आलु महोत्सव सुरु

आलु महोत्सव सुरु

Hemja

हेमजा, २६ चैत । हेमजामा आइतवार देखि आलु महोत्सव सुरु भएको छ ।

सुन्दर ठाउँ हेमजा जाआँैं, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव सुरु गरिएको हो ।

महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका कृषि उर्जा तथा जलस्रोत मन्त्री वेद बहादुर गुरुङले प्रदेश सरकार किसानको पक्षमा रहेको बताउँदै नेपालमा कृषिलाई व्यवसायिक बनाउनुपर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य गणेशमान गुरुङले कृषि कर्म गर्दा खुशी हुने संस्कारको सुरुवात गर्नुपर्ने स्पष्ट पार्दै यो पेशालाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको औँल्याउनुभयो ।

कृषि मन्त्रालयका सचिव सहदेव प्रसाद हुमागाईले हेमजा र आलु पर्याय जस्तै भएको बताउँदै आयोजक प्रति आभार प्रकट गर्नुभयो ।

पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिम्सिनाले आलु महोत्सवले हेमजालाई मात्र नभई समग्र पोखरा क्षेत्रलाई नै विश्वभर चिनाएको औँल्याउनुभयो ।

उक्त अवसरमा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका भरतराज ढकाल, हेमजाका अगुवा कृषक चित्रनाथ पौडेल लगायतले बोल्नुभयो ।

कार्यक्रममा जेके क्रसर, कृषि अनुसन्धान निर्देशनालय लुम्ले, पोखरा महानगर कृषि महाशाखा, कृषि विकास निर्देशनालय गण्डकी प्रदेश, कृषि ज्ञान केन्द्र, मुख्य प्रायोजक, मुक्तिनाथ र एनएम्बी बैक, हाई ग्राउन्ड एडभेन्चर प्रा.लि सहित गुरुकुल विद्या सदनलाई सम्मान गरिएको थियो ।
महोत्सव सुरु हुनुपुर्व मिलनचोकबाट महोत्सव स्थल विष्णुपादुका खेलमैदानसम्म कृषि झाँकी सहित शोभायात्रा निकालिएको थियो । उक्त शोभायात्रामा सयौं हेमजावासीले आलुका साथै कृषि उपजका माला लगाई नाचगान गर्दै रमाइलो पनि गर्नुभयो ।

महोत्सव अन्तर्गत आइतवार कलाकारहरु चोलेन्द्र पौडेल, सुरेशरमण अधिकारी, परशुराम अधिकारी र पुजा तामाङले प्रस्तुति राख्नुभयो ।

त्यस्तै सोमवार लोकदोहोरीतर्फ रचना रिमाल, मञ्जु विक, अमर धिताल, नवराज अधिकारी र दुर्गा क्षत्री साथै पपतर्फ टुकी, सन्तोष बस्याल र बवि सुनारका प्रस्तुतिहरु रहनेछन् ।

महोत्सव अन्तर्गत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निधान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम गरिनेछन्। त्यस्तै पोखरा महानगरपालिका कृषि महाशाखाले कृषक परिचयपत्र पनि वितरण गर्दैछ ।

कोरोना भाइसरका कारण विगत ३ वर्षसम्म रोकिएको महोत्सवलाई यस वर्षदेखि क्लवले निरन्तरता दिएको हो । महोत्सवमा प्रतिकिलो रु.३५ मा आलुको कारोवार भइरहेको भने करिव ४० टन आलु विक्री वितरण हुने आयोजकको अपेक्षा छ ।

मूल आयोजक समितिका अध्यक्ष समेत रहनुभएका क्लव अध्यक्ष सुविन श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष अस्विन थापाले स्वागत तथा महासचिव वसन्तकुमार श्रेष्ठले कार्यक्रम संचालन गर्नुभएको थियो ।

यसैबीच महोत्सव अन्तर्गत सोमवार कृषि विज्ञ र किसान बीच अन्र्तक्रिया पनि हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
23 Jan · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 23 Jan 2025 00:00 UTC
Latest change: 22 Jan 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
138.12
Indian Rupee 
Indian Rupee
86.28
US Dollar 
US Dollar
1
Euro 
Euro
0.96
British Pound 
British Pound
0.81
Australian Dollar 
Australian Dollar
1.59
Japanese Yen 
Japanese Yen
155.8
US Dollar 
US Dollar
1
23 Jan · FX SourceRastra 
Nepal Rastra bank
Check: 23 Jan 2025 00:00 UTC
Latest change: 22 Jan 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀