सकियो आलु महोत्सव,पाँच करोडको कारोबार

सकियो आलु महोत्सव,पाँच करोडको कारोबार

20230416_130135

हेमजा, ३ बैशाख । चैत २६ गतेदेखि सुरु ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सकिएको छ ।

समापन समारोहका बीच कृषक सम्मान, कृषक परिचयपत्र वितरण, कृषि एम्बुलेन्स प्रदर्शनी लगायत विभिन्न पुरस्कार वितरण गरिएको छ ।

पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाको समन्वयमा विभिन्न वडाका उत्कृष्ट २४ किसानलाई सम्मानपत्र सहित नगदले सम्मान गरिएको हो ।

त्यस्तै हेमजाका किसानहरु देवीरमण पौडेल, अमृत पौडेल, बीरबहादुर कार्की, सुनिता श्रेष्ठ, शीलशोभा नेपाली र निरज तिम्सिना साथै शिक्षासेवीद्वय चर्तुरमान् श्रेष्ठ र टासी फुनचोक पनि सम्मानित हुनुभयो । त्यस्तै कृषि तथा पशु विकास शाखाले किसान परिचयपत्र पनि वितरण गरेको छ ।

समापन समारोहमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले क्लबले सराहनीय कार्य गरेको चर्चा गर्नुहुँदै आगामि वर्षदेखि आलु महोत्सवलाई रातो कितावमा नै व्यवस्था गरी रकम विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

पोखरा २५ हेमजाका वडाध्यक्ष एवम् महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिनाले आलु महोत्सवको चर्चा देशविदेशमा हुने गरेकोमा खुशी व्यक्त गर्दै योसँगै हेमजाको इज्जत बढेको उल्लेख गर्नुभयो ।

कृषि अनुसन्धान निर्देशनालय लुम्लेका निर्देशक डा. कालिकाप्रसाद उपाध्यायले हेमजामा लगाइने एमएस् ४२ जातको आलु उन्मोचनमा निर्देशनालयको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै आलु उत्पादन गर्ने क्षेत्र घट्दै जानु दुःखद् भएको औँल्याउनुभयो ।

त्यस अवसरमा पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाँ, विष्णुपादुका माविका अध्यक्ष कृष्ण नेपाली, महिला संजाल हेमजा अध्यक्ष रमा त्रिपाठी, मानव सेवा आश्रमका अभियन्ता मदन थापा, कृषि संजालका अध्यक्ष राजेन्द्र कार्कीले बोल्नुभयो ।

महोत्सवमा करिव पाँच करोड रुपैयाँको कारोवार भएको छ । आलु मात्रै ८० टन बिक्री भएको छ । हेमजाको आलु छिटो पाक्ने, विषादी कम प्रयोग हुने तथा स्वादिष्ट रहेकाले त्यहाँ उत्पादित आलुको माग उच्च हुने गरेको कृषक परिचालन उपसमितिका संयोजक जयराम तिमिल्सिनाले जानकारी दिनुभयो।

महोत्सवकै अवसरमा भएका रत्यौती गीत, झाँकी प्रदर्शनी लगायतका सहभागीलाई क्लबले सम्मान गरेको छ ।त्यस्तै प्रत्येक आमा समूहलाई दुई वटाका दरले कुर्ची समेत प्रदान गरिएको छ ।

मूल समारोह समितिका अध्यक्ष सुविन श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सांस्कृतिक उपसमिति संयोजक दानबहादुर थापाले स्वागत तथा महासचिव वसन्तकुमार श्रेष्ठ तथा उद्घोषक नेत्रपाणि बास्तोलाले कार्यक्रम संचालन गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀