रुसी सेनामा कार्यरत अर्का नेपालीको निधन, युक्रेनमा चार जना बन्दी

रुसी सेनामा कार्यरत अर्का नेपालीको निधन, युक्रेनमा चार जना बन्दी

युक्रेनमा चार नेपाली बन्दी

rush army

रुसी सेनामा कार्यरत अर्का एक जना नेपाली नागरिकको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कुन्दनसिंह नागलको मृत्यु भएको हो । मन्त्रालयले नेपालका लागि रुसका राजदूतमार्फत रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरुको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइतेलगायत पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पुनःअनुरोध गरिएको जनाएको छ ।

साथै मन्त्रालयले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपालीलाई तत्काल नेपाल फर्काउन रुसी राजदूतमार्फत रुसी सरकारलाई पुनःअनुरोध गरेको प्रेस विज्ञप्ति निकालेर यस्तो जानकारी दिएको छ । “रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको सङ्ख्या, घाइते सङ्ख्या तथा उनीहरुको अवस्थाका बारेमा यथाशीघ्र जानकारी गराउन अनुरोध गरिएको छ ।

सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकहरुलाई रुस यात्रा गर्नु परेमा परराष्ट्र मन्त्रालयअन्तरगतको कन्सुलर सेवा विभागबाट जारी गरिने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिएर मात्र यात्रा गर्न सकिने व्यवस्था गरिएकोमा सो व्यवस्थालाई विस्तार गरी भारत, बङ्गलादेश, श्रीलङ्का, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत, कतार र बहराइनबाट समेत रुस यात्रा गर्नु परेमा तत् तत् देशमा रहेका नेपाली राजदूतावास तथा महावाणिज्यदूतावासहरुबाट जारी गरिने एनओसी लिएर मात्र यात्रा गर्नुहुन सर्वसाधारणमा यो मन्त्रालय हार्दिक अपिल गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।

युक्रेनमा चार नेपाली बन्दी

युक्रेनमा बन्दी बनाइएका चार जना बन्दीका बारेमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ । बन्दी बनाइएकाहरुलाई शीघ्र रिहा गरी नेपाल फिर्ता पठाउन युक्रेन सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको परराष्ट्रले बताएको छ । मन्त्रालयका अनुसार निजहरुको रिहाइ र नेपाल फिर्तीका लागि अन्तर्राष्ट्रिय कमिटी अफ रेडक्रसलगायत अन्य माध्यमबाट पनि कूटनीतिक प्रयास भइरहेको जानकारी छ ।

मन्त्रालयले बर्दिया राजापुर–१ का विवेक खत्री, मण्डनदेउ–६, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, लेटाङ–२, मोरङका विकास राई र रून्तिगढी–८ रोल्पाका प्रतीक पुनलाई युक्रेनमा बन्दी बनाइएको बताउँदै उनीहरूको रिहाइका निम्ति भगिरथ प्रयास गरिरहेको जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सोलुखुम्बुको पिकेमा चौँरी महोत्सव सुरु
नयाँ वर्ष शुभकामना
ठमेल र दरबारमार्ग आजदेखि चौबिसै घण्टा खुला
बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र

नेपाल अपडेट

सोलुखुम्बुको पिकेमा चौँरी महोत्सव सुरु
नयाँ वर्ष शुभकामना
ठमेल र दरबारमार्ग आजदेखि चौबिसै घण्टा खुला
बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र

Loading...
Rastra · USD/EUR · 23 May 
Nepal Rastra bank
Check: 23 May 2024 00:45 UTC
Latest change: 22 May 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.26
Indian Rupee 
Indian Rupee
83.25
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.79
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
156.41
US Dollar 
US Dollar
1
Rastra · USD · 23 May 
Nepal Rastra bank
Check: 23 May 2024 00:45 UTC
Latest change: 22 May 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀