– वासुदेव पौडेल पोखरा, ९ वैशाख । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् पोखरा महानगरपालिकाको सहयोगमा भारतका प्रमुख शहरहरूमा गरिएको पर्यटन प्रवद्र्धन पोखरा सहित समग्र नेपालको पर्यटकीय सम्भावना बढाउँदै सकिएको छ । कोभिड १९ को प्रभाव एवम् अन्य विभिन्न घटनाक्रमले पर्यटन क्षेत्र प्रभावित भैरहेका अवस्थामा नेपालको लागि महत्वपूर्ण पर्यटन स्रोत...
पोखरा, ६ वैशाख । कास्कीको अन्नपूर्ण गाउँपालिकाले बजार अनुगमन गर्न सुरू गरेको छ । गाउँपालिका उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन शाखा प्रमुख नारायण क्षेत्री संयोजकत्वको टोलीले मंगलबारदेखि गाउँपालिकाका रेष्टुरेन्ट र किराना पसलमा अनुगन सुरू गरेको हो । बजार अनुगमनसम्बन्धी कार्यविधि २०७४ सालमा बने पनि गाउँपालिकाले बजार अनुगमन गरेको यो पहिलोपटक हो । २ महिनाअघि...
पोखरा, ४ वैशाख । होटल संघ पोखरा नेपालले पर्यटकीय क्षेत्र बैदाममा खानेपानीको अभाव सुल्झाउन नेपाल खानेपानी संस्थानसँग आग्रह गरेको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा संस्थानको पोखरा कार्यालयमा पुगेको व्यवसायीको टोलीले त्यस्तो आग्रह गरेको हो । धारामा पानी नआउने र आए पनि नियमित नआउने गरेको विषय अवगत गराउन व्यवसायी संस्थानमा पुगेको संघका अध्यक्ष लक्ष्मण...
हेमजा, ३ बैशाख । चैत २६ गतेदेखि सुरु ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सकिएको छ । समापन समारोहका बीच कृषक सम्मान, कृषक परिचयपत्र वितरण, कृषि एम्बुलेन्स प्रदर्शनी लगायत विभिन्न पुरस्कार वितरण गरिएको छ । पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाको समन्वयमा विभिन्न वडाका उत्कृष्ट २४ किसानलाई सम्मानपत्र सहित नगदले सम्मान गरिएको हो...
पोखरा, ३ वैशाख । युनाइटेड क्लब पोखराले पोखरा ३३ तल्लो पुँडिटारमा रहेको भुलभुला आधारभूत विद्यालयमा पुस्तकालय स्थापना गरेको छ । क्लबको १३ औं वार्षिकोत्सवको अवसरमा आयोजित साताब्यापी कार्यक्रम अन्तर्गत विद्यालयमा स्थापना गरिएको पुस्तकालय हस्तान्तरण गरेको हो । पुस्तकालयको पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले उद्घाटन गर्दै युनाइटेड क्लबद्धारा स्थापना गरिएको पुस्तकालयको...
पोखरा, २ वैशाख ।पोखराको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गरिने भएको छ । लायन्स क्लब लफ इन्टरनेश्नलको आर्थिक सहयोगमा निर्माण गरिने उक्त पार्कको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नयाँ वर्ष २०८० को अवसरमा शिलान्यास गर्नुभएको हो । पार्कको शिलान्यास गर्दै प्रमुख आचार्यले चार तहको प्यारा फिट शैलीमा निर्माण गरिने पार्कमा सबै देशको नाम सहितका पिल्लरहरु...
पोखरा, ३० चैत । पोखरामा जारी तीन दिने १८ औं फेवा नब वर्ष महोत्सव अन्तर्गत दोश्रो दिन विहिबार फेवा तालमा आयोजित डुंगा दौड प्रतियोगितामा तालपारी समूह प्रथम भएको छ । यसैगरी बाराही घाट ए द्वितीय भयो भने बाराही घाट डी ले तृतीय स्थान हासिल गरेको छ । गौरीघाट बी समूहले सान्त्वना स्थान प्राप्त गरेको छ...
हेमजा, २९ चैत। हेमजामा जारी ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइपुग्दा दर्शक सहभागिता हवात्तै बढेको छ । महोत्सवमा आलु किन्नेको भिड देखिन्छ भने अवलोकनका लागि समेत कास्कीका विभिन्न स्थान लगायत छिमेकी जिल्लाबाट समेत मानिसहरु आउने क्रम बढ्दो छ । बुधवार मात्रै करिव पाँच हजार दर्शकले महोत्सव अवलोकन गरेको मूल आयोजक समितिका अध्यक्ष...
पोखरा, २८ चैत । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरले प्रकाशन गरेको भित्ते पात्रो विमोचन गरेको छ । त्यस अवसरमा नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान, सुरक्षासँग सम्वन्धित अन्तरक्रिया कार्यक्रम तथा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकलाई स्वागत तथा सम्मान गरिएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी...
पोखरा, २७ चैत । यातायात व्यवस्था कार्यालय, सवारी कास्कीले सवारी साधनको नवीकरण र कर बुझाउने सेवाग्राहीका लागि बिहान सात बजेदेखि सेवा संचालन गर्ने भएको छ । कार्यालयका अनुसार, बिहान सात बजेदेखि साँझ ६ बजेसम्म सवारी नवीकरण र कर बुझाउन सकिने छ । चैत मसान्त सँगै कार्यालयमा सेवाग्राहीको अत्याधिक भिडभाड भएकाले सेवाग्राहीको सहजताका लागि सेवा अवधि...
हेमजा, २६ चैत । हेमजामा आइतवार देखि आलु महोत्सव सुरु भएको छ । सुन्दर ठाउँ हेमजा जाआँैं, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव सुरु गरिएको हो । महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका कृषि उर्जा तथा जलस्रोत मन्त्री वेद बहादुर गुरुङले प्रदेश सरकार किसानको पक्षमा रहेको...
पोखरा, २४ चैत । पोखरा महानगरपालिका वडा नम्बर १४ का अध्यक्ष बोध बहादुर कार्कीले मापदण्ड मिचेर संरचना बनाए भत्काइदिने चेतावनी दिनुभएको छ । हवेली मार्ग हुदैं मान्द्रेढुङ्गा जाने ढलान बाटोको शुक्रवार उद्घाटन गदै वडाध्यक्ष कार्कीले कानून विपरीत काम गरे खरो रुपमा उत्रने चेतावनी दिनुभयो । जनताको दुःख, सुखमा साथै छु, समस्या लिएर आउनुहोस् समाधान गर्छु...