देश

रुसी सेनामा कार्यरत अर्का नेपालीको निधन, युक्रेनमा चार जना बन्दी
रुसी सेनामा कार्यरत अर्का एक जना नेपाली नागरिकको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कुन्दनसिंह नागलको मृत्यु भएको हो । मन्त्रालयले नेपालका लागि रुसका राजदूतमार्फत रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरुको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइतेलगायत पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पुनःअनुरोध गरिएको जनाएको छ । साथै मन्त्रालयले नेपाली नागरिकलाई रुसी...
यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ
लिखुतामाकोशी गाउँपालिका –७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा निजलाई पक्राउ गरिएको रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए । पीडित छात्राले आफुमाथि शिक्षक सार्कीले यौन दुव्र्यवहार गरेकाले कारबाहीका निम्ति आवेदन गरेपछि अभियुक्तलाई नियन्त्रणमा...
उखु किसानको बक्यौता तत्काल भुक्तानी दिइने
सरकारले उखु किसानलाई भुक्तानी दिन बाँकी ५२ करोड तत्काल उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा बसेको सरोकारवाला मन्त्रालयका मन्त्री र सचिवको बैठकले उखु किसानको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिएका छन । बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महत, कृषिमन्त्री डा बेदुराम भुसाल, उद्योग...
एउटै व्यक्ति बारम्बार उच्च पदमा रहने व्यवस्था परिवर्तन हुनुपर्छ : महामन्त्री शर्मा
म्याग्दी पुगेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा नागरिकका अधिकार सुरक्षित हुने भएकाले यसको विकल्प लोकतन्त्र नै हुने बताएका छन । नेपाली कांग्रेस म्याग्दीको बेनीमा आयोजित प्रथम सम्मेलनमा महामन्त्री शर्माले विगतको तुलनामा लोकतान्त्रिक व्यवस्थामा नागरिकले धेरै अधिकार पाएकाले विकल्प सोच्न नसकिने जानकारी दिए । “नागरिकका असन्तुष्टि र गुनासालाई सम्बोधन गर्न व्यवस्थाप्रति आकर्षण...
बालिका करणी गर्नेलाई जन्मकैद
तनहुँ जिल्ला अदालतले बालिकालाई करणी गर्ने एक युवालाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले भानु नगरपालिका–१० का १९ वर्षीय सुदीप थापा मगरलाई जन्मकैदको फैसला सुनाएको हो । साथै निजलाई छ लाख जरिवाना र २० हजार क्षतिपूर्तिको फैसला भएको तनहुँ अदालतले जनाएको छ । निजविरुद्ध नौ वर्षीया नाबालिकलाई करणीको अभियोग लागेको थियो ।...
नक्कली भुटानी शरणार्थी काण्ड
पूर्वगृहमन्त्री खाणलाई ३० लाख धरौटीमा छोड्न आदेश
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाँणलाई धरौटीमा छोड्न उच्च अदालत पाटनले आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले यस्तो आदेश दिएको हो । जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाँणलाई छाड्ने विषयमा मङ्सिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीशबिच राय बाझिएको थियो । १५...
‘कांग्रेसलाई कमजोर बनाउने प्रयास भइरहेको छ’ : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्र उल्ट्याउन चाहने तत्वले कांग्रेसलाई चौतर्फी प्रहार गर्दै कमजोर बनाउने प्रयास गरिरहेको बताएका छन । लमजुङ बेँसीसहर नगरपालिका–८ मा मङ्गलबार आयोजित नेपाली कांग्रेस प्रदेशसभा ९क० र कांग्रेस लमजुङको संयुक्त जिल्ला सम्मेलनमा मुख्यमन्त्री पाण्डेले भने, “कांग्रेसलाई कमजोर बनाएर प्राप्त उपलब्धिलाई समाप्त पार्न खोज्दै छन्, यो सम्भव छैन ।” पार्टीको विधानले दिएको...
पाँच हजार मिटरब्याज पीडितका समस्या समाधान
सरकारद्वारा गठित अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले निवेदन परेका २८ हजारमध्ये पाँच हजार एक सय ५५ उजुरीमा मिलापत्र गरेको छ । आयोगका सदस्य पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक उत्तमराज सुवेदीका अनुसार आयोग गठन भएपछि यसरी मिलापत्र गरी दुई सय १८ बिघा १० कट्टा सात धुर जग्गा (७९३ कित्ता) साहुबाट पीडितलाई फिर्ता गराइएको छ । अध्ययनका क्रममा...
जलवायु परिवर्तनसम्बन्धी खोज–अनुसन्धान गर्न प्रधानमन्त्री दाहालको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वव्यापी जलवायु परिवर्तनसम्बन्धी थप खोज–अनुसन्धान गर्न काठमाडौ विश्वविद्यालयलाई आग्रह गरेका छन । काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित विश्वविद्यालयको २९औंँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले स्थानीय समुदायमा जलवायु परिवर्तनको प्रतिकूल प्रभाव न्यूनीकरण गर्न, अनुकूलनका स्थानीय तौरतरिका र राहतका उपाय खोजी गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्राज्ञिक अनुसन्धान र प्रकाशन गर्न प्राध्यापक तथा अध्येतालाई अनुरोध गरेका...
तरुण दलले भूकम्पप्रभावित जिल्लामा अस्थायी आवास निर्माण गर्ने
नेपाल तरुण दलले आगामी पुस १ गतेदेखि जाजरकोट र रुकुम पश्चिममा अस्थायी आवास निर्माणको अभियान सञ्चालन गर्ने भएको छ । तरुण दलले भक्तपुरमा आयोजना गरेको शपथ ग्रहणपछिको पहिलो केन्द्रीय कमिटीको बैठकपछि आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराएको हो । पत्रकार सम्मेलनमा तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले आगामी पुस १ गतेदेखि जाजरकोट र रुकुम...
कतारका प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री साउदको भेटवार्ता
कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीसँग परराष्ट्रमन्त्री एनपी साउदले शिष्टाचार भेटवार्ता गरेका छन । कतारको राजधानी दोहामा उनिहरुबीच शिष्टाचार भेटवार्ता भएको मन्त्री साउदको सचिवालयले जनाएको छ । भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री साउदले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि थप सशक्त पहल गरिदिन विशेष अनुरोध गरेको मन्त्रीका स्वकीय सचिव दीपक जोशीले...
रास्वपाले संसदीय दलको विधान पुनःसंरचना गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान पुनःसंरचना गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय वनस्थलीमा बसेको संसदीय दलको बैठकमा दलको विधानमा पुनःसंरचना गर्ने विषयमा छलफल भएको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन । “हामीले यसअघि नै संसदीय दलको विधानको मस्यौदा तयार गरेका थियौँ । जलेश्वरको बैठकपछि त्यसलाई फेरि पुनःसंरचना गर्नपर्ने भएर विधानसम्बन्धी...