म्याग्दी पुगेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा नागरिकका अधिकार सुरक्षित हुने भएकाले यसको विकल्प लोकतन्त्र नै हुने बताएका छन । नेपाली कांग्रेस म्याग्दीको बेनीमा आयोजित प्रथम सम्मेलनमा महामन्त्री शर्माले विगतको तुलनामा लोकतान्त्रिक व्यवस्थामा नागरिकले धेरै अधिकार पाएकाले विकल्प सोच्न नसकिने जानकारी दिए ।
“नागरिकका असन्तुष्टि र गुनासालाई सम्बोधन गर्न व्यवस्थाप्रति आकर्षण बढाउने नीति बनाउनुपर्छ । व्यवस्था खराब होइन । नागरिकमा किन वितृष्णा र निराशा बढ्यो भनेर अध्ययन गर्नुपर्छ,” उनले भने, “एकजना व्यक्ति राष्ट्रपति र प्रधानमन्त्री एकपटक, मन्त्री तीनपटक र सांसद चारपटकभन्दा बढी हुन नपाउने नीतिगत व्यवस्था गरेर गणतान्त्रिक व्यवस्थामा सुधार ल्याउन सकिन्छ ।”
निर्वाचित जनप्रतिनिधि, सरकारी कर्मचारी तथा राज्यका संयन्त्र नागरिकप्रति जवाफदेही नहुँदा व्यवस्थाको विरोध भएको महामन्त्री शर्माको कथन थियो ।
भर्खरै
आफ्नो र परिवारको सम्पत्ति विवरण पार्टीलाई पेस गर्नू : प्रचण्ड
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
गण्डकीको मुख्यमन्त्रीमा काँग्रेसका पाण्डेलाई ४८ घण्टाभित्र नियुक्त गर्न सर्वाेच्चको परमादेश [आदेशसहित]
जनताप्रतिको जिम्मेवारी भुलेको छैनः प्रधानमन्त्री
राजनीतिक दलले आफ्ना नीति तथा आदर्शको समीक्षा गर्नुपर्छ : पूर्व राष्ट्रपति भण्डारी
विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ : प्रधानमन्त्री
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं