नेपाल सरकारले इजरायलको हमास आक्रमणबाट ज्यान गुमाएका नेपालीहरूको शव इजरायल सरकारको संरक्षणमा रहेको जानकारी गराएको छ । परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी दस जना नेपालीहरूको शव इजरायल सरकारको संरक्षणमा रहेको जानकारी दिएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले इजरायल सरकारले हस्तान्तरण गरेलगत्तै नेपालीहरूको शव नेपाल ल्याएर परिवारको जिम्मा लगाइने जानकारी दिएकी छन् ।
प्रवक्ता लम्सालले भनिन्, इजरायलमा ज्यान गुमाएका नेपालीहरूको शव सरकारको संरक्षणमा छ। शव हस्तान्तरणपश्चात उच्च प्राथमिकता साथ नेपाल ल्याई परिवारलाई जिम्मा लगाउनेछौं । अज्ञात रहेका बिपिन जोशीको खोजीकार्य तीव्र पारिएको छ । इजरायल सरकारले उनको खोजीकार्यमा सघाइरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार, हालसम्म ३ सय ५० भन्दा बढीले इजरालयस्थित नेपाली दूतावासमा निवेदन दिएका छन् । त्यसमध्ये २ सय ८८ जना नेपाल फर्किन चाहेको छन्। नेपाल फर्किन चाहनेहरूका लागि नेपाल एयरलायन्सको विमान त्यसतर्फ जाने कार्यक्रम छ ।
भर्खरै
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
विपद्का बेला सक्रियता बढाउन गृहमन्त्री लेखकको निर्देशन
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं