ट्रमन्त्री एनपी साउद लगायत सरकारी अधिकारी सवार विमान नेपाल उडेको हो । उद्धारका लागि बिहीबार बिहान दुबई हुँदै गएको नेपाल एयरलाइन्सको विमान तेलअभिभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । नेपाली...
‘रिगल’ को आममाफीको विरोधमा काठमाडौंमा प्रदर्शन
व्यक्ति हत्यामा दोषी ठहर भई सजाय काटेका योगराज ढकाल ‘रिगल’ को आममाफीको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ । रिगलले हत्या गरेका चेतन मानन्धरकी श्रीमती भारती मानन्धर, अभियान्ता ईः र सुमन सायमी लगायतको उपस्थितिमा माइतीघरमा प्रदर्शन भएको हो। प्रर्दशनमा एमालेको युवासंघका कार्यकर्ताको समेत उपस्थिति थियो। प्रर्दशनकारीहरुले ‘क्रुर हत्याको आममाफी फिर्ता गर’, ‘अपराधीलाई सम्मान गर्न बन्द गर,...
हमास आक्रमणबाट ज्यान गुमाएका नेपालीको शव इजरायल सरकारको संरक्षणमा छन : परराष्ट्रमन्त्रालय
नेपाल सरकारले इजरायलको हमास आक्रमणबाट ज्यान गुमाएका नेपालीहरूको शव इजरायल सरकारको संरक्षणमा रहेको जानकारी गराएको छ । परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी दस जना नेपालीहरूको शव इजरायल सरकारको संरक्षणमा रहेको जानकारी दिएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले इजरायल सरकारले हस्तान्तरण गरेलगत्तै नेपालीहरूको शव नेपाल ल्याएर परिवारको जिम्मा लगाइने जानकारी दिएकी छन् । प्रवक्ता...
इजरायलमा ज्यान गुमाएका नेपालीका परिवारलाई दस लाख राहत दिने सकारको घोषणा
सरकारले इजरायलमा ज्यान गुमाएका नेपालीका परिवारलाई दस लाख राहत उपलब्ध गराउने भएको छ । सोमबार मन्त्रिपरिषद्को आकस्मिक बैठकले हमासको आक्रमणमा परी ज्यान गुमाएका दस जना नेपाली बिद्यार्थीहरुको परिवारलाई दस लाख बराबर रकम दिने निर्णय भएको छ । सरकारका प्रवक्ता रेखा शर्माका अनुसार राहत रकम अर्थ मन्त्रालयले गृह मन्त्रालय मार्फत् निकासा गर्ने निर्णय भएको हो। नेपाली...
इजरायबाट नेपाली नागरिकका शव स्वदेश ल्याउन जहाज तयारी अवस्थामा
काठमाडौं । सरकारले इजरायलमा जारी द्वन्द्वमा परी निधन भएका नेपाली नागरिकको शव यथाशीघ्र स्वदेश ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ । इजरायलमा जारी द्वन्द्व र यसको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको आज बसेको बैठकले सो निर्णय गरेको हो ।...
प्रचण्डप्रति ओलीको कटाक्षः
‘मानसरोवरमा डुबुल्की लगाउँदैमा पाप कट्दैन’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारको ढाकछोप गर्ने मात्र नभई भ्रष्टाचार गरिरहेको समेत आरोप लगाएका छन् । एमाले सुदूरपश्चिम अधिवेशनको आइतबार धनगढीमा उद्घाटन गर्दै उनले २ साउनमा बरामद भएको सुनको परिमाणमा प्रश्न उठाए । सुन तस्करीको अनुसन्धानमा सरकारले तमासा मात्र गरेको भदै उनले भने, ‘एमालेको सरकारको पालामा कहिले यति, कहिलो ओम्नी...
संघीयता देशको लागि आवश्यक चिज होइन: लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले संघीयता देशको लागि आवश्यक नभएको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले संघीयतालाई अब घिसारेर लैजान नसकिने भन्दै रक्तपात बिना र दबाब बिना सल्लाह गरेर राजतन्त्र पुनःस्थापना गर्न राजनीतिक दलहरुसँग आग्रह गरेका हुन् । उनले नयाँ सहमति नगरे र दलहरू नसच्चिए अब जनदबाबको...
कोशीमा नयाँ सरकार गठनको आह्वान
कोशी प्रदेशमा अन्ततः सरकार बनाउने अन्तिम संवैधानिक प्रावधान कार्यान्वयन हुने भएको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको लागि आह्वान गरेका छन्। नयाँ सरकार गठनका लागि ६ दिनको समय दिएर सरकार गठनको आह्वान गरेका प्रदेश प्रमुखले असोज २६ गते साँझसम्मको समय दिएका छन्। शनिबार बसेको प्रदेश सभाको...
कैद मिनाहा दिने कानुनी व्यवस्था गलत – महामन्त्री शर्मा
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अदालतबाट दोषी ठहर भएकाहरूलाई सत्ताको आडमा कैद मिनाहा दिने कानुनी व्यवस्था गलत भएको बताएका छन् । कांग्रेस झापाको जिल्ला सम्मेलनलाई आज दिउँसो सम्बोधन गर्दै महामन्त्री शर्माले कानुनी शासन भएको लोकतान्त्रिक मुलुकमा सत्ताको दुरुपयोग गरेर कैद मिनाहा गर्ने प्रचलन बढ्दै जाँदा जनतामा असन्तुष्टि बढेको बताए । “सोझै नेताहरूले राष्ट्रपति...
सरकार परिवर्तनको सम्भावना छैन : माधव नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार परिवर्तनको सम्भावमा नरहेको बताएका छन् । समाजवादी जागरण अभियानअन्तर्गत आज यहाँ आयोजना गरिएको कार्यक्रममा उनले प्रतिगमनकारीको योजनाबाट देशलाई बचाउन गठबन्धनको सरकार चल्नुपर्ने बताए । उनले भने, “सरकारले गरेका राम्रो कामको समर्थन र नराम्रो कामलाई सच्याउँदै अघि बढ्नुपर्छ ।” जनतामा निरासा बढ्दै गएको समयमा सरकार परिवर्तनले...
धर्म र सम्प्रदाय भन्दा माथि उठेर देशको झन्डा बोकौं-सांसद झा
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले धर्म र सम्प्रदाय भन्दा माथि उठेर देशको झन्डा बोक्नुपर्ने धारणा व्यक्त गरेका छन् । पछिल्लो समय देशमा धर्म र सम्प्रदायबीच दंगा निम्त्याउने दुष्प्रयास भइरहेको तर्फ संकेत गर्दै सांसद झाले जनप्रतिनिधि, राज्य संयन्त्र र राजनीतिक दलहरू सबै सचेत हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद झाले धार्मिक दंगामा भोटको...
सामाजिक सञ्जाल तथा अनलाइन माध्यमको दुरुपयोग नगर्न साइबर ब्यूरोको अनुरोध
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमको दुरुपयोग नगर्न सर्वसाधारणहरुलाई आग्रह गरेको छ। ब्यूरोले आज सार्वजनिक अनुरोध गर्दै विभिन्न सामाजिक सञ्जाल तथा अनलाइन माध्यमको दुरुपयोग गरी जातीय, धार्मिक र साम्प्रदायिक सद्भावमा खलल पुर्याउने र राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकतामा आँच पुग्ने तथ्यहिन विषय वस्तु प्रबर्द्धन नगर्न भनेको हो। यसका साथै...